फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हार्दिक शुभ कामना

(GMT+08:00) 2010-03-29 09:15:59
हिमालय पर्वत श्रृंखलाका दुइपट्टी अवस्थित दुइवटा निकट छिमेकी राष्ट्रहरु- नेपाल र चीनका जनताबीचको मित्रवत सम्बन्धको इतिहास निकै लामो छ। प्रकृतिको सबैभन्दा चीसो हिमालय पर्वत श्रृंखलाले छुट्ट्याएको भए पनि हाम्रा दुइ देशबीचको सम्बन्ध भने सधैं अति न्यानो र सौहार्दपूर्ण रहिआएको छ। आजभन्दा दुइ हजार वर्षभन्दा पनि अघि चीनका भिक्षु मन्जुश्री चीनको उथाइ पर्वतबाट काठमाडौं आएर आफ्नो दैवी शक्तियुक्त तरबारले पहाड काटेर काठमाडौं उपत्यकाको पानी बगाई त्यहाँ बस्ती बसाएका भन्ने किंबदन्ती छ। यसबाट दुइ देशका जनताबीचको मित्रताका लागि दुबै देशका जनताको उत्साहित प्रयास प्रतिविम्वित हुन्छ। एतिहासिक तथ्यहरुका अनुसार, चीन र नेपालबीचको सम्बन्धको इतिहासको शुरुवात सातौं सताव्दीको मध्यदेखि भएको पाइन्छ। नेपाल र चीनले त्यति बेलादेखि नै राजदूतहरुको आदान-प्रदान गर्न शुरु गरिसकेका थिए। चीनको चीन राजवंशकालका ख्यातिप्राप्त भिक्षु फाहियान र थाङ राज्यकालका अर्का प्रख्यात भिक्षु ह्वेन साङ गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणका लागि नेपाल आएका थिए। थाङ राजवंशकालमा थुबो राज्यका राजा सोङचेन गोम्पोले नेपालकी राजकुमारी भृकुटीसँग विवाह गरेका थिए। नेपाली कलाकार अरनीकोले युवान राजवंशकालमा ल्हासामा बौद्ध मन्दीरको निर्माण गरेका थिए। चीनको राजधानी बेइजिङमा निर्मित म्याओ यिङ मन्दिर अर्थात सेतो प्यागोडा अरनीकोकै सुपरीवेक्षणमा बनाइएको थियो। यी सबै एतिहासिक तथ्यहरुले नेपाल तथा चीनबीचको सम्बन्ध एउटा सशक्त आधारमा स्थापित भएको कुरा प्रमाणित हुन्छ। सन् उन्नाइस सय पच्पन्नमा नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापित भएदेखियता नेपाल र चीनबीचको सम्बन्धको नयाँ अध्याय शुरु भयो जसका लागि कैयौं पुस्ताका चिनियाँ र नेपाली नेताहरुको प्रतिबद्धता र समर्पणले सशक्त जगको काम गरेको छ। त्यसैले यो मित्रता नेपाल र चीन दुबै देशका जनताका लागि कहिल्यै ननाशिने विशाल निधि हो। नेपाल र चीन दुबै देशका पूराना र नयाँ नेताहरुले आ-आफ्नो बुद्धि, विवेक, दर्शन र अनवरत प्रयासबाट नेपाल र चीनबीचको सम्बन्धलाई फल्ने-फुल्ने अवसर दिलाएका छन। दुबै देशका नेताहरुको आधा सताब्दीभन्दा लामो समयसम्मको अथक प्रयासको परिणमस्वरुप राजनीतिक, आर्थिक तथा ब्यापारिक, सांसृतिक, शैक्षिक र अन्य क्षेत्रमा नेपाल र चीनबीचको सहयोग र आदान-प्रदानको प्रतिफलबाट दुबै देशका जनता लाभान्वित भएका छन। यस अथक प्रयासको प्रतिफलस्वरुप हाम्रा दुबै देशका जनताले यस प्रत्येक्ष लाभभन्दा पनि ठूलो कुरा हासिल गरेका छन, त्यो हो- दुइवटा फरक-फरक राजनीतिक-सामाजिक व्यवस्था भएका छिमेकी मुलुकहरुबीच विश्वमै उदाहरणिय बनेको मित्रवत सहयोग र शान्तिपूर्ण सह-अस्तित्वको वातावरण। नेपाल र चीनबीचको मित्रतालाई वर्षंदेखि गति दिइरहेको चीन-नेपाल सम्बन्धको इतिहासलाई नियाल्दा तीनवटा स्पष्ट पक्षको पहिचान सजिलै गर्नसकिन्छ। ती तीनवटा कुराहरु एक-अर्काप्रति विश्वास, समानतामा आधारित व्यवहार र वफादारिता हुन। यी दुइवटा देश एक-अर्कालाई सधैं सम्मान गर्छन, विश्वास गर्छन र सहयोग गर्छन। चीन सरकार अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति अवलम्बन गर्दछ जसको परिणामस्वरुप चीनले जहिले पनि नेपालले आफै छानेको विकासको बाटोको सम्मान गर्दैआएको छ। चीनको यस्तो अहस्तक्षेपकारी नीतिका कारण पनि हाम्रा दुइ देशबीचको सम्बन्ध सधैं सुमधूर र विकसित अवस्थामा रहेको हो। प्छिल्ला वर्षहरुमा चीन र नेपालबीचको सम्बन्धमा अझ दु्रत गतिमा विकास भैरहेको छ । दुबै मुलुकका उच्च स्तरका नेताहरुरा निरन्तर रुपमा एक-अर्का मुलुकको भ्रमण गरिएबाट आपसी सहयोगको वातावरणमा अरु सहजता देखापरेको छ, आपसी विश्वास र मित्रता अरु प्रगाढ बनेको छ। चीन र नेपालबीचको हार्दिक र मित्रवत सम्बन्धको प्रतिफलस्वरुप द्विपक्षीय आर्थिक तथा ब्यापारिक सम्बन्धको विकासले स्वस्थ गति पाएको छ। पछिल्ला वर्षहरुमा नेपाल र चीनका जनताबीचको सम्बन्ध अझ सहज हुनुका साथै यो सम्बन्ध अरु तिव्र गतिमा विकसित भैरहेको छ। सन् दुइ हजार दुइमा हाम्रा दुइ देशबीच सम्पन्न पर्यटनसम्बन्धी सहमतिको परिणमस्वरुप चीन सरकारले चिनियाँ पर्यटकहरुका लागि नेपाललाई गन्तव्यको सूचीमा समावेश गरेपछि हाम्रा दुइ देशबीच जनता-जनताबीचको सम्बन्धमा अझ विकास हुने वातावरण बनेको छ। त्यसैगरी सन् दुइ हजार चारदेखि नै चीन र नेपाललाई प्रत्यक्ष हवाई सेवाबाट जोडिएको छ भने शान्ति, विकास, मानव अधिकार र राष्ट्र संघमा सुधार जस्ता क्षेत्रीय तथा अन्तर्राष्टि्रय विषयलगायत आपसी चासोका विषयमा नेपाल र चीनबीच सधैं सहयोग र समन्वय हुँदैआएको छ । वर्तमान विश्वको मागलाई हेर्दा शान्ति, स्थायित्व, आपसी सहयोग र विकास आजका आवश्यकता हुन भन्ने कुरामा दुइमत हुनसक्दैन। यीनै आवश्यकतालाई आधार बनाएर हाम्रा दुइ देशबीचको सम्बन्धको विकास भैरहेको छ जसले दुबै देशलाई विकासका लागि एतिहासिक अवसर प्रदान गरेको छ । यसै अवसरको फाइदा उठाई असल छिमेकीपन, मित्रता र सहयोगको सिद्धान्तमा आधारित हाम्रा दुइ देशबीचको सम्बन्धलाई अरु अघि बढ्ने अवसर प्रदान गर्नुपर्छ। हाम्रा एक-अर्का देशमा जे-जस्ता परिवर्तन भए पनि एक-अर्का देशप्रतिको मित्रवत व्यवहार र साझ विकासको नीतिमा कुनै परिवर्तन आउनुहुँदैन र आउने छैन पनि जसको परिणामस्वरुप हाम्रा दुइ देशबीचको समग्र सम्बन्ध अझै फल्ने-फुल्ने छ, झंगिने छ, विकसित हुने छ । नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापित भएको चवन्नौं वार्षििकोत्सवका उपलक्ष्यमा यहीं मेरो हृदयदेखिको शुभ कामना छ।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह