फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ ओपेरा -2

(GMT+08:00) 2010-02-15 20:06:49

             बाजाहरूमा मुरली सहनाइ झ्याम्टा बेन्जो अनि नेपालको सारङ्गीजस्तै बज्ने तर निकै ठूलो एउटा बाजा हुँदो रहेछ।गीतमा भन्ने हो भने अलिक बढी नै लेघ्रो तान्नुपर्ने रहेछ।अर्को कुरा भेषभूषा पनि निकै महत्वपूर्ण हुँदो रहेछ यस ओपेरामा।

           चिनियाँहरूका परम्परागत कपडाहरू पहिरिने बढी टलकदार कपडाहरू लगाउनुपर्ने अनि हरेक कलाकारले तरबार वा धनुवाणमध्ये एक लिएको अवस्था रहेछ। यस ओपेरा खेल्ने मुख्य महिला कलाकारले चाहिँ धनुवाण विद्या,नृत्य, तरवारबाजी तथा गायनमा पोख्त अनि त्यतिमात्र होइन सलक्क परेको शरीर र अनुहारमा सुन्दरता अवश्य पनि चाहिने रहेछ।ती सबै गुणहरूले भरिभराउ भएकी युवतीको मुख्य भूमिका हुँदो रहेछ।तिनले सुन्दर तथा शक्तिशाली नागको भूमिका खेल्नुपर्ने रहेछ।उनका समर्थकहरूमा भ्यागुता कछुवा गोही चराहरू पुतली आदि हुँदा रहेछन्।

               उनले शत्रुतर्फको तरबार तथा धनुबाँणको प्रशस्तै प्रतिस्पर्धा गर्नुपर्ने रहेछ।अन्त्यमा शत्रुका रुपमा रहेका सयौँ जङ्गली जनावर तथा मानिसहरूलाई पनि परास्त गर्नुपर्ने रहेछ।अनि मुख्य महिला कलाकारसँग एक जोकर वा विदुषक पनि हुँदो रहेछ।त्यसको अनुहारको हाउभाउ र कलाले दर्शकलाई भरपूर मनोरञ्जन दिने कुरा मैले प्रत्यक्ष रुपमा अनुभव र अवलोकन गर्ने मौका पाएँ।यसरी मैले पैचिङ ओपेरालाई गायन नृत्य विविध कला र एक्रोब्याटिक कलाको सङ्गमको रुपमा मूल्याङ्कन गरेँ। कलाकार स्वयमले नै गायनमा अविरल हुनुपर्ने कुरा निकै परम्परागत संस्कृति हो भनी मैले मूल्याङ्कन गर्न पाएँ।त्यसैले यस ओपेराका लागि कलाकार खोजेर पाउन त असंभव नै छ त्यसैले चीन सरकारले यस ओपेराको जगेर्नाका लागि बालबालिकाहरूलाई तालिम दिएर पोख्त बनाउने रहेछ।अनि मैले त्यहाँ देखेँ कि कलाकार जसले राक्षसको भूमिका निभाएको छ त्यसले मुखबाट आगोका झिल्काहरू निरन्तर निकाल्दा रहेछन्।समष्टिगत रुपमा मैले पैचिङ ओपेरालाई एउटा डरलाग्दो र बलियो अनुहारको रुपसँग तुलना गरेको छ।तर धेरै हेर्न नपाइकनै यस्तो रमाइलो कार्यक्रम हेर्न मन लाग्दालाग्दै समय गएको पत्तै पाइएन।तसर्थः एक घण्टाको कार्यक्रम सकेर हामी पुनः रेडियोतर्फ फर्कियौँ।

              समादरणीय श्रोता आज मैले चीनको परम्परागत कलापर्ब जसमा नृत्य गायन र एक्रोव्याटिकको बेजोड नमुना हुनेगर्छ त्यसै विषयका बारेमा आफूले देखेका र प्रत्यक्ष अवलोकन गरेका कुराहरू यहाँसमक्ष राखेँ। सदाको सोमबार झैँ आगामी सोमबार पनि चीनको कुनै महत्वपूर्ण स्थान चाडपर्ब वा कुनै विशेष कार्यक्रमको बारेमा अझ झरिलो र समसामयिक विषय लिएर यहाँहरूको रेडियो सेटमा उपस्थित् हुने नै छु।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह