फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ खानाका आठ क्षेत्रीय परिकार-1

(GMT+08:00) 2010-05-17 14:48:36

              आज चीनका विभिन्न भागमा परम्परागत रुपमा चलिआएका विविध भागमा रहेका खानाका पद्धतिहरूबारेमा सङ्क्षिप्त रुपमा चिनारी लिएर आएको छु।आज मैले चर्चा गर्न खोजेको खानाको परिकारको पद्धति भनेको म चीनका विविध भागमा घुम्दै र हेर्दै जाँदा मैले देखेका, भोगेका र वास्तविक रुपमा अनुभव गरेका कुराहरू तथ्यपूर्ण रुपमा राख्ने जमर्को आज तपाईँ प्रिय श्रोतामाझ मैले गरेको छु।

            चीन एक अत्यन्त ठूलो देश हो।यस देशमा धेरै सङ्ख्यामा प्रान्तहरू, जातीय स्वायत्त प्रदेश,शहर शासित क्षेत्रहरू तथा विशेष प्रशासनिक क्षेत्रहरू रहेका छन्।यस देशको स्थल क्षेत्र र जल क्षेत्रले पनि कैयौँ देशहरुलाई छिमेकी बनाएको छ। हरेक मुलुकलाई अभिन्न छिमेकीको दृष्टिले हेर्ने गरेको चीनका लागि कोही ठूला वा कोही साना भन्ने छैनन्।सबैमाथि नै कल्याणकारी भावना बोकेर हिँडेको छ यो देश । विश्वकै परिप्रेक्ष्यमा यो देशमा रहेको जनसङ्ख्या एकदमै बढी छ। पुरानै आङ्कडामा पनि एक अर्ब तीस करोड जनसङ्ख्या रहेको यो देशमा वर्तमान जनसङ्ख्या त एक अर्ब सैँतीस करोड पुगिसकेको अनुमान सजिलै गर्न सकिन्छ।

             यो देश यसरी विविध प्रान्तमा विभाजित् भएको हुनाले नै खानाको सभ्यतामा पनि फरक विशेषताहरू पाइने गरेका छन्। भौगोलिक अवस्था, जातीय भिन्नता, परम्परागत आधार अनि सांसारिक विकासको अवस्थाले गर्दा चीनमा खानाको सभ्यतामा विभिन्नता पाइने गरिएको छ।तर जति नै विभिन्नता पाइए पनि चीनको जुनसुकै स्थानका मानिसले पनि खानालाई चोपस्टिकले च्यापेर नै खाने गरेको देखिएको छ।

             सीधै हातले छोएर खानुलाई उनीहरू अलिकति घीन र फोहरकै दूष्टिबाट हेर्ने गरेका छन्।अर्कातिर भन्ने हो भने भात त हरेक चिनियाँको घरमा पाक्ने गर्छ नै अनि खानाको मूल आधार वा टेवा पनि भातले नै दिने हुन्छ होला तथापि चिनियाँ खाना पद्धतिमा थालमा भात खाने चलन कहीँ पनि देख्न सकिँदैन।उनीहरू बौल वा कचौरामा भात हालेर देब्रे हातले त्यो कचौरा उचालेर ओठको नजिकै लगेर खाने गर्दछन्।अनि हामी नेपालीले जस्तो भात मुछेर खाने चलन पनि चीनमा देख्न सकिँदैन।अलिकति तरकारी अनि अलिकति भात गरेर खाने गरेको देखिन्छ चीनमा ।

            भौगोलिकतामा विभिन्नताका आधारमा नै चीनमा रहेका हजारौँ प्रकारका खानाका पद्धतिहरू रहेका छन्। ती पद्धतिहरू कति आजसम्म पनि निकै जोडदार रुपमा चलेका छन् भने कतिपय कम मात्रामा चलेको छ । यसरी हेर्दा चीनमा रहेको पाक पद्धति वा पाककलाको कुरालाई मूलतः आठ भागमा राखेर हेर्न सकिन्छ। म ती आठै पद्धतिलाई पालैपालो जानकारी दिने प्रयास गरिरहेको छु।चीनका विभिन्न स्थानमा घुम्ने क्रममा स्थानीय रुपमा ती खानाका परिकारहरू प्राप्त गर्न सकिन्छ ।

             स छ्वान पाक कलामा मसलादार र पिरो खानाका परिकार आउने गर्दछन्।बँगुरको बार्बिक्यु र पिरो खाना अनि तोफूका विविध परिकारहरू स छ्वान परिकारमा पर्दछन्।यो खानाको परिकार विश्वप्रसिद्ध चिनियाँ परिकारमा पर्दछ।

             क्वाङ तुङ क्युसिनलाई पनि चीनको निकै प्रसिद्ध परिकारको रुपमा लिन सकिन्छ।यो खाना प्रस्तुत गर्ने कला निकै चमत्कारपूर्ण देखिन्छ।यस क्वाङ तुङ खानामा हलुका खाना क्रिस्पी र ताजा खानाहरू पर्दछन्।

            तेस्रो चिनियाँ खानाको परिकारका रुपमा च च्याङ खाना पर्दछ। च च्याङको सदरमुकाम हाङ चौमा यो खाना मूल रुपमा पाउन सकिन्छ। साथै निङ पो र साओ सिङमा पनि यो खाना उपलब्ध छ । खानाको ताजापन, कोमल प्रकारका खाना , सुगन्धित खाना र मधुर खाना यसअन्तर्गत् पर्दछन्।

              च्याङ सु क्युसिन पनि चिनियाँ शैलीका खानाका परिकारहरूमध्येमा पर्दछन्। च्याङ सुमा हुने परिकारहरूमा मूलत समुद्री खानाका परिकारहरू आउने गर्दछन्। यस परिकारका खानामा हलुका खानाहरू, ताजा खानाहरू अनि गुलिया स्वादमा खानाहरू पर्दछन् ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह