फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रोताको चौतारो

(GMT+08:00) 2010-02-25 14:37:23
चीनका शत्रुहरुको कतृत चीनको सिन्च्याङमा भएको हिंसात्मक दंगामा परी कम्तिमा एक सय छपन्नजना मारिनुका साथै आठ सयजनाभन्दा बढी मानिस घाइते भएको र ठूलो घन(सम्पत्तिको क्षति भएकोमा मलाई भित्री हृदयसम्म चोट लागेको छ । सबै चिनियाँ जनताका लागि गास बास र कपासको व्यवस्था गर्नका लागि चीन सरकार प्रयासरत रहेका बेला यस प्रकारको अशान्ति मच्चाउने हिंसात्मक घटना गराउने र त्यसलाई उक्साउने जो कोही भए पनि त्यसलाई कानूनको कठघरामा उभ्याउनुपर्छ भन्ने मेरो मान्यता छ । चीनका सबै नागरिकलाई खान, बस्न, रोजगारी गर्न कुनै समस्या नभएको अवस्थामा त्यहाँ बस्ने मानिसहरुले यो घटनाको जालो बुनेका होलान भन्ने कुरामा विश्वास गर्न सकिन्न । बरु यस घटनाका लागि विदेशमा रहेर चीनको बिखण्डनका लागि, तथाकथित प्रजातन्त्रका लागि संघर्षरत उइगुर जातिका निर्वासित मानिसहरुको संगठन नै जिम्मेवार रहेको हुनसक्ने विश्वास पनि मेरो छ । तथापि चिनियाँ सुरक्षाकर्मी र चिनियाँ जनताको एकताबद्ध प्रयासमा ती बिखण्डनवादीहरुको प्रयास विफल हुने कुरामा म विश्वस्त छु । यसका साथै, सो दंगामा परी मारिएका सबै चिनियाँ दाजु(भाइ, दिदी बहिनीहरुको आत्माको चिर शान्तिको कामना गर्दै प्रभावित परिवाजनहरुप्रति समवेदना व्यक्त गर्दछु। अन्त्यमा चिनियाँ सुरक्षाकर्मीहरु त्यहाँको स्थितिलाई सकेसम्म छिटो नियन्त्रणमा लिन सफल हुने र त्यहाँ सकेसम्म छिटो शान्ति कायम हुने कुरामा म विश्वास गर्दछु र कामना पनि गर्दछु ।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह