फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली सेवाको कार्यक्रमलाई एक दमै मन पराउने कुरा श्रोताहरुद्बारा

(GMT+08:00) 2010-04-08 16:34:17
   सोडापानी 9, आदर्शनगर कैलालीमा पर्ने आरती चाईना नेपाली सेवा रेडियो श्रोता क्लवका अध्यक्ष प्यासा पौडेल आशिषले नेपाली सेवाको संगीत र पत्र मन्जुषा कार्यक्रमलाई एक दमै मन पराउनुहुन्छ। उहाँले हामीलाई पठाउनुभएको पत्रमा भन्नुभए अनुसार

    कार्यक्रम संगीत एकदमै राम्रो, मनोरञ्जनात्मक छ, कार्यक्रम पत्र मन्जुषा एक दमै ज्ञानबर्घक र स्तरिय छ।कार्यक्रमको निरन्तरताको शुभ कामना व्यक्त गर्दछु। बास्तवमा सी.आर.आई नेपाली सेवाका सम्पूर्ण कार्यक्रमहश्र बराबर छन्, राम्रा छन्। दाग लगाउने कुनै ठाउं नै छैनन्।

    म सी.आर.आई. नेपाली सेवाको माध्यमबाट स्वर सम्राट नारायण गोपालले गाउनुभएको एउटा मान्छेको मायाले कति फरक पार्दछ जीन्दगीमा बोलेको गीत सुन्न र सुनाउन विशेग गरी मुनाजीलाई धेरै धन्यवाद व्यक्त गर्दछु। नेपाल र चीन बीचको सम्बन्ध अमर होस।

    रस्पुकोट 7, सालठाटी प्यूठानमा बस्ने हाम्रा प्रिय श्रोता युवश न. शर्मा (आविष्कार)ले सी.आर.आई.लाई. प्रशंसा गर्नुभएको एउटा पत्रमा भन्नुभयो-

    सी.आर.आईको विश्वव्यापकतासंग नेपाली र चिनियाँ जनता बीचको आपसी सम्बन्ध अझ प्रगाढ हुंदै जानेछ। चीनले चालेका हरेक प्रगतिसिल पाईला सफलताको शिखर चुम्न सफल होउन।

    नेपालको विकासमा पनि चीनको व्यापक सहयोग अगाडी दिनमा पनि हुने आशा व्यक्त गर्छु।

    उहाँले हामीलाई पठाउनुभएको पत्रमा एउटा कविता पनि लेख्नुभयो-

                                                            प्रचलित हुँदै जाउ विश्वजनमाझ

                                                 संसारको ढुकढुकी बन्दैछ सी.आर.आई आज

                                                        गुफाबाट शुरु गयौं तिमी आफ्नो यात्रा

                                                        जनप्रेमि संचालक सी.आर.आईका पत्र

                                                       जापानी साम्राज्य बिरुद्ध जनता उठायो

                                                        बयाचीन बनाउन लनलसेना जुटायो

                                                       विश्वभर फैलिदै सी.आर.आईको ध्वनि

                                          ब्रमजिवि जनताको आवाज बोक सी.आर.आई तिमी

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह