फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेरा आँखामा चीन

(GMT+08:00) 2010-04-26 17:01:33

                चीनको पैचिङमा रहेको स्वर्गको मन्दिर वा टेम्पल अफ हेभेनको बनावट र वर्णनभन्दा अघि यो ऐतिहासिक स्थलसम्म कसरी पुग्ने र यस मन्दिरको के महत्व छ भन्ने बारेमा जोकोही यात्रीलाई जानकारी हुनु आवश्यक छ भन्ने म ठान्दछु।चीनको पैचिङमा रहेको एक केन्द्रीय स्थान जुन स्थान विश्वको सबैभन्दा ठूलो चोक हो र खासगरेर यो आयातकारको स्वरुपमा रहेको छ, त्यो चोकलाई थान अन मान चोक भनिन्छ त्यही क्षेत्रलाई मुख्य मुकाम बनाएमा जहाँ जान पनि निकै सरल हुनेछ भन्ने मेरो धारणा र अनुभव रहेको छ।

              यो स्थानलाई पैचिङको मुटुका रुपमा पनि लिन सकिन्छ।यो चोकले जम्मा 44 हेक्टरको क्षेत्रफल ओगटेको छ।यस क्षेत्रको लम्बाइ 800 मिटर र चौडाइ 500 मिटर रहेको पाइन्छ। यो क्षेत्रको सम्पूर्ण भागमा ग्रेनाइट नामको पत्थर छापिएको छ।ती पत्थरहरु निकै हलुका छन्।

             त्यो क्षेत्रमा हरेक दिन बिहान जनवादी गणतन्त्र चीनको राष्ट्रिय पाँचतारे झण्डा उठाइन्छ र हरेक दिन बेलुकी झण्डा झुकाइन्छ।हरेक दिन झण्डा उठाउने र झार्ने एउटा उत्सव नै हुन्छ त्यहाँ।त्यही क्षेत्रमा नै अध्यक्ष माओको स्मृति भवन पनि रहेको छ। जुन चोकको दक्षिणी दिशामा पर्छ। त्यस क्षेत्रमा हरेक दिन हजारौँका संख्यामा चिनियाँ तथा विदेशीहरु त्यहाँ आउने गर्दछन्।चिनियाँहरु त्यहाँ गएर आफ्नो देशप्रतिको माया व्यक्त गर्दछन् र आफू चिनियां भएकोमा ठूलो गर्व गर्दछन्। यो स्थान विश्वकै महत्वपूर्ण स्थानमध्येमा पर्दछ।

              यस स्थानसम्म पुग्नका लागि बससेवा तथा सव वे वा भूमिगत् रेलसेवा प्रयोग गर्न सकिन्छ।भूमिगत रेलबाट त्यहाँ जानका लागि थ्यान अन मन इस्ट वा थ्यान मेन वेस्टलाई मुख्य बिन्दु बनाउन सकिन्छ।त्यो स्थान पुग्नका लागि एक नंबरको भूमिगत रेलमा चढेर पश्चिमबाट गएमा पापा अ सान,उ खे सङ हुँदै चौध स्टपतिरको स्थान रोज्नु पर्दछ भने पूर्वबाट आउंदा थुचियो,सिहुइ हुँदै बीसौँ स्टपपछि त्यहाँ सजिलै पुग्न सकिन्छ। दुई नंबर तथा पाँच नंबरका सव वे लाईनबाट पनि एक नंबर सब वेमा लाइन परिवर्तन गरी त्यहाँ पुग्न अवश्य सकिन्छ।एक नंबर भूमिगत लाइनको कूल लम्बाइ 38 किलो मिटर रहेको छ।पूर्व वा पश्चिम जताबाट आए पनि करिब 20 किलो मिटर जतिको दूरी पूरा गरेपछि हामी थ्यान अन मन पुग्न सक्छौँ।

            आजको मेरो प्रसंग भनेको स्वर्गको मन्दिर वा टेम्पल अफ हेभेन हो। थ्यान अन मन वेस्टबाट दुई स्टप पूर्वतिर हामी तोङताङ पुग्न सक्छौँ सब वे लाइनबाट।त्यहाँ पुगेपछि पाँच नम्बरको सब वे लाइन फेरि लिनुपर्छ र दुई स्टप दक्षिण झरेपछि हामी थानथेन पुग्न सक्छौँ।त्यही स्टपको ‌नजिकै हामी टेम्पल हफ हेभेन पुग्न सक्छौँ। छोटो समयमा त्यहाँ पुग्नका लागि बससेवा पनि प्रशस्त नभएको होइन तर सव वेबाटचाहिं बढी नै भरपर्दो हुन्छ भन्ने मेरो विश्वास र अनुभव रहेको छ।

              त्यसैले श्रोताहरु तपाईं पनि पैचिङ आउने योजनामा हुनहुन्छ भने मैले वर्णन गरेको बाटो प्रयोग गरेमा पक्कै पनि सुविधाजनक हुन्छ भन्ने मेरो विश्वास छ। चारैतिर सफासुग्घर स्थान र रातदिन बत्तीको झिलिमिलीले मन्दिर र मन्दिर परिसर ज्यादै मनमोहक देखिन्छ। तपाई हामी त्यहाँ पुगेपछि हामी यो भुल्न बेर लगाउदैनौं कि हामी पृथ्वीमै छौँ या वास्तविक स्वर्गमा हामी पुग्यौं जस्तो लाग्छ ।श्रोताहरु मलाई त खासै यस्तो लागेकै थियो शायद तपाईंहरुलाई पनि यस्तो लाग्ला।आउंदा याद गर्नू ल ! भन्नुको अर्थ त्यो स्थान अति नै रमाइलो छ भन्न खोजेको हो मैले।

            वास्तवमा स्वर्गको मन्दिर दक्षिणी पैचिङमा पर्ने एक ज्यादै पूरातात्विक हिसाबको र ऐतिहासिक स्थल हो । यो मन्दिर चीनका मीङ वंशका सम्राटले सन् 1420 देखि बनाउन सुरु गरेको हो भन्ने लेखिएको छ त्यहाँका शिलालेखहरुमा ।यो स्थान प्रशिद्ध थ्यान अन मन चोक तथा फरबिडन सिटीको दक्षिणी भागमा अवस्थित छ।त्यहाँ एउटा भब्य पार्क पनि रहेको छ त्यसैको एक मोहडामा एउटा बृत्ताकार भवन छ। त्यही भवनको ठूलो हलमा बसेर मानिसहरु स्वर्गका भगवानको प्रार्थना गर्ने गर्दछन्।मानिससहरु त्यहाँ राम्रो बालीनालीका लागि भगवानसँग प्रार्थना गर्दछन्।चिनियाँहरु लगायत अन्यले पनि यस मन्दिरमा आफ्ना इच्छाहरु पूरा हुनेमा विश्वास गर्दछन्।आफ्ना चाहना र आकाङ्क्षाहरु त्यहाँका देवताले स्वर्गसम्म पु-याइदिने उनीहरु विश्वास गर्दछन्।

               श्रोताहरु, यो स्थान छोङ्योन जिल्लामा पर्दछ। यो मन्दिरको हाता बिहान 6 बजे खुल्दछ र बेलुकी 9 बजेमात्र बन्द हुने गर्छ। त्यसैले जान ढिला हुन्छ कि भनेर हतार गर्नु त्यति आवश्यक छैन । हामी सजिलै त्यहां पुगेर आफ्ना मनका चाहनाहरु पूरा गर्न सक्छौं। त्यो मन्दिरमा प्रवेश गर्नका लागि 10 चिनियां युआन तिर्नुपर्छ है।

             यो मन्दिर मिङ वंशको वास्तुकलाको एक जीवन्त तथा आश्चर्यजनक उदाहरण हो । यो मन्दिर हाता 267 हेक्टरको क्षेत्रफलमा फैलिएको छ। खासगरी चीनका पहिलेका सम्राटहरु त्यस स्थानमा जनावरहरुको बली दिने गर्दथे र उनीहरु प्रशस्त अन्नबाली उत्पादनका लागि भगवानसंग प्रर्थना गर्ने हुनाले त्यहाँका देवतालाई पनि अन्नका देवता भन्ने गरिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह