फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ प्रहरी सङ्ग्रहालय-1

(GMT+08:00) 2010-03-15 15:06:53

                म चीनको पैचिङको पूर्वी भागतिर पर्ने थ्यानमन चोक नजिकैको पैचिङ प्रहरी संग्रहालय गएर मैले अवलोकन र अध्ययन गरेका कुराहरूका बारेमा जानकारी दिन जाँदैछु। पैचिङमा रहेका विभिन्न यस्ता स्थानहरूमध्ये यो पैचिङ प्रहरी संग्रहालय पनि निकै महत्वपूर्ण रहेको छ।पैचिङको मुटुमा रहेको यो संग्रहालय आधुनिकता र प्रचीनता दुबै मिसिएको एउटा अभिन्न भाग हो। यस संग्रहालयको कस्तो अवस्था रहेको छ र पैचिङमा यो संग्रहालयमा के-कस्ता कुराहरू दरशनीय छन् अनि यो संग्रहालयको महत्व केकस्तो रहेको छ भन्ने बारेमा पनि म केही कुरा राख्ने जमर्को गर्दैछु।

             म चीनको पैचिङमा रहेको प्रहरी सङ्ग्रहालयका बारेमा केही प्रकाश पार्न जाँदैछु। म पैचिङका विविध भागहरूमा घुम्दै अनि हेर्दै जाने क्रममा आफूले त्यहाँ गएर अवलोकन तथा अध्ययन गर्दा आफूले देखे सुनेका कुराहरूलाई जस्ताको तस्तै रुपमा राखेर कार्यक्रमलाई जीवन्तता दिने कोसिस पनि गर्दैआएको छु।केही अगाडि म पैचिङमा ह्वात्तै बढेको जाडोलाई छिचोल्दै मुटुमै रहेको यस सङ्ग्रहालय पुगेको थिएँ।

                यो सङ्ग्रहालय भवन भनेको पैचिङको तुङ च्याओ मिन स्याङमा अवस्थित छ।वास्तवमा पैचिङमा विभिन्न प्रकारका सङ्ग्रहालयहरू रहेका छन्।तथापि यस संग्रहालय यस्तो स्थान हो जहाँ पश्चिमा प्रकारका कलाका वस्तुहरू तथा हातहतियारहरू रहेका छन्।मैले त्यहाँ रहेका व्यक्तित्वहरूसँग राखेको जिज्ञासामा के थाहा पाएँ भने त्यहाँ करिब आठ हजारको संख्यामा यस्ता वस्तुहरू प्रदर्शनीमा राखिएका छन्।यस संग्रहालयमा राखिएका कतिपय वस्तुहरू यति पुराना छन् कि तिनीहरू चीनको हान वंशको पालामा बनाइएका थिए।चीनको हान वंश भन्नाले 206 BC देखि 220 AD सम्मको

              समयलाई बुझ्न सकिन्छ।मैले त्यहाँ गएर हेरेसम्म प्रदर्शनीमा विभिन्न समयका फोटाहरू समावेश छन् ओएकातिर भने अर्कातिर लिखित कलावस्तुहरू पनि प्रशस्तै रहेका छन्।यसका साथमा प्रशस्त मात्रामा हतियारहरू पनि रहेका छन्।ती पुराना कलाहरू जगेर्ना गर्नका लागि व्यवस्थापन भने निकै उच्च रहेको देखिन्छ।उदाहरणका लागि त्यहाँ प्रयोग गरिएको ध्वनिको व्यवस्था उच्चस्तरीय रहेको छ।त्यहाँको प्रकाश व्यवस्था पनि अत्यन्त आधुनिक रहेको पाइन्छ।त्यहाँ रहेको विद्युतीय सञ्जाल अत्यन्त प्रभावकारी भएकाले त्यहाँ जाने हरेकले नै सहजै बुझ्न सक्छ कि त्यो स्थान भनेको पूरातन वस्तुको जगेर्नामा नयाँ तथा अत्याधुनिक प्रणाली कायम रहेको देखिन्छ।

                 त्यस म्युजियममा मुख्यतया चारवटा हलहरू रहेका छन्।हरेक हलका आआफ्नै विशेषता रहेका छन्।पहिलो हल भनेको पैचिङ प्रहरी संगठनको एतिहासिक हल हो।यस हलमा पैचिङ प्रहरीको उद्गम र विकास कसरी हुँदै आयो अनि अहिले यस बलको अवस्था के रहेको छ भन्ने बारेमा स्पष्ट पार्ने प्रकारको रहेको छ।दोस्रो हलको रुपमा अपराध अनुसन्धान हल रहको पाइन्छ।यस हलमा पहिलेदेखि नै चीनमा अपराध अनुसन्धान कसरी गरिन्थ्यो भन्ने कुरा स्पष्ट गराउने साधनहरू राखिएको अवस्था छ भने तेस्रो हलमा प्रहरीका विवध कार्यहरु झल्कने प्रकारका स्रोतहरू समावेश गरिएका छन् भने चौथो तथा अन्तिम हलका रुपमा प्रहरीले पहिलेदेखि नै चलाउँदै आएका परम्परागत तथा हाल चलाउने अत्याधुनिक साधनहरू समावेश गरिएका छन्।यो चौथो हल हरेक अवलोकनकर्ताका लागि मुख्य आकर्षणको केन्द्र बनेको देखिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह