फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ ओपेरा

(GMT+08:00) 2010-02-08 17:17:33

             केही दिन अगाडि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले होटल छेनमेनमा अवस्थित एक विशिष्ट हलमा पैचिङ ओपेरा हेर्नका लागि लगेको थियो।आजको कार्यक्रममा म त्यो ओपेरामा मैले देखेका सुनेका र अनुभव गरेका कुराहरूका बारेमा केही कुराहरू प्रस्तुत गर्दैछु।हामी करिब एकसय जनाको सङ्ख्यामा बेलुका करिब साढे पाँचबजेतिर रेडियोको पूर्वी ढोकाबाट त्यसतर्फ लाग्यौँ।

           उक्त होटल हामी करिब साढे छ बजेतिर पुग्न सफल भयौँ।अन्य विभिन्न संस्थाका महानुभावहरू पनि त्यस कार्यक्रम हेर्नका लागि आउनुभएको थियो।यो पैचिङ ओपेरा भनेको आदिकालदेखि नै पैचिङमा चलिआएको एक परम्परागत संस्कृतिका रुपमा पुरातन-कालदेखि नै यो पैचिङ ओपेराको कला सुरु भएको हो ।

             चीनमा प्रान्तहरू हेरीहेरिकन विभिन्न नाम गरेका ओपेराहरू चलनचल्तीमा रहेका छन्।उदाहरणका लागि स छ्वान ओपेरा तिब्बती ओपेरा पैचिङ ओपेरा आदि।चिनियाँ भाषामा पैचिङ ओपेरालाई चिङ च्यू भनिन्छ अनि स छ्वान ओपेरालाई छ्वान च्यू भन्ने गरिएको छ।

            मैले त यो पैचिङ ओपेरा जीवनमा पहिलो पटक हेर्ने मौका पाएको हुँ । किनकि यस्तो ओपेरा नियमित रुपमा प्रदर्शन गरिने पनि होइन रहेछ अनि प्रदर्शन गरेका बखत पनि हेर्नका लागि यो निकै नै महंगो पनि रहेको छ। अर्थात् एक घण्टे यस्तो प्रदर्शनी हेर्नका लागि नेपाली रुपैयाँ करिब चार हजार पाँच सयजति पर्ने रहेछ।मुख्यतया यो ओपेराका मुख्य कलाकार महिला हुनुपर्ने रहेछ अनि ती कलाकारले हदैसम्मको व्यायाम गर्नुपर्ने बुझेँ मैले।

             मानिसको शरीर हो कि रबर हो पत्याउन निकै नै मुस्किल पर्ने रहेछ।मिङ तथा छिङ वंशकालमा ओपेरालाई एक महत्वपूर्ण मनोरञ्जनको साधनको रुपमा हेरिने गरिएको कुरा मैले त्यो हेरेर थाहा पाएँ।वास्तवमा त्यस बेला चीनका विभिन्न प्रान्तमा हुनेगरेका छलकपट चोरी नाग तथा आसूरी शक्तिप्रतिको विश्वास आदिलाई व्यवहारमा उतारेर यो कला प्रदर्शन गरिने रहेछ।

            यस ओपेराको मुख्य कुरा भनेको अनुहारको प्रतिरुपलाई विविध ढाँचामा सजाउनु हो। मैले के देखेँ भने यस ओपेरामा भ्यागुता सर्प विच्छी स्याल कुकुर चराहरू तथा चमेरा आदिका रुपमा कलाकारले आफूलाई सजाउनु पर्ने रहेछ।तर त्यो प्रतिरुप बनाउन आफैँ ऐनामा हेरेर सजाउनुपर्ने कुरा मैले देखेँ।अर्को कुरा मैले के देखेँ भने जुन कलाकार स्टेजमा प्रस्तुत हुन्छ गीत त्यही कलाकारले गाउनुपर्ने रहेछ।

              सङ्गीत टोलीले त केवल विविध प्रकारका बाजाहरू मात्र बजाउने रहेछन्। मैले अनुभव गरेसम्म पैचिङ ओपेरामा स्टेजको दाहिने कुनामा ती सङ्गीतकारहरू बसेका हुँदा रहेछन् त्यसमा पनि महिलाको सङ्ख्या अनुपातिक हिसाबले बढी भएको पाइयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह