फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली सेवाको वेभसाइटबाट स्पाईन फ्लु बारे जानकारी

(GMT+08:00) 2010-03-04 09:30:43
महाशय, चिनियाँ अन्तराष्टि्रय रेडियो नेपाली सेवाको वेभसाइट Nepal.cri.cnले शुरुदेखि नै नेपाली श्रोता एवं वेभसाइट प्रयोगकर्तालाई विभिन्न किसिमका जानकारीहरु प्रदान गर्दै आइरहेको छ। यसले समय समयमा विश्वमा देखा पर्दै आइरहेका समस्या तथा रोगहरुको बारेमा पनि जानकारी गराउँदै आइरहेको छ। हालको वेभसाइटमा बिगत केहि समयदेखि विश्वमा प्राणघातक रोगको रुपमा देखा पर्दै आइरहेको, हजारौं मानिसहरुको ज्यान लिइसकेको, औषधी उपचार गर्दा पनि ठिक नहुने तथा लक्षण सामान्य देखिए तापनि ज्यानै लिने गरेको रोग स्वाईन फ्लुको बारेमा विस्तृत जानकारी प्रदान गरेको गरेको छ। "स्वाईन फ्लु सम्वन्धी जानकारीको दाश्रो भाग" मा राखिएको स्तम्भमा स्वाईन फ्लू रोगको परिचय, रोग लाग्नुको कारण, रोगबाट बच्न सकिने उपायहरु, उपचार सम्वन्धि व्यवस्था, रोग लागिसकेका व्यक्तिहरुको व्यवस्थाको बारेमा प्रर्याप्त जानकारी प्रदान गरिएको छ। नेपाली सेवाको यस कदमलाई एक उल्लेखनीय कदमको रुपमा लिन सकिन्छ। नेपाली सेवा श्रोता तथा वेभसाइट प्रयोगकर्ताहरुप्रति कति संवेदनशिल छ भन्ने कुरा यसबाट पनि प्रमाणित भईसकेको छ। आशा छ, आगामी दिनहरुमा पनि यस रेडियोले नागरिक जिवनमा प्रत्यक्ष प्रभाव पार्नेे कुराहरुमा विशेष जानकारी गराई श्रोता तथा वेभसाइट प्रयोगकर्तालाई विभिन्न माध्यमबाट सचेत बनाउन सक्रिय भूमिका खेल्ने छ। आशा छ, आगामी दिनहरुमा यस रेडियोले यस्ता कार्यहरुलाई निरन्तरता दिने नै छ। सि.आर.आई.नेपाली सेवा लाई मुरीमुरी धन्यवाद
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह