फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ्गमा 40 लाख गाडी

(GMT+08:00) 2010-03-12 10:44:27

रवि- श्रोताहरु, चीनको युनान प्रान्तमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण साङ्गरिलाको भ्रमणको विषयमा हामीले केही हप्ताअगाडिदेखि कुराकानी गरिरहेका छौं । ध्रुवजी, आज साङ्गरिला यात्राको कुन विषयलाई अगाडि बढाउने विचार गर्नुभएको छ ?

ध्रुव- रविजी । वास्तवमा साङ्गरिला भ्रमणका बेला मैले लेखेका डायरीका केही अंशहरु अझै बाँकी नै छन् । तर आजको कार्यक्रममा अलि पृथक विषयको बारेमा कुराकानी गरौं भन्ने लागेको छ । तर यसो भन्दैमा साङ्गरिलाको कुरा सकियो भन्न खोजेको होइन । म पछिका कार्यक्रमहरुमा साङ्गरिला यात्राका क्रममा लेखेका डायरीका अंशहरुलाई अवश्य श्रोताहरुका माझ राख्नेछु ।

रवि- त्यसो भए आज कुन विषयमा कुराकानी गर्ने विचार गर्नुभएको छ ?

ध्रुव- पैचिङ्गमा हालै प्रकाशित तथ्याङ्कअनुसार पैचिङ्ग महानगरपालिकाका सडकहरुमा गुड्ने निजीगाडीहरुको संख्या 40 लाख पुगेको छ । वास्तवमा यो विषय मलाई निकै रोचक लागेको हुनाले पैचिङ्ग नगरमा गुड्‍ने गाडीहरुको संख्या र त्यससँग जोडिएको विषयका बारेमा मैले आजको कार्यक्रममा कुराकानी गर्ने विचार गरेको छु, रविजी ।

रवि- हुन्छ, पैचिङ्गमा गुड्ने निजी सवारीसाधनको बारेमा छफफल गरौं । तपाईंले भन्नुभएअनुसार अहिले पैचिङ्ग रहेका स्थायी बासिन्दामध्ये एक चौथाइसँग निजी गाडी भयो, होइन ?

ध्रुव- हजुर रविजी । पैचिङ्ग महानगरपालिकामा स्थायीरुपमा बसोवास गरिरहेका मानिसको संख्या अथवा पैचिङ्ग महानगरको जनसंख्या 1 करोड 60 लाख छ । गाडी र जनसंख्याको तुलना गर्ने हो भने चार जना स्थायी नगरबासिन्धामध्ये एक जनासँग गाडी छ । वास्तवमा पैचिङ्गमा दैनिक 2 हजारभन्दा बढी निजी सवारीसाधनको बिक्री हुनेरहेछ । अझ शनिवार र आइतवार गरी दुई दिनको सार्वजनिक बिदाबाहेक हप्तामा 10 हजार गाडीको बिक्री हुनेरहेछ ।

रवि- पैचिङ्गमा एकै हप्तामा 10 हजार सवारीसाधनको बिक्री वितरण हुन्छ । ती सवारी साधन चलाउनका लागि चालकको पनि आवश्यकता पर्छ । नयाँ सवारीचालकको अवस्था कस्तो पाउनुभयो ध्रुवजी?

ध्रुव- तपाईंले महत्त्वपूर्ण कुरा उठाउनुभयो । निजी सवारीसधान एक हप्तामा 10 हजार बिक्री नै हुने भएपछि नयाँ दक्षचालकहरुको संख्या पनि त्योभन्‍दा कम हुनुभएन । मैले पाएको जानकारीअनुसार पैचिङ्गमा हप्तामा 12 हजार नयाँ सवारीचालकले दक्ष सवारीचालक अनुमतिपत्र पाउने रहेछन् । त्यसैले दैनिक बिक्रीवितरण गरिने गाडीको लागि दक्ष चालकको अभाव नहुने रहेछ ।

रविजी, यो पैचिङ्ग महानगरपालिकामा बढेको गाडीको संख्याको अनुपात विश्वका अन्य विकसित सहरसँग तुलना गर्दा चामत्कारिक वृद्ध हो भन्न मलाई लाग्यो ।

रवि- श्रोताहरु, चीनको राजधानी पैचिङ्ग महानगरपालिकामा निजी सवारीसाधनको संख्या 40 लाख पुगेपछि ध्रुवजीले लेख्नुभएको डायरीका अंशहरुलाई आजको कार्यक्रमा राखिरहेका छौं । ध्रुवजी, तपाईंले विश्वका अन्य विकसित महानगरपालिकको तुलनामा पैचिङ्गमा सवारीसाधनको संख्या चामत्कारिकरुपमा बढेको भन्नुभयो ।

ध्रुव- हजुर रविजी, नयाँ चीनको स्थापना हुँदा अर्थात सन् 1949मा पैचिङ्गमा जम्मा 2 हजार 3 सयको संख्यामा निजी सवारीसाधन थिए । र, त्यसको झन्डै 48 वर्षपछि अर्थात् सन् 1997मा पैचिङ्ग महानगरपालिकामा निजी सवारीसाधनको संख्या 10 लाख पुग्यो । तर 10 लाख पुगेको साढे छ वर्षमै त्यो संख्या दोब्बर भयो । अझ पैचिङ्गमा गाडीको संख्या 20 लाखबाट 30 लाख पुग्न तीन वर्ष नौ महिना मात्रै लाग्यो । अझ पछिल्लो तथ्याङ्क हेर्ने हो भने त पैचिङ्गमा पछिल्लो दुई वर्ष सात महिनाको छोटो अवधिमा नै 10 लाखको संख्यामा नयाँ सवारीसाधन थपिए । यो संख्या वास्तवमा किन चामत्कारिक लागेको हो भन्ने कुरा प्रस्ट पार्न म जापानको राजधानी टेकियोको उदाहरण लिन्छ । टोकियो महानगरपालिकामा निजी सवारीसाधनको संख्या 30 लाखबाट 40 लाख पुग्नका लागि झन्डै 12 वर्षको समय लागेको थियो । टोकियोमा 12 वर्षमा बढेको सवारीसाधनको संख्या पैचिङ्ग महानगरपालिकामा दुई वर्ष सात महिनामा नै बढेपछि पैचिङ्गमा भएको सवारीसाधनको वृद्धिलाई चामत्करिक वृद्धि नै भन्न कर लाग्छ रविजी।

रवि- तपाईं पैचिङ्गको केन्द्रमा बस्नुभएको तीन वर्षभन्दा बढी समय भइसक्यो । यसरी बढ्दै गइरहेको सवारीसाधनको चाप धान्नका लागि पैचिङ्ग महानगरपालिकाले कस्ता उपायहरु अवलम्बन गरेको पाउनुभएको छ तपाईंले ?

ध्रुव- रविजी, एकातिर अरु विकसित सहरहरुको तुलनामा पैचिङ्गमा सवारीसाधनको वृद्धिदर पनि बढी छ भने प्रत्येक सवारीसाधनले प्रतिदिन तय गर्ने दुरी पनि अरु सहरहरुको तुलनामा बढी छ । उदाहरणको लागि भन्ने हो भने जापानको राजधानी सहर टोकियोमा एउटा सवारीसाधन दैनिक सरदर 19 किलोमीटर गुड्छ भने बेलायतको राजधानी सहर लण्डनमा एउटा सवारीसाधनले दैनिक सरदर 30 किलोमीटरको दुरी तय गर्छ । तर चीनमा भने हरेक दिन एउटा गाडी सरदर 45 किलोमीटर गुड्छ । तुलनात्मकरुपमा एउटै गाडी लामो समय गुड्ने भएकोले ट्राफिक ब्यवस्थापनको समस्या अन्य सहरहरुको तुलनामा बढी देखिनु स्वभाविक हो । अन्य मुलुकमा निजी सवारीसाधन काठ क्षेत्रमा बढी गुड्ने गरेका छन् भने पैचिङ्गको मुख्य र व्यस्त सडकमा नै अधिकांश सवारीसाधन गुड्ने गरेका छन् । यसरी पैचिङ्गमा दिनानुदिन बढ्दैगइरहेको सवारीसाधनको व्यवस्थापनका लागि पैचिङ्गले सडक बिस्तारको कार्यलाई तीब्रता दिइरहेको मैले पाएको छु । त्यसको साथसाथै सन् 2008को अक्टोबर महिनादेखि हरेक दिन पाँच भागको एक भाग निजी सवारीसाधन पैचिङ्ग सहरभित्र गुड्न प्रतिबन्ध लगाइएको छ । शनिवार र आइतवार छोडेर कार्यालय खुल्ने पाँच दिनमध्ये एक दिन सवारीसाधन सडकमा निकाल्न पाइँदैन । जस्तै उदाहरणको लागि सवारीसाधनको नम्बरको अन्तिम अंक 1 र 6 हुनेले सोमबार चलाउन पाउँदैनन भने 2 र 7 हुनेले म‌गलबार चलाउन पाउँदैनन् । त्यसरी हरेक दिन पैचिङ्गको सडकमा गुड्ने निजी सवारीसाधनको संख्यामा 20 प्रतिशतले कटौती गरिएको छ । हप्ताको एक दिन आफ्नो सवारीसाधन घरमा नै थन्क्यानुपर्ने बाध्यात्मक अवस्था भए तापनि उचित ट्राफिक ब्यवस्थापनाका लागि सरकारले लागू गरेको यो नीतिको पैचिङ्का स्थानीय बासिन्दाले सहर्षरुपमा स्वीकारेको मैले पाएको छु ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह