फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ वनस्पति उद्यान –रमणीय स्थान

(GMT+08:00) 2010-05-03 15:09:28

              आज पैचिङको उत्तरपश्चिमी भागमा पर्ने एक रमणीय र महत्वपूर्ण स्थान जुन चीनको प्रकृतिमय स्थान हो त्यसको सानो चिनारी लिएर आएको छु।आज मैले चर्चा गर्न खोजेको स्थान जुन आफैँ एक चर्चा हो जसलाई चर्चाको कुनै पनि जरुरी छैन त्यस्तो स्थानको बारेमा म केही कुरा भन्न जाँदैछु। अर्थात् पैचिङको वनस्पति उद्यानको बारेमा म त्यहाँ घुम्दै र हेर्दै जाँदा मैले देखेका, भोगेका र वास्तविक रुपमा अनुभव गरेका कुराहरू तथ्यपूर्ण रुपमा राख्ने जमर्को आज तपाईँ प्रिय श्रोतामाझ मैले गरेको छु।

              पैचिङ वनस्पति उद्यान चीनको धेरै नै पुरानो ऐतिहासिक पूरातात्वीक र प्रकृतिक स्थल हो। यस स्थानमा जुनसुकै व्यक्ति एक पटक गएपछि शायद फर्कैर आउँन पनि मन लाग्दैन वर्णन त्यस स्थानको हो।यस वनस्पति उद्यानलाई हामी बोटानिकल गार्डेनका रुपमा पनि चिन्छौँ अनि चिनियाँ भाषामा चाहिँ यस स्थानलाई चिउ युआन भनिन्छ आज सानो चर्चा म गर्दैछु तर यसको पूर्ण चर्चा गर्नचाहिँ कहिल्यै पनि सकिँदैन र लाग्छ त्यो त स्वर्गको एक टुक्रा नै हो जस्तो लाग्छ।

             पैचिङ वनस्पति उद्यान जसलाई चिनियाँ भाषामा पैचिङ चिउ युआन भनिन्छ जुन पैचिङ सहरको मुख्यतया उत्तरपश्चिमी भागमा पर्छ।यो स्थान भनेको स्याङ सान पर्वत र जेड स्प्रीङ डाँडाको बीचतिर पर्दछ।यो उद्यानको स्थापना चीन सरकारले सन् 1955 मा गरेको हो।यस उद्यानले 564000 वर्गमीटरको क्षेत्रफल ओगटेको छ।

             यस बगैँचाभित्र दर्जनौँ का संख्यामा रमणीय प्राकृतिक भूभागहरू रहेका छन्। यस बगैँचामा वृक्षबगैँचा परेनियल बगैँचा गुलाब बगैँचा परम्परागत चिनियाँ जडीबुटी उद्यान रङीन बगैँचा जंगली फलफूल स्रोत विकास केन्द्र जल उद्यान क्षेत्र तथा उष्ण तथा शीतोष्ण वनस्पतिका लागि हरितगृह वा ग्रीन हाउस क्षेत्रहरू रहेका छन्।यसमा पनि अर्को आकर्षणको केन्द्र के हो भने त्यहाँ दर्जनौँका संख्यामा बौद्ध गुम्बाहरू पनि रहेका छन्।

            यस उद्यानले 6000 प्रजातिका वनस्पति रोप्ने र हुर्काउँने गर्दछ।ती वनस्पतिहरूलाई यस उद्यानले स्याहार संभार गरेर ठीक रुपमा जोगाउने गर्दछ।जसमध्ये पनि 2000 प्रजातिका ठूला वृक्ष र झाडीदार विरुवा रहेका छन्।त्यसैगरी त्यहाँ उष्ण तथा शितोष्ण 1620 प्रकारका वनस्पति जगेर्ना गरेर राखिएका छन्।त्यहाँ 500 प्रकारका फूलहरू रहेका छन् अनि 1900 प्रजातिका फलफूलका विरुवा पनि रहेको कुरा मैले एक जिज्ञासामा थाहा पाएँ।त्यहाँ अन्य कैयौँ प्रकारका चिनियाँ परम्परागत् जडीबुटीका विरुवा पनि रहेका छन्।

              त्यसपछि मेरा आँखाहरू त्यहाँ रहेको हरितगृहमा पुगे।उक्त विशाल आकारको हरितगृहमा 3वटा ठूला हलहरू रहेको कुरा मैले थाहा पाएँ।ती तीन कोठाहरूमध्ये पहिलो कोठामा वा हलमा सदाबहार जातका वनस्पतिहरू रहेका रहेछन्।जुन वनस्पतिहरू बाह्रैमास सुक्दैनन् वा जहिल्यै हरियाली रहेका हुन्छन् ती सदाबहार हुन्।दोस्रो ठूलो हलमा जलीय वनस्पतिहरू रहेका छन्। त्यहाँ मूलतः राता तथा सेता रङका कमलका फूलहरू रहेका देखिए।तेस्रो ठूलो हलमा व्यापारिक प्रयोजनका लागि राखिएका वनस्पतिहरू रहेका छन्।त्यहाँ ती वनस्पतिहरूको प्रजनन गराई विविध प्रकारका वनस्पतिहरू तयार गरिने कुरा पनि मैले थाहा पाएँ।

             यस उद्यानभित्र घुम्दै र हेर्दै जाँदा मैले तीनपाते रबरका विरुवा कोकाका बिरुवाका साथै कफीका विरुवाहरू पनि राखिएका रहेछन्।मुख्य तीन कोठाबाहेक अन्य स्थानमा पनि प्रदर्शनीका लागि वनस्पतिहरु राखिएका रहेछन्।उदाहरणका लागि औषधियुक्त वनस्पति,मसलायुक्त वनस्पति,अनि रसिला वनस्पति पनि राखिएका छन्।त्यतिमात्र होइन,त्यहाँ विभिन्न प्रकारका घासयुक्त वनस्पति र पानीमा तैरने अनि खासै जरा नभएका वनसपति पनि रहेका छन्।त्यस्ता वनस्पतिका साथमा त्यहाँ 300 भन्दा पनि बढी प्रकारका अत्यन्त सुन्दर फूल फुल्ने वनस्पतिहरू पनि रहेका छन्।

             

               ती तीनवटा हल पार गरिसकेपछि एउटा अर्को विशाल हल मेरो सामुन्ने देखापर्यो।त्यो हलको नाम राष्ट्रिय वनस्पति नमुना हल भन्ने रहेको छ।त्यस हलको कूल क्षेत्रफल 11000 वर्गमिटर रहेको छ।त्यो हलमा चाहिँ विविध प्रकारका वनस्पतिहरूको अध्ययन गर्ने प्रयोगशालाहरू रहेको कुरा मैले थाहा पाएँ।त्यसपछि म त्यहाँको पोनी गार्डेनमा गएँ।

             त्यो गार्डेनमा एउटै विरुवामा राता हरिया सेता पँहेला तथा गुलाबी रङका फूलका बोटहरूतर्फ गएँ। ती फूलहरू अत्यन्तै मनमोहक देखिन्थे।यो पोनी गार्डेन वा पोनी बगैँचा सन् 1981 मा मात्र जनसाधारणका लागि खुलेको रहेछ।यस पोनी बगैँचाले मात्र एक लाख वर्गमीटरको क्षेत्रफल ढाकेको कुरा मैले त्यहाँको सूचना पाटी हेरेर थाहा पाएँ। यो पोनी गार्डेन पनि 3 भागमा विभाजित भएर रहेको कुरा स्पष्टै देखिन्थ्यो।त्यसमध्येको मुख्य एक बगैँचा जसलाई पोनी ग्रोभ भनिँदो रहेछ मैले त्यो पनि हेरेँ जुन अत्यन्तै मनमोहक देखिन्थ्यो।त्यसले वा पोनी ग्रेभ मात्र 35000 वर्गमीटरको क्षेत्रफलमा फैलिएको कुरा पनि मैले एक जिज्ञासामा थाहा पाएँ। चीनको पैचिङ आगमनपश्चात जोसुकैले पनि यो वोटानिकल गार्डेनको यात्रालाई छुटाउनु हुदैन भन्ने मेरो राय छ।त्यसैले श्रोता मित्रहरू तपाईँ पनि चीनको यात्रा गर्दै हुनुहुन्छ भने वोटानिकल गार्डेनको यात्रालाई अवश्य पनि नभुल्नुहोस् भन्ने मेरो राय छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह