फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनकोबारे मा अझ बढी जानकारी प्राप्त होस

(GMT+08:00) 2010-05-06 19:14:53
     रौतहट सन्तपुर (म)मा पर्ने श्री शैले स्थान सी.आर.आई. मैत्री क्लबका अध्यक्ष श्री भूपाल दास श्रेष्ठले हामीलाई पठाउनुभएको ईमेलमा भन्नुभयो-

     कुशल रचेर नेपाली सेवाका सम्पूर्ण कर्मचारी मित्रहरुमा सदा दिनको दैनिक सम्झना। आशा छ दैनिक रुपमा संचालन भई राखेका कर्यक्रमहरु नियमीत रुपमै सम्पादन भै राखेका छन् । हाम्रो क्लब नियमीत रुपमा तपाईहरुले प्रसारण गरी रहनु भएको सबै कार्यक्रमहरु दैनिक सुन्दै आईरहेको छ र नियमित जस्तै आफ्नो प्रतिक्रिया पत्र मार्फत व्यक्त गर्दै आइरहेका कुरा यहाहरुमा विदीतै छ । आशा छ यसरी नियमीत रुपमा सी.आर.आई. नेपाली सेवाको प्रचार प्रसारका लागि हाम्रो क्लबको प्रयास प्रति यहाहरुको ध्यान आकृष्ट हुनेछ। हालै हाम्रो क्लबले सी.आर.आई. को प्रचार प्रसार यस भागमा अझ बढी होस यस भेगका खास गरेर यस नारायणी अन्चल का नेपाली जनता सी.आर.आई. नेपाली सेवाले प्रसारण गरी राखेका कार्यक्रमहरु प्रति अझ आकर्षित होउन उनीहरु सी.आर.आई. लगायत चीनको बारे मा अझ बढी जानकारी प्राप्त होस भन्ने हेतुले सी.आर.आई. ले नियमीत रुपमा गर्दै आएको ज्ञान, विज्ञान प्रतियोगिता को बारेमा जानकारी गराउन यस रौतहट जिल्ला र यस जिल्लाको शानको रुपमा रहेको अधिराज्य भर विक्री वितरण गरिने तराई एक्सप्रेस साप्ताहिक मार्फत रमणिय श छुआन प्रान्तमा पर्यटन सम्बन्धि ज्ञान विज्ञानप्रतियोगिता लाई आधार बनाएर सी.आर.आई. नेपाली सेवाको प्रचार प्रसारमा हामीलागि परेका छौ।

     हामीले सी.आर.आई. विश्व सेवा लगाएत नेपाली सेवाको जानकारी दिने नेपाली सेवाले नियमीत र साप्ताहिक रुपमा प्रशारण गर्ने कार्यक्रमहरुको बारेमा जानकारी दिने जस्ता सामाग्रीहरु हामिले उक्त साप्ताहिक पत्रिकामा प्रकाशित गराउदै आएका छौ । सोही क्रमको अघिल्लो र शसक्त कडीको रमणिय श छुआन प्रान्तमा पर्यटन सम्बन्धि सम्पूर्ण लेख लगायत सम्भव भए सम्म श छुवान प्रान्तका फोटोहरु समेत प्रकाशीत गरेका छौ । भने उक्त प्रतियोगिता सम्बन्धि प्रश्नोक्तर पत्र समेत छाप्ने क्रममा रहेको छ । हामीले उक्त साप्ताहिकमा के के प्रकाशित गर्यौ सो को छाया कपी सम्भव भए सम्म ईमेल मार्फत पठाई सकेका छौ र प्रिन्टेट म्याटर चाडैनै हुलाक मार्फत तपाईहरुलाई पठाउने क्रममा रहेका छौ । आशा गर्छौ, हालै तपाईहरुले आरम्भ गर्नुर्भएको तिब्बत सम्बन्धि ईन्टरनेट मा आधारित नया ज्ञान विज्ञान प्रतियोगिता सम्बन्धि सम्पूर्ण जानकारी हामी तपाई एक्सप्रेस साप्ताहिकमा समेत प्रकाशन गर्ने प्रयासमा छौ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह