फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ प्रहरी सङ्ग्रहालय-2

(GMT+08:00) 2010-03-22 17:27:52

                 आज म चीनको पैचिङको पूर्वी भागतिर पर्ने थ्यानमन चोक नजिकैको पैचिङ प्रहरी संग्रहालय गएर मैले अवलोकन र अध्ययन गरेका कुराहरूका बारेमा जानकारी दिन जाँदैछु। पैचिङमा रहेका विभिन्न यस्ता स्थानहरूमध्ये यो पैचिङ प्रहरी संग्रहालय पनि निकै महत्वपूर्ण रहेको छ।पैचिङको मुटुमा रहेको यो संग्रहालय आधुनिकता र प्रचीनता दुबै मिसिएको एउटा अभिन्न भाग हो। यस संग्रहालयको कस्तो अवस्था रहेको छ र पैचिङमा यो संग्रहालयमा के-कस्ता कुराहरू दरशनीय छन् अनि यो संग्रहालयको महत्व केकस्तो रहेको छ भन्ने बारेमा पहिलो हप्ताको कार्यक्रमको निरन्तरता राख्ने जमर्को गर्दैछु।

               पैचिङ प्रहरीको एतिहासिक हल पनि सबैका लागि आकर्षण गर्ने स्थल भएको कुरा मैले त्यहाँ अवलोकन गर्दा देखिएको अवलोकनकर्ताहरूको बाक्लो उपस्थिति हेरेर थाहा पाएँ।त्यस हलमा मूलतः मैले के देखेँ भने सन् 1949मा चीनमा जनगणतन्त्र स्थापना भएको दिन सलामी दिन प्रयोग भएका विभिन्न प्रकारका बन्दुकहरू समावेश गरिएका छन्।त्यसैगरी त्यहाँ पैचिङ सार्वजनिक सुरक्षा व्युरोले प्रयोग गर्दै आएका विभिन्न तौर तरिकाहरूबारेका जानकारीहरू पनि राखिएका छन्।त्यहाँ मैले पैचिङका महिला प्रहरीहरूले पहिले-पहिले लगाउने गरेका स्कर्टहरू पनि देखेँ।नयाँ चीन स्थापना भएलगत्तै तयार गरिएका यस्ता कपडाहरू पनि त्यहाँ आकर्षणका केन्द्र बनेर रहेका थिए।

               चीनले जापानबिरुद्ध गरेको युद्धताका लडाकुहरूले लगाउने गरेका पोशाकका नमुनाहरू पनि त्यहाँ देखाइएका थिए।चीनका केन्द्रीय नेताहरूको विदेश भ्रमण तथा विदेशी नेताहरू पैचिङ आएका बेलामा तिनीहरूको सवारी चलाउने जिम्मा पैचिङ सारबजनिक सुरक्षा व्युरोले लिएको हुन्छ।त्यस बेलामा ती अधिकारीहरूले पहिलेदेखि नै विशेष प्रकारका मोटरसाइकल चलाउने गरेको कुरा सर्बविदितै छ।पुरानो समयदेखि पैचिङ सुरक्षा व्युरोका ती अधिकारीहरूले प्रयोग गर्ने गरेका विशेष प्रकारका यन्त्रजडित मोटरसाइकलहरू पनि यस सङ्ग्रहालयमा प्रदर्शनीमा राखिएका छन्।त्यसै गरेर त्यस्ता सुरक्षा निकायले प्रयोग गर्ने गरेका अन्य सामग्रीहरू प्रदर्शनी हलको भित्तामा रहेको टूलो पर्दा गरेको टेलिभिजनमा देखाइने गरेको रहेछ।जुन मैले स्पष्ट रुपमा देखेँ।

              त्यसका साथमा त्यहाँ चीनमा विभिन्न प्रान्तमा पहिलेदेखि प्रहरीहरूले प्रयोग गर्दै आएका सरसामानहरू पनि देखाइएको छ।चीनमा रहँदै आएको गश्ती,युद्धकला,सेन्ट्री प्रणाली आदि विषयलाई पनि स्पष्ट रुपमा त्यहाँ उजागर गरिएको छ।विभिन्न युगमा चीनका विविध भूभागमा युद्धका अवशरमा प्रयोग गरिने हातहतियारहरू पनि त्यहाँ राखिएका छन्।

               त्यस स्थानमा गएर हेर्ने दर्शकहरूका लागि अर्को कुरा पनि निकै आकर्षक देखिन्छ।त्यो भनेको पैचिङमा प्रहरी बलले प्रयोग गरिआएका कुकुरहरूको प्रतिमूर्ति जस्ताको तस्तै त्यहाँ देखाउनु पनि हो।वास्तवमा त्यसबेलामा प्रहरीले अपराधी पत्ता लगाउन तथा अन्य विविध प्रयोजनका लागि कुकुरको प्रयोग गर्दथे।त्यो प्रथा हालसम्म पनि छँदैछ।त्यसबेला प्रयोग गरिने स्लथ,जर्मन सेपहर्ड आदि प्रकारका प्रसिद्ध कुकुरहरूलाई माउन्टिङ गरेर त्यहाँ प्रस्तुत गरिएको छ।मैले याद गरेको अर्को कुरा के हो भने चीनमा छिङ वंशकालमा निर्माण भएको र हालसम्मको इतिहासमा सबैभन्दा पुरानो अग्नि नियन्त्रण यन्त्र पनि राखिएको देखिन्छ।

                 यस हलको ट्राफिक इकाइतिर हेर्ने हो भने पैचिङमा पहिले बाटोघाटोको अवस्था कस्तो थियो अनि यसको विकास कसरी हुँदै आइरहेको छ त भन्ने कुराको इतिहास हेर्न पाइन्छ।त्यसबेलाको यातायात व्यवस्थापन,त्यसबेलमा प्रयोग गरिने सार्बजनिक यातायातका साधनहरू,त्यसबेलाका ड्राइभरहरू र समयको पावन्दीसँगसँगै यी कुरामा कसरी विकासका चरणहरू पार भएर आए त भन्ने कुरा पनि त्यहाँ स्पष्ट रुपमा बुझ्न सकिने अवस्था रहेको छ।यसैअन्तर्गत् रहेर त्यसबेलमा जारी भएका लाइसेन्सहरू पासपोर्टहरू,अस्थायी बसोबासका प्रमाणपत्रहरू अनि सडकचिन्ह तथा मोटर तथा डोरप्लेटहरू पनि राखिएका देखिन्छन्।प्रहरी साधन तथा स्रोत हलमा पुरानो कालका आकर्षक हतियारहरू राखिएका छन्।त्यहाँ बुलेट प्रुफ ज्याकेट तथा विशेष बन्दोबस्तीका साधनहरू पनि प्रशस्त राखिएका छन्।

              यस्तो महत्वपूर्ण संग्रहालय पुग्नका लागि पैचिङमा रहेको भूमिगत रेलबाट छेनमेन उत्रिएर वा बस नं. 110,3,6,8,9,41,44,48 आदि बसहरूबाट जान पनि सकिन्छ।यो संग्रहालय मंगलबारदेखि आइतबारसम्म हरेक बिहान नौबजेदेखि बेलुकी चारबजेसम्म खुल्ने गर्दछ।अनि यो संग्रहालय अवलोकन गर्न चिनियाँ युआन पाँच तिर्नुपर्ने हुन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह