
लामो पर्खालको पश्चिमी भागको शुरुवात अर्थात् च्या यु क्वान नाका कान सु प्रान्तको च्या यु क्वान शहरमा पर्दछ। सो नाका मिंग वंशको "होंग ऊ पाँच वर्ष" अर्थात् सन् 1372 मा निर्माण गरिएको थियो। सो नाका च्या यु क्वान पहाडमा रहेकाले त्यसको नाम त्यस पहाडको नामबाट राखिएको हो। यस नाकामा युद्ध नभएका कारण यसलाई शान्ति नाका पनि भनिन्छ।
वल्लो शान सी प्रान्तको फिंग तिंग राज्यमा अवस्थित न्यांग च क्वान अर्थात् महिला नाका पनि निकै दुर्गम स्थानमा रहेको नाका हो। त्यहाँ अग्ला-अग्ला चुचुराहरु रहेकाले भौगोलिक स्थिति निकै विकट छ। थांग वंशको शुरुमा सम्राट ली युआनकी तेस्री छोरी अर्थात् राजकुमारीफिंग यांगले हजारौं सेनालाई डोर्याएर यहाँ तैनाथ गर्नुभएको थियो। राजकुमारी फिंग यांग निकै युद्ध कुशल भएका कारण मानिसले उहाँको नेतृत्वमा रहेका सेनालाई महिला सेनाको नाम दिएका थिए। पछिका मानिसहरुले सो नाकाको नाम महिला नाका राखेका हुन भनिन्छ। सो नाकाको पूर्वी द्बारभित्रको भवनमा "महिला नाका" लेखिएको हालसम्म पनि देख्न सकिन्छ।

कान सु प्रान्तको तुंग ह्वांग राज्यको उत्तर-पश्चिमी शहरमा रहेको यु मन क्वान नाका प्राचीनकालमा सिन च्यांगमा उत्पादित जेट चीनका मध्य भागमा लैजाँदा सोही नाकाभएर लैजानुपर्ने भएका कारण सो नाकाको नाम यु मन क्वान राखिएको हो।
वल्लो शान सी प्रान्तको फेन थौ राज्यमा अवस्थित फेन थौ नाकाको नाम निकै विशेष र अच्चमको रहेको छ। त्यसको नाम फेन थौ राख्नुको कारण त्यहाँको भौगोलिक स्थिति, पूर्वी भाग अग्लो र पश्चिमी भाग होचो भएकाले सो नाकालाई यस्तो विशेष र अच्चमको नाम दिइएको हो।

वल्लो शान सी प्रान्तको ताई सेन राज्यको एउटा भन्ज्याङलाई पार गर्ने बाटोमा येन मन क्वान अर्थात् कर्याङकुरुङ नाकाका दुई किनाराका पहाडहरु निकै अग्ला छन्। कर्याङकुरुङ पहाडमाथिबाट उड्न सक्दैनन। त्यसैले तिनीहरु बाध्य भएर भन्ज्याङमाथिबाट उडेर सो नाकाबाट अगाडि बढ्छन्। त्यसैले मानिसहरुले यस नाकालाई येन मन अर्थात् कर्याङकुरुङ नाकाको नाम दिएका हुन।