फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फरबिडन सिटी -1

(GMT+08:00) 2010-03-29 15:35:02

                आज म चीनको पैचिङको पूर्वी भागतिर पर्ने थ्यानमन चोक नजिकैको फरबिडन सिटी गएर मैले अवलोकन र अध्ययन गरेका कुराहरूका बारेमा जानकारी दिन जाँदैछु। पैचिङमा रहेका विभिन्न यस्ता स्थानहरूमध्ये यो फरबिडन सिटी निकै महत्वपूर्ण रहेको छ।पैचिङको मुटुमा रहेको यो विशाल दरबार आधुनिकता र प्रचीनता दुबै मिसिएको एउटा अभिन्न भाग हो। यस दरबारको कस्तो अवस्था रहेको छ भन्ने बारेमा केही कुरा बताउने म जमर्को गर्दैछु।

              पैचिङ आइपुगेपछि छुटाउनै नहुने विभिन्न स्थानहरूमध्येमा केन्द्रमा रहेको फरबिडन सिटी पनि एक हो।यात्रा गर्ने क्रममा बाटोमा नै पर्ने अनि साइट सिइङको मुख्य स्थलका रुपमा फरबिडन सिटीलाई लिन सकिन्छ।यो यस्तो परम्परागत तथा विश्वप्रसिद्ध क्षेत्र हो कि जहाँ कम्तिमा पनि आठसयको सङ्ख्यामा घरहरू रहेका छन् ।त्यसैगरेर जम्मा नौ हजारवटा कोठाहरू रहेका छन् त्यहाँ। यो क्षेत्र नै चीनको यस्तो स्थान हो कि जहाँ भवनहरूको सबैभन्दा बढी समूह रहेको छ। यसभित्र वा यस शहरभित्र विभिन्न प्रसिद्ध स्थानहरूमध्येमा ए के ए सङ्ग्रहालय पनि पर्दछ।

            यो शहरको इतिहासलाई सरसर्ती कोट्याउने हो भने यो त पन्ध्रौँ शताब्दीमा नै तयार भएको हो । यसलाई चीनका राजा महाराजाहरूको ऐतिहासिक कन्द्रको स्थान पनि हो भन्न सकिन्छ।यो शहरको स्थापनाको सुरुवात पन्ध्रौँ शताब्दीमा भएको भएता पनि अहिले भइरहेका यस स्थानका भवनहरू अठारौँ शताब्दीमा बनेका हुन्। अर्थात् त्यहाँका अहिले भइरहेका भवनहरू करिब तीनसय वर्ष पुराना हुन भन्न सकिन्छ।

                 यस क्षेत्रमा रहेको दरबार सङ्ग्रहालय एकपटक हेर्नैपर्ने प्रकारको रहेको छ । स्वर्गमा हुने भवनका कोठाको सङ्ख्या भनेको दश हजारजति हुन्छ भन्ने चिनियाँ जनश्रुति रहदै आएको छ। त्यसैले यस स्थलमा रहेका भवनका कोठाहरूको सङ्ख्या भनेको 9999.5 जति रहेको छ भनिन्छ । यस स्थलको क्षेत्रफलको कुरा गर्ने हो भने कूल क्षेत्रफल भनेको सात लाख बीस हजार वर्ग मीटर रहेको छ भन्न सकिन्छ । खास गरेर भन्ने हो भने छिङ तथा मिङ वंशकालमा रहेका राजा महाराजाहरूको बसोवासका रुपमा यो फरबिडन सिटी रहेको छ।

 

                संयुक्त राष्ट्र संघअन्तरगतको युनेस्कोले पैचिङको यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा राखिसकेको स्थिति छ । मैले यो कुरा पनि याद गरेको छु कि यो क्षेत्रलाई राष्ट्रको बहादुरीको प्रतीकका रुपमा पनि राखिएको छ ।त्यसैले जनगणतन्त्र चीनको राष्ट्रिय सिल वा छापमा पनि यस प्रतीकलाई प्रयोग गरिएको छ ।

                  यो एउटा विशाल दरवार हो जसको निर्माणकार्य सन् 1407 बाट सुरु भएको मानिन्छ । मिङ वंशकालका योङ ल भन्ने राजाको पालाबाट यसको निर्माणकार्य सुरु भएको हो भन्न सकिन्छ ।यो दरवारको निर्माण गर्नर् क्रममा हेर्ने हो भने दशौँ लाखको सङ्ख्यामा कामदारहरू लागेका थिए ।यो दरवारमा विभिन्न वंशका राजाका बीस पुस्ताले यहाँ बसेर शासन गरेका थिए ।त्यहाँ भवन र कोठाहरू मात्र बनाइएका होइनन् बरु त्यसको साथमा थुप्रैको सङ्ख्यामा विविध प्रकारका कलाहरू पनि त्यहाँ भित्र्याइएका थिए।सो कुरा हाल पनि स्पष्ट रुपमा देख्न सकिन्छ। ती कलाहरू ज्यादै मनमोहक र अमूल्य प्रकारका रहेका छन् । दुर्भाग्यवश नै भन्नुपर्छ कि सन् 1644 मा गएर त्यस दरबारमा व्यापक रुपमा आगलागी भएको थियो। विभिन्न मौका पारेर विभिन्न प्रकारका डकैँती पनि त्यस दरवारमा भएका थिए । त्यस्ता घटनाहरूबाट त्यहाँ थुप्रै नोक्सानीका श्रृङ्खलाहरू पनि भएको इतिहास कायमै छ भन्न सकिन्छ।

 

                पैचिङमा यो स्थान पुग्नका लागि थिआन मन इस्टबाट एक मिनेटको दूरीमा नै पुग्न सकिन्छ। यो स्थान बिहान साढे आठबजे खुल्छ र बेलुकी साढे पाँचबजेसम्म कायम नै रहन्छ । प्रवेशका लागि गरम महिनामा साठी युआन र जाडोमा चालीस युआन तिर्नुपर्छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह