फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

र थान पार्क-2

(GMT+08:00) 2010-03-08 14:50:20

            आज आएर यो पार्क धेरै ठूलो आकारमा रहेको पाइन्छ।पार्कको आकार पूर्ण रुपमा वर्गाकार रहेको छ।यस विशाल पार्कमा के बूढाबूढी के केटाकेटी अनि के युवायुवती हरेकको घुइँचो देखिन्छ त्यहाँ।त्यसै भएको हुनाले यो पार्कलाई एक अत्यन्तै व्यस्त पार्कको रुपमा पनि मूल्याङ्कन गरेर हेर्न सकिन्छ।मैले यो पार्क प्रवेश गरेर चारैतिर निहालेर हेरेँ।त्यहाँ सबै प्रकारका मानिसहरू व्यस्त रहेका थिए।खासगरेर बालबच्चा नै बढी हुने हुनाले यसलाई बालपार्कको रुपमा लिएर हेर्न पनि सकिन्छ।

              तर यहाँ बालबालिका मात्र होइन कि अन्यका लागि पनि प्रशस्त सुविधाहरू दिइएका छन्।उदाहरणका लागि हामी भन्न सक्छौँ कि पोखरीमा माछा मार्ने सुविधा छ अनि मिनी गल्फ कोर्ट पनि रहेको देखेँ मैले।त्यहाँभित्र प्रशस्त मात्रामा बारहरू रहेका छन् अनि प्रशस्तै रेस्टुराँहरू छन् जहाँ जोकोहीले पनि आफ्नो मन बहलाउन सक्दछ।त्यसभित्रका पसल तथा रेस्टुराँमा रसियन स्वाद पस्कने स्थाहरू पनि मैले देखेँ।

              हालसम्म केवल एक चिनियाँ युआन तिरेर नै सरल प्रवेश गर्न सकिने स्थानको रुपमा रहेको छ यो पार्क।त्यसैले यदि तपाईँ पनि पैचिङ आउँदैहुनुहुन्छ भने र थान पार्क पनि तपाईँको घुमाइको एक गन्तव्य हुनसक्ने मैले विश्वास लिएको छु।पैचिङको छाओयाङ जिल्लामा अवस्थित् यो पार्क योङ आन ली वा चिङ को मन वाइ स्टेशनबाट केही मिनेट हिँडेर नै पुग्न सकिने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह