फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ खानाका आठ क्षेत्रीय परिकार-2

(GMT+08:00) 2010-05-24 09:38:57

             आज चीनका विभिन्न भागमा परम्परागत रुपमा चलिआएका विविध भागमा रहेका खानाका पद्धतिहरूबारेमा सङ्क्षिप्त रुपमा चिनारी लिएर आएको छु।अघिल्लो हप्ताको कार्यक्रममा मैले श्रोताहरूमाझ चीनमा उपलब्ध हुने आठ मुख्य क्षेत्रीय परिकारमध्येमा चार परिकारका पद्धतिको बारेमा बताइसकेको छु। मैले गत हप्ताको कार्यक्रममा स छ्वान खानाको पद्धतिको बारेमा बताएँ। त्यसै गरेर क्वाङ तुङ खानाबारे पनि वर्णन गरेँ। तेस्रो चिनियाँ खानाको परिकारका रुपमा च च्याङ खाना पर्दछ भनेर बयान पनि गरिसकेँ मैले। च्याङ सु क्युसिन पनि चिनियाँ शैलीका खानाका परिकारहरूमध्येमा पर्दछन् भन्ने कुरा पनि अर्थ्याइसकेँ। आजको कार्यक्रममा चाहिँ म बाँकी चार प्रकारका खानाका पद्धतिलाई अर्थ्याउने कोसिस गर्नेछु।

             चीन एक अत्यन्त ठूलो देश हो।यस देशमा धेरै सङ्ख्यामा प्रान्तहरू, जातीय स्वायत्त प्रदेश,शहर शासित क्षेत्रहरू तथा विशेष प्रशासनिक क्षेत्रहरू रहेका छन्।यस देशको स्थल क्षेत्र र जल क्षेत्रले पनि कैयौँ देशहरुलाई छिमेकी बनाएको छ। हरेक मुलुकलाई अभिन्न छिमेकीको दृष्टिले हेर्ने गरेको चीनका लागि कोही ठूला वा कोही साना भन्ने छैनन्।सबैमाथि नै कल्याणकारी भावना बोकेर हिँडेको छ यो देश । विश्वकै परिप्रेक्ष्यमा यो देशमा रहेको जनसङ्ख्या एकदमै बढी छ। पुरानै आङ्कडामा पनि एक अर्ब तीस करोड जनसङ्ख्या रहेको यो देशमा वर्तमान जनसङ्ख्या त एक अर्ब सैँतीस करोड पुगिसकेको अनुमान सजिलै गर्न सकिन्छ।

             यो देश यसरी विविध प्रान्तमा विभाजित् भएको हुनाले नै खानाको सभ्यतामा पनि फरक विशेषताहरू पाइने गरेका छन्। भौगोलिक अवस्था, जातीय भिन्नता, परम्परागत आधार अनि सांसारिक विकासको अवस्थाले गर्दा चीनमा खानाको सभ्यतामा विभिन्नता पाइने गरिएको छ।तर जति नै विभिन्नता पाइए पनि चीनको जुनसुकै स्थानका मानिसले पनि खानालाई चोपस्टिकले च्यापेर नै खाने गरेको देखिएको छ।

               बाँकी चार प्रकारका खाना पद्धतिहरूमा आन ह्वी क्युसिन पनि निकै नै प्रसिद्ध रहेको छ ।यस पद्धतिको खाना पकाउदा भाँडोमा दिइने तापक्रमलाई पनि मध्यनजर राखिन्छ।साथै ताजापनका लागि खानामा चिनीजस्ता गुलिया पदार्थको प्रयोग गर्ने चलन छ।खासगरे बङ्गुरको मासु पकाउदा गुलियो सस नै प्रयोग गर्नु यस पद्धतिको विशेषता बनेको देखिन्छ।

              फु च्यान पद्धतिको खानाको परिकार पनि विश्वप्रसिद्ध परिकार नै हो। फु च्यान पद्धति भनेको फु चौ , क्वान चौ र स्या मन क्युसिनको मिलावटबाट प्राप्त पद्धति हो। यस परिकारमा अचारको उपस्थिति अवश्य पनि हुनेगर्छ। त्यसै गरेर गुलियो र अमिलो स्वादको मिश्रण पनि यस प्रकारको खानामा हुनेगर्छ । त्यसै गरेर खानामा चम्किला रङको प्रयोग हुनु पनि फु च्यान खानाको पद्धति बन्न गएको देखिन्छ ।

             चीनको सातौँ पद्धतिमा पर्ने सान तुङ पद्धतिको खाना धेरै नै क्रिस्पी प्रकारको हुनेगर्छ ।यस्तो खानामा पनि समुद्री खानामा निकै जोड दिएको हुन्छ । यस खानामा चि नान,च्याओ तुङ र सान तुङमा पाइने खानाको प्रतिनिधित्व हुनेगर्छ। ताजापन र वासनादार खाना हुनु यस्तो खानाको विशेषता नै हो।

               चीनका विविध क्षेत्रीय परिकारहरूमध्येमा आठौँ परिकार भनेको चीनको हु नान प्रान्तमा पाइने खानाको परिकार हो।हु नानको स्याङ च्याङ क्षेत्र, तोङ थिङ ताल क्षेत्र र स्याङ सी क्षेत्रमा यस प्रकारको परिकार पाइने गर्दछ। हु नान प्रान्तको खाना भन्नाले खुर्सानीको प्रयोग गरिने, मरिचको अत्यधिक प्रयोग हुने र लसुन तथा प्याजको पनि प्रयोग हुने भन्ने कुरालाई देखाउछ। यस पद्धतिको खानामा अत्यन्त तीखो स्वाद हुने गर्दछ।

                 मैले म पैचिङका विविध प्रान्तमा घुम्दै र हेर्दै जाँदा मैले देखेका भोगेका कुराहरू खासगरी ती क्षेत्रमा पाइने खानाका पद्धतिका बारेमा सत्य-सत्य कुराहरु पोखेँ। मैले आजको यस कार्यक्रममा आन ह्वी क्युसिन निकै नै प्रसिद्ध रहेको र यस पद्धतिको खाना पकाउदा भाँडोमा दिइने तापक्रमलाई पनि मध्यनजर राखिने कुरा बताएँ । फु च्यान खानाको पद्धति फु चौ , क्वान चौ र स्या मन क्युसिनको मिलनबाट प्राप्त पद्धति भनी मैले पेस गरिसकेँ। चीनका विविध क्षेत्रीय परिकारहरूमध्येमा चीनको हु नान प्रान्तमा पाइने खानाको परिकार पनि एक हो। त्यसैगरी चीनको सान तुङ पद्धतिको खाना धेरै नै क्रिस्पी प्रकारको हुनेगर्छ भनी बताएँ। आशा छ कि श्रोताले पनि चीनमा क्षेत्रीय रुपमा पाइने उल्लेखित आठ प्रकारका खानाका बारेमा केही अवश्य बुझ्नु भयो होला , जान्नुभयो नै होला ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह