फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका दुई अधिवेशन एक चर्चा

(GMT+08:00) 2010-04-12 15:42:13

               आजको यस कार्यक्रममा म चीनमा हालै सम्पन्न भएको चिनियाँ जन कंग्रेसको वार्षिक अधिवेशनको समयमा मैले देखेका सुनेका र अनुभव गरेका कुराहरुका बारेमा केही कुरा बताउन जाँदैछु। चिनियाँ राजनीतिक परामर्शदात्री सम्मेलनको दोस्रो अधिवेशन गत मार्च महिनाको तीन तारिखदेखि पैचिङमा सुरु भयो भने दुई दिनपछि वा मार्च पाँच तारिखदेखि चिनियाँ जन कंग्रेसको वार्षिक अधिवेशन पनि सुरु भएको थियो।दुई दिनकै अन्तरमा सुरु भएका यी दुई सम्मेलनले विश्वलाई नै आकर्षण गरेको थियो।देशभरिबाट राजनीतिक व्यक्तित्वहरूले राजनैतिक आर्थिक सामाजिक र प्रजातन्त्रका बारेमा न्यायोचित सुझाबहरू दिने र संबन्धित नेतागणले सुन्ने कार्यक्रम भयो।त्यसै गरी मार्च पाँचबाट सुरु भएको चिनियाँ जन कंग्रेसको वार्षिक अधिवेशनमा दुई हजार दुई सयभन्दा बढी राजनीतिक नेताहरू सहभागी हुनुभयो र आआफ्नो क्षेत्रका समस्याहरू र समाधानका उपायहरू प्रस्तुत गर्नुभयो ।

             एघारौं चिनियां जन कांग्रेसको दोस्रो अधिवेशनले पत्रकार सम्मेलनको आयोजना गर्दै सम्मेलनमा विश्वव्यापी बैंकिंग संकट फैलिएको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय बैंकिंग संकटको सामना गर्नु र अर्थतन्त्रको स्थिर र अपेक्षाकृत छिटो विकासलाई कायम राख्नु नै चालू वर्ष चीन सरकारको कार्यको मुख्य विषय बनेको कुरा प्रष्ट पारिएको थियो। । विश्व अर्थतन्त्र हाल संकटग्रस्त भएको पृष्ठभूमिमा चिनियां अर्थतन्त्र पनि त्यसमा रुमल्लिएको अवस्था रहेको थियो। सन् दुइ हजार नौमा अन्तर्राष्ट्रिय बैंकिंग संकटको आंधिबेहरी विश्वव्यापी क्षेत्रमा फैलिए पनि चीन त्यसको केन्द्रबिन्दु रहेको होइन। तापनि विश्व अर्थतन्त्रको अनुपात छ प्रतिशतभन्दा बढी रहेको चीनको आर्थिक विकासले विश्वको हेराइलाई आकर्षण अवश्य पनि गर्यो। गत वर्ष चीनको अर्थतन्त्रले विश्वको आर्थिक बृद्धिका लागि प्रदान गरेको योगदान बीस प्रतिशतभन्दा बढी रहेको परिप्रेक्ष्यमा चीनका पार्टी र सरकारले आर्थिक विकासको प्रथम गन्व्यलाई आफ्नो कर्तव्यको केन्द्रमा राखेको अवस्था रहेको छ। 

               

                यस सन्दर्भमा प्रधानमन्त्री वन् च्या पाउले सरकारको भावी नीति तथा कार्यक्रमका बारेमा स्पष्ट अवधारणा रख्नुभएको छ।अवधारणाको खाकालाई खोलेर हेर्ने हो भने विश्वका सबै मुलुकहरुसितको मैत्रीपूर्ण आदान प्रदानलाई मजबूत पार्नु र स्वदेशी अर्थतन्त्रको स्थिर र अपेक्षाकृत तीव्र विकासका लागि कल्याणकारी वातावरण तयार पार्नु नै मूल रुपमा प्रस्तुत गरिएको छ। नीति तथा कार्यक्रममा विभिन्न मुलुकका सरकार र जनतासित काँधमा काँध मिलाएर जोखिम र चुनौतिलाई सामना गर्दै डटिरहने मात्र होइन कि संकटलाई अवशरको रुपमा उपयोग गर्न पनि चीन सरकार र जनता इच्छुक रहेको कुरा स्पष्ट पारिएको छ।

                अन्तर्राष्ट्रिय बैंकिङ संकटको फैलावट रोक्न र बैंकिंग सुधारलाई अघि बढाउन चीनले विभिन्न पक्षसितको व्यावहारिक सहयोगलाई निरन्तर प्रयाश गर्ने कुरा स्पष्ट पारिएको छ। विश्व अर्थतन्त्र संकटको पुनरुत्थान गर्नका लागि व्यापार र लगानीमा देखिएको संरक्षणवाद रुपी विषवृक्षलाई जरैदेखि काट्न चीन लागिपर्ने कुरा पनि अधिवेशनमा स्पष्ट गरियो। स्वदेशी अर्थतन्त्र विकासलाई सघन पार्दै आर्थिक तथा बैंकिङ कूटनीतिलाई मूलमन्त्रको रुपमा अवलम्बन गर्ने विषयलाई पनि अधिवेनमा सरकारको नीति तथा कार्यक्रमको रुपमा अपनाउने कुरा बताइएको थियो।

 

               एउटा मुख्या लाईनलाई समात्नु भनेको स्वदेशी अर्थतन्त्रको स्थिर र अपेक्षाकृत तीव्र विकासलाई प्रत्याभूत पार्नका लागि सकेसम्म राम्रो सेवा उपलव्ध गराउनु हो । दोस्रो भनेको महत्वपूर्ण कार्य राम्ररी गरेर एकातिर अन्तर्राष्ट्रिय बैंकिंग संकटको सक्रियताका साथ सामना गर्नु र बृद्धि गर्नु,त्यस्तै जनताको दैनिक जीवन र स्थिरतालाई प्रत्याभूत पार्नका लागि राम्रो सेवा उपलव्ध गराउनु र अर्कातिर चिनियां नेतागण महत्वपूर्ण अन्तर्राष्ट्रिय बहुपक्षीय सम्मेलनमा सहभागी हुनका लागि राम्ररी वतावरण तयार पार्नु हो । जस्तो भनौं लण्डनमा आयोजना हुन लागेको बैंकिंग शिखर सम्मेलनका लागि राम्रो तयारी गरेर प्रस्तुत हुनु । हामीहरुले चीन उक्त कार्यक्रममा सहभागी हुने कुराबाट अन्तर्राष्ट्रिय व्यवस्थालाई झन् झन् न्यायपूर्ण र उचित दिशातिर अघि बढाउनेछौं । विशेष गरी उल्लेखनीय कुरा के हो भने चीनले बैंकिंग संकटको साझा रुपमा सामना गर्ने प्रस्ताव प्रस्तुत गर्दै तेस्रो जगतका मुलुकहरुलाई झन् बढी ध्यान दिएको छ । व्हाशिंटनमा आयोजित बीस मुलुकको बैकिंग शिखर सम्मेलनमा सहभागी हुँदा चीनका राष्ट्राध्यक्ष हु चिंग थाउले बैंकिंग संकटले विकसित मुलुकहरुको बैंकिंग बजारलाई गम्भिर धक्का दिनुबाहेक व्यापक विकासोन्मुख मुलुकहरुलाई विविध प्रकारको प्रभाव पनि पारेको थियो तर हाल चीन विश्वमा नै सबैभन्दा पहिले यसबाट फुत्किएता पनि अझै सङ्कट टरिसकेको छैन । त्यसैले चीनले सन् 2010 का लागि आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ जुन सजिलै पूरा हुनसक्ने देखिन्छ ।

                चीनको अहिलेको व्यापारमा केही असन्तुलन भएकै कारणले वृद्धिदरको लक्ष्य कम राखेको अवस्था रहेको छ । तर संयुक्त राष्ट्र संघका अर्थशास्त्रीहरूको बिचारमा त चीनको वृद्धिदर दश प्रतिशतको सेरोफेरोमा पुग्ने दरिलो अनुमान गरेका छन्। विकासोन्मुख र विशेष गरी अफ्रिकी मुलुकहरुलाई कठिनाईमाथि विजय पाउन सघाउ पुर्याउनका लागि अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी विकसित मुलुकहरुले ठोस कदम चाल्नु पर्छ । यस प्रक्रियामा चीनले सकारात्मक भूमिका निर्वाह गर्नेछ । दिगो विकास हुन सक्ने विश्वव्यापी आर्थिक प्रणालीको निर्माणलाई चीनले निरन्तर रुपमा अघि बढाउनेछ । चीनले आफ्नो मुलुकको विकासलाई साकार तुल्याउनुका साथै सहयोगात्मक साझेदारी सम्न्धको विकास गर्नेछ। विशेष गरी विकासोन्मुख मुलुकहरुको चाहना र वैधानिक हकलाई ख्यालदृष्टि पुर्याउने काममा डटिरहनेछ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह