फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली सेवाका  कार्यक्रमहरु दिनप्रतिदिन लोकप्रिय बन्दै छ

(GMT+08:00) 2010-05-20 13:39:56
     नेपालगञ्ज, बाँकेका श्रोता मान बहादुर खत्रीले नेपाली सेवाले स्थापनाकालदेखि नै विश्वका कुनाकाप्चामा छरिएर रहेका आफ्ना प्यारा श्रोताहरुलाई रेडियो, एफ. एम., पत्रिका, तथा वेभसाइट मार्फत विश्व, चीन, नेपाल एवं विविध विषय वस्तुका बारेमा जानकारी नेपाली सेवाका कार्यक्रमहरु दिनप्रतिदिन लोकप्रिय बन्दै छ।

     नेपालगञ्ज, बाँकेका श्रोता मान बहादुर खत्रीले नेपाली सेवाले स्थापनाकालदेखि नै विश्वका कुनाकाप्चामा छरिएर रहेका आफ्ना प्यारा श्रोताहरुलाई रेडियो, एफ. एम., पत्रिका, तथा वेभसाइट मार्फत विश्व, चीन, नेपाल एवं विविध विषय वस्तुका बारेमा जानकारी गराउँदै आएको छ। यसले श्रोता समक्ष प्रस्तुत गदै आएका हरेक समाचार, समाचार सन्दर्भ एवं नियमित कार्यक्रमहरु दिनप्रतिदिन लोकप्रिय बन्दै प्रत्येक श्रोताका मनमस्तिष्कमा गहिरो छाप पार्दै आएका छन् । यसले प्रयोग गर्दै आएका हरेक संचारका माध्यमहरु पनि त्यतिकै शक्तिशाली एवं प्रभावशाली रहेको कुरा कुनै पनि श्रोता समक्ष छिप्न सकेको छैन। सी.आर.आई. नेपाली सेवाले आफ्नो वेभसाइटमा राख्दै आएका लेखहरु नियमित रुपमा अपडेट गर्दै आएको छ । यस वेभसाइटमा राखेका हरेक लेखहरुको आफ्नो आफ्नो महत्व रहेको पाइन्छ। यस वेभसाइटमा विषेश गरी विश्वको समाचार, चीनको समाचार, नेपालको समाचार एवं अन्य उपयोगी सामग्रीहरु राखिएको छ। चीन, चीनका हरेक क्षेत्र, चिनियाँ विषयवस्तु एवं चिनियाँ युक्त विशेषताहरु राखिएको यस वेभसाइटबाट हामी श्रोताहरुले मनले चाहेको जति सन्तुष्टी प्राप्त गरिरहेका छौं ।

     यस रेडियोले मलाई प्रदान गरेको विषेश पुरस्कार स्वरुपको चीनको राजधानी पैचिङ एवं विश्वकै सुन्दर प्रान्त मानिने क्वांसी प्रान्तको भ्रमणलाई मैले जीवनभर कै सवैभन्दा महत्वपूर्ण उपलब्धिको रुपमा लिएको छु । यस्तो उपलब्धी प्रदान गर्ने हान संस्था सी.आर.आई. नेपाली सेवा नै हो । जसको प्रशंसा जति गरे पनि कम नै हुन्छ । म लगायत विश्वका अन्य मुलुकहरुका श्रोताहरुले चीनको विभिन्न सुन्दर एवं प्राकृतिक मनोरम स्थलहरुको भ्रमण गरेका थियौं, जसलाई नेपाली सेवाले वेभसाइटमा राखेको छ । हालसम्म पनि मेरो भ्रमणलाई प्राथमिकताका साथ वेभसाइटमा राखिरहेकोमा म यस रेडियोप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह