फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रोताबाट आएको चौतारो

(GMT+08:00) 2010-06-18 14:43:28
      सी.आर.आई श्रोता क्लवहरुको राष्ट्रिय परिषद नेपालको केन्द्रिय समितिका सदस्य एवम् शाही रक्षक प्रहरी, दक्षिण ढोका नारायणहिटि राजदरवारका कार्यरत रामजि राई नेपाली सेवाका निकै पुराना श्रोता हुनुहुन्छ। उहाँले सधैं हामीलाई टेलिफोन र इमेल गर्नुहुन्छ। उहाँको भनाइ अनुसार-

      सी.आर.आई. नेपाली सेवा र म आज भन्दा करिब 15 वर्ष पहिलेदेखि नै सी.आर.आई.नेपाली सेवाको कार्यक्रमहरु मैले सुन्दै आईरहेको छु । मलाई सी.आर.आई. नेपाली सेवाको सम्पुर्ण कार्यक्रमहरु सुन्न मन लाग्ने भएकैले होला मैले बिभिन्न समयमा हुने ज्ञान बिज्ञान प्रतियोगिताहरुमा प्रथम पुरस्कारहरु समेत हात पारिसकेको छु । सी.आर.आई. नेपाली सेवाको कार्यक्रम सुन्न पाउँदा म अत्यन्तै खुशी छु । तर आजभोलि मेरो आफ्नै पारिवारीक कारणले अलि कम सुन्ने गरेको छु भने वेभसाईटमा दैनिक रुपमा हेरि रहेको नै छु । सी.आर.आई. ले गर्दा मैले चीन र नेपालको सम्बन्ध तथा चीनले द्रुतगतिमा गरेको बिकासको बारेमा थाहा पाउन सफल भएको छु ।

      चीन बिश्वको दोश्रो ठूलो शक्तिशालि राष्ट्रको सूचीमा रहेको कुरा देखि लिएर राजनैतिक परिवर्तन चीनको बिदेश नीति जस्ता कुराहरु सी.आर.आई. नेपाली सेवाको कार्यक्रम सुनेर र वेभ साईटमा हेरेर थाहा पाउन सफल भएको छु । त्यसैले सी.आर.आई. नेपाली सेवा र मेरो सम्बन्ध अत्यन्तै नजिक रहेको अनुभूति गरेको छु। सी.आर.आई. नेपाली सेवामा कार्यरत सम्पूर्ण पदाधिकारीज्यूहरु पनि त्यतिकै मिजासीलो हँसीलो हुनु भएकै कारणले होला आज नेपालमा सी.आर.आई. नेपाली सेवा सुन्ने श्रोताहरु अत्याधिक रहेको छ । त्यसैले म र सी.आर.आई. कहिले पनि टाढा हुने छैन जबसम्म म बाँच्ने छु तवसम्म म सी.आर.आई.लाई माया गरि रहने छु ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह