फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको वसन्त चाडको रौनक

(GMT+08:00) 2010-02-22 16:55:39

             म चीनमा मनाइने वसन्त चाडको सन्दर्भ पारेर यस चाडको रौनक कसरी बढिरहेको छ भन्ने बारेमा मैले अनुभव गरेका र केही चिनियाँहरूका भावनालाई समेटेर यो कार्यक्रम पेश गर्दैछु।

           नेपालमा मनाइने सबैभन्दा ठूलो पर्व दशैँजस्तै चीनमा वसन्त उत्सव मनाउने गरिन्छ।यो पर्व हरेक वर्ष मनाउने चलन रहेको छ चिनियाँ समाजमा।यसै परिप्रेक्ष्यमा यसवर्ष वा सन् 2010 को वसन्त पर्व अङ्ग्रेजी दोस्रो महिना वा फेब्रुअरीको तेह्र तारिखबाट सुरु हुने भएको छ।सदाको वर्षझैँ यसवर्ष पनि चिनियाँहरू वसन्त चाडको भब्य तयारीमा लागेका देखिन्छन् । प्रत्येक वर्ष जाडोको अन्त्य र वसन्तको सुरुआतको बेला चीनभरिका जनताले वसन्त चाडलाई भब्य उत्सबका रुपमा प्रथम परम्परागत बिदा पाएर मनाउने गर्दछन्।

               त्यसबेला चीनका शहरहरूमा काम गरेर बसेका मानिसहरू आफ्नो जन्मस्थल फर्केर आफन्त भेट्ने आशामा लालयित भएका देखिन्छन्। वसन्त उत्सबको रौनक आज पैचिङका सबै भागमा परेको देखिन्छ। देशका विभिन्न शहरहरूमा रहेका अन्य स्थानमा स्थायी बसोबास भएका विद्यार्थीहरू,कामदारहरू अनि अन्य पेशागत कर्मचारीहरू यस वसन्त पर्वको खुसीयाली बोकेर जताततै आफ्ना घरतिर लागेका छन्।सबैजना दङदास परेर मुहारमा उज्यालो बोकेर गच्छेअनुसरको कोसेली बोकेर जन्मस्थल जाने तर्खरमा रहेका छन्।

            यसै सिलसिलामा सिआरआइ नेपाली सेवामा कार्यरत कतिपय कर्मचारीहरू पनि आफ्नो जन्मस्थल फर्कने तयारीमा लागेका देखिएका छन्।यसै परिप्रेक्ष्यमा च्याङ्सी प्रान्त स्थायी घर भएकी नेपाली सेवामा कार्यरत कु छेन सी पनि यस महान पर्वमा एकहप्ताको विदामा आफ्नो घर फर्कने क्रममा छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह