फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

र थान पार्क-1

(GMT+08:00) 2010-03-01 09:48:03

                आज म चीनको पैचिङको पूर्वी भागतिर पर्ने योङ आन ली नजिकैको र थान पार्क गएर मैले अवलोकन र अध्ययन गरेका कुराहरूका बारेमा जानकारी दिन जाँदैछु।

               पैचिङमा रहेका विविध प्रकारका पार्कहरूको आआफ्नै महत्व रहेको पाइन्छ।कुनै अति प्राकृतिक रहेका छन् भने कुनै अति ऐतिहासिक अनि कुनै भने बालबालिकाका लागि अनि कुनै भने युवायुवतीका लागि बढी महत्वपूर्ण रहेका छन्।ती विविध पार्कहरुमा कुनै सस्ता छन् भने कुनै निकै महङ्गा पनि रहेका छन्।ती विविध प्रकारका पार्कहरूमध्येमा र थान पार्क यस्तो पार्क रहेको छ कि जुन पैचिङको सबैभन्दा पुरानो पार्क हो।यो पारक बन्नुको पनि आफ्नै इतिहास रहेको पाइन्छ।

                सन् 1530 मा चीनमा सूर्यप्रति धेरै नै श्रद्धा र विश्वास रहेको थियो। सो बेलामा चिनियाँहरू सूर्यको पूजाआजा गर्दथे। साथमा सूर्य भगवानलाई खुसी पार्नका लागि बलि पनि दिने चलन थियो।यसरी सूर्यलाई बलि दिने गरिएको वा सूर्यलाई खुसी पार्नका लागि तयार गरिएको हुनाले नै यस पार्कको नाम पनि सूर्य पार्क वा र थान पार्क रहन गएको हो। किनकि सूर्यलाई चिनियाँ भाषामा र थान भन्ने गरिन्छ।खास गरेर यस पार्कमा यस्ता धेरै बाल प्रवन्धहरू राखिएका छन् कि त्यहाँ हरेक दिन नै बालबालिकाहरूको जमघट भइरहन्छ।यो पार्कको अर्को विशेषता भनेको त्यो हो कि यो पैचिङको योङ आन ली जस्तो व्यस्त बजार क्षेत्रमा परेको हुनाले कुनै पनि कुराको असुविधा हुने कुरा रहने अवस्था नै छैन।

                यस भित्र त के छैन र एकातिर आधुनिक धन्दा पनि आधुनिक प्रकारका र सस्ता खानेकुरा तथा पेयहरू उपलब्ध छन् भने अर्कोतिर बयान नै गर्न नसकिने प्रकारको बडा सुन्दर सूर्य मन्दिर पनि यहाँ रहेको छ। त्यति मात्र होइन आनन्द प्राप्त गर्नका लागि यहाँ विविध मनोरञ्जनका साधनहरू एकातिर रहेका छन् भने अर्कोतिर सुसुवास्थ्यका लागि व्यायामका प्रबन्धहरू पनि कम छैनन्। यसरी एउटा पूर्ण पार्क एउटा आधुनिक पार्क अनि एउटा पूर्ण व्यबस्थित पार्कको नाम हो र थान पार्क।त्यसैले होला एकपटक यस पार्कमा गएको मानिस घरिघरि गइरहन मनगर्छ यो अवश्य नै हो। चिङ्को मन वाइ भन्ने क्षेत्रमा यो पर्दछ जुन क्षेत्र भनेको पैचिङको राजदूतावासहरू रहेको क्षेत्र हो त्यसैले त्यस पार्कमा विदेशी बालबच्चा पनि आएर ओहोरदोहोर गरिरहेको देखिन्छ।इतिहासले यो सावित गरेको छ कि सन् 1530 मा यो पार्क तयार गरियो।

                 यो पार्क सूर्य पार्क नै हो किनकि सूर्यलाई खुसी पार्नका लागि यो तयार गरिएको हो।छिङ तथा मिङ वंशकालमा त्यस बेला शासन गर्ने राजाहरूले त्यहाँ गएर पूजाआजा गर्ने गर्दथे। त्यसबेलाका राजा महाराजाहरूले सुरु गरेको भए पनि हाल यो पार्क एउटा ऐतिहासिक धरोहरको रुपमा उभिएको देखिन्छ।त्यसैले आज चीनका विविध सम्पदाहरूमध्येमा यो पनि एउटा सशक्त सम्पदा बनेको देखिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह