फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रोताको चौतारो

(GMT+08:00) 2010-03-11 09:05:01
विश्वको सबैभन्दा बढी जनसंख्या भएको तथा तीब्र विकसित राष्ट्र चीनलाई सर्व प्रथम मेरो न्यानो अभिवादन टक्राउन चाहान्छु, नमस्कार। त्यो प्राचीन छिमेकी देशको बारेमा धेरै पहिले देखि धेरै गुमनामका कथा, कविता, उत्कि सुन्दै आएको छु । जीवन संघर्षमा व्यस्तताका बाबजुबद चिनिया रेडियोको नेपाली सेवा धेर थोर सुन्दै आएको पनि छु। तथापी मेरो चीन भ्रमण गर्ने चाहाना, सपना हालसम्म पुरा भएको छैन। प्रयास नगरेको भने होईन। अनलाईनबाट ची भ्रमणबारे केही जानकारी बटुलेको थिएं तर अमिल्दो रुट र बढी व्ययभार पर्ने भएकोले यात्रा तय गर्न सकिएन। साथीहरुसंग पारिवारिक भ्रमण गर्ने सोच बनाएका छौं यदि चीन भ्रमण गर्न सजिलो र किफायती हुन्छ भने। विश्व आश्चर्य ग्रेट वाल, प्राचीन अवशेषाहरु तथा चीनको आधुनिकता संग साक्षात्कार गर्ने धोको छ। नजीकको छिमेकी राष्ट भर्इकन पनि प्राकुतिक धरातलले केही अप्ठ्यारो पारेको पक्कै हो।वर्ष अघिको हाम्रो भारत भ्रमणलाई निरन्तरता दिन र सानै देखिको चीन घुम्ने सपनालाई साकार पार्न पनि चीनको भ्रमण गर्नु छ। हामीले काठमाडौं ल्हासा हुदै आधुनिक रेलसेवाबाट बेईजि पुग्ने र पुन: त्यही रुटबाट नेपाल फर्कने योजना बनाएका छौं। चीन भ्रमण गर्न सकिने सरल र मितव्ययी तरिका तपाईंको कार्यक्रम मार्फत जानकारी पाउन सकिन्छ भन्ने आशा लिएको छु। सम्भव भए मेरो ई मेल ठेगानामा पठाई माग्न चाहान्छु। नितान्त व्यक्तिगत कुरा लेखेकोमा क्षमाप्रार्थी छु। अन्त्यमा : विशाल छिमेकी राष्ट्र चीनको उत्तरोत्तर प्रगतीको कामना सहित धन्यबाद ज्ञापन गर्न चाहान्छु।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह