फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रोताको चौतारो

(GMT+08:00) 2010-04-15 13:58:41
विश्वको दोश्रो ठूलो अन्तराटि्रय रेडियो सि.आर.आई आफ्नो गौरवमय प्रसारणको 67 बर्ष पूरा गरि 68औं बर्षमा प्रवेश गरेको शुखद उपलक्ष्यमा सर्वप्रथम चीनका महामहिम राष्ट्राध्यक्ष ज्यू,महामहिम चिनियाँ प्रधान मन्त्रि ज्यू,सि.आर.आईका महामहिम निर्देशक ज्यू लगायत समस्त चिनियाँ जनतामा सि.आर.आई नेपाली विभागका निर्देशक ज्यू माफत हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। विश्व शान्ति,भातृत्व र एकताको सन्देशलाई विश्व भरि रहेका आफ्ना करोडौ श्रोता सम्म पूर्याउन अहोरात्र क्रियासिल हाम्रो पि्रय रेडियो चिनियाँ अन्तराटि्रय रेडियो एनालक प्रविधिको प्रसारणबाट बामे सर्दै आज अत्याधुनिक डिजिटल प्रविधी माफत विश्व भर प्रसारण भैरहेको छ। यसले समय समयमा सञ्चालन गर्ने ज्ञानविज्ञान प्रतियोगिताले विश्व भरि छरिएर रहेका श्रोतालाई चीन र चिनियाँ जनतालले प्राप्त गरिरहेका पछिल्ला उपलव्धिवारे जान्न ठूलो सहयोग पूर्याएको छ । त्यसैगरि सन् 1975 को जून 25 तारिखका दिन स्थापना भएको सि.आर.आई नेपाली सेवा पनि यस सेवामा कार्यरत लगनशिल,मेहनती र ईमान्दार चिनियाँ मित्रहरुको प्रयासवाट अगाडि वढिरहेको छ र लाखौ श्रोताको पि्रय समेत भएको छ । अन्त्यमा सि.आर.आई आफ्ना प्रसारणलाई अझ स्तरिय बनाउदै विश्वको पहिलो ठूलो अन्तराटि्रय रेडियो छिट्टै बन्न सकोस भन्दै सि.आर.आई मा कार्यरत सम्पूर्ण चिनियाँ तथा विदेशी मित्रहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह