फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विषय : मितेरी पुलको पछिल्लो अंक बारे

(GMT+08:00) 2010-03-18 09:19:49
महाशय, सी.आर.आई. नेपाली सेवाले विगतका केहि वर्षदेखि निरन्तर रुपमा प्रकाशित गर्दै आएको मितेरी पुल वर्ष 6 अंक 25 सेप्टेम्वर 2009 ढिलै गरी हात पर्यो। यस रेडियोको वेभसाइटमा पढिसकेको समाचार मुलक विषयवस्तुलाई भौतिक रुपमा पढ्न पाउँदाको खुशीलाई म दुई/चार शब्दमा ब्याख्या गर्न सक्दैन। यस पत्रिकाले नेपाल र चीन, नेपाली जनता र चिनियाँ जनताको विचको सम्वन्धलाई चिरफार गर्ने प्रयास गरेको छ। यस पत्रिकामा सि.आर.आई. नेपाल ( चीन जन मैत्री परिषद् कन्फ्युसियस कक्षाको अनावरण समारोहको आयोजना तथा "सुन्दर तिव्वत" ज्ञान विज्ञान प्रतियोगितामा विशेष पुरस्कार प्राप्त विजेता लिलामणि पौडेलको तिब्बत यात्रालाई मुखपृष्ठमा राखिएको छ। यसैगरी नेपालका लागि चिनियाँ राजदूत छयौ को हाँगंले सि.आर.आई नेपाली सेवाका उपप्रमुख श्री च्याङ चमिनलाई सी.आर.आई. श्रोता क्लवहरुको राष्टि्रय परिषद्का उपाध्यक्ष श्री लोकेन्द्र काफ्लेको उपस्थितिमा पुरस्कार प्रदान गरेको देखिन्छ, जसलाई यस पत्रिकाले निकै आकर्षक तरिकाले देखाइएको छ। यस अंकमा सि.आर.आई. नेपाल(चीन जन मैत्री परिषद् कन्फ्युसियस कक्षाको अनावरण समारोहको आयोजना, कन्फ्युसियस कक्षाको अनावरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत श्री छयौ को हाँगले दिनु भएको मन्तव्य, कन्फ्युसियस कक्षाको अनावरण समारोहमा चिनियाँ अन्तर्राष्टि्रय रेडियो नेपाली सेवाका उपनिर्देशक रविले दिनुभएको वक्तव्य, चिनियाँ अन्तर्राष्टि्रय रेडियोको प्रतिनिधि मण्डलको नेपाल भ्रमण, "सुन्दर तिव्वत" ज्ञान विज्ञान प्रतियोगितामा विशेष पुरस्कार प्राप्त विजेता लिलामणि पौडेलको मन्तव्य, 1955 अगष्त 1 को हार्दिक सम्भवना तथा शुभकामना, सि.आर.आई.नेपाली सेवाको प्रसारण शुरुभएको 34औं वाषिकोत्सवका अवसरमा श्रोताबाट प्राप्त शुभकामना जस्ता विविध विषयवस्तुले भरिएको छ। साच्चै नै यो अंक नेपाल, नेपालीप्रति चिनियाँ जनताले देखाएको सकरात्मक भावना एवं सक्रिय श्रोताप्रति केन्दि्रत भएको पुष्टि हुन्छ। नेपाली सेवाका सक्रिय श्रोताहरु प्रति समर्पित देखिन्छ। यस रेडियोले यस प्रकारका कार्यलाई निरन्तरता दिने नै छ भन्ने कुरामा म विस्वस्त रहेको छु। धन्यवाद।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह