फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ड्रागन बोट चाड -1

(GMT+08:00) 2010-05-31 21:09:46

              पैचिङ विशाल देश चीनको राजधानी हो। मनोरञ्जनका लागि यस स्थानमा धेरै नै रमाइला स्थानहरू र चाडपर्बहरू हुने गर्दछन्। आज भने म चीनका सबै भागमा भब्य रुपले मनाइने एक पर्ब ड्रागन बोट चाड वा त्वान उ चे का बारेमा केही बताउन जाँदैछु।

              चीनका परम्परागत उत्सबहरु त धेरै नै छन्।चीन देश जसरी क्षेत्रफलको हिसाबले विशाल छ त्यसरी नै परम्परा र संस्कृतिमा पनि त्यत्तिकै विशाल र धनी छ भन्न सकिन्छ। आधुनिकताको चरम उत्कर्षमा पुगेको  चीन परम्परा र संस्कृतिलाई पनि आफ्नो जीवनको एक पाटो ठानेर यसको हर तरहले संरक्षण गर्नु चिनियाँहरूको मूल विशेषता बनेको छ। पाँचहजार बर्षभन्दा पनि पुरानो चालचलन र परम्परालाई आत्मसात गर्दै संस्कृतिलाई जगेर्ना गर्न चीन सक्षम देखिन्छ।

              चीनमा मनाइने चाडपर्ब र उत्सबहरूमा वसन्त उत्सबका अतिरिक्त लालटिन उत्सब , विशुद्ध उज्यालो दिन, ड्रागन बोट उत्सब, मध्य शरद ऋतु उत्सब तथा दोहोरो नौ उत्सब पर्दछन्। चीनका अल्पसंख्यक जातिहरूले पनि आफ्ना परम्परागत उत्सब कायमै राखेका छन्। तिनमा ताड जातिका तानु वा विगत कहिल्यै नबिर्स उत्सब, पाइ जनताका तेस्रो महिना मेला, तिब्बती जनताको तिब्बती नयाँवर्ष अनि ओङ घोर वा राम्रो फलको आशा उत्सब तथा म्याओ जातिका जनताको उफ्रने फूल उत्सब पर्दछन्।

             तर मेरो आजको विषय भनेको चीनमा मनाउने गरिएको ड्रागन नौका चाडका बारेमा म केही चर्चा गर्न जाँदैछु। ड्रागन बोट फेस्टिभललाई नेपाली भाषामा ड्रागन नौका पर्वका रुपमा लिन सकिन्छ। चीनमा मनाइने विभिन्न चाडपर्बहरूमध्ये यो ड्रागन नौका पर्ब पनि निकै महत्वपूर्ण पर्व हो चिनियाँ । यस चाडलाई चिनियाँ भाषामा त्वान उ चे भन्ने गरिन्छ। यो पर्व चिनियाँ पात्रोअनुसार पाचौँ म हिनाको पाचौँ दिनमा यो पर्व पर्ने गर्दछ। यस पालाको वा सन् 2010 को त्वान उ चे चाहिँ जून महिनाको सोह्र तारिखमा पर्ने भएको छ। यो पर्व चीनमा धेरै पहिलेदेखि नै मनाइने गरिएको छ। यो पर्ब चीनका प्रसिद्ध कवि छु युआनको स्मृतिमा मनाउने गरिएको हो भन्ने भनाइ रहेको पाइन्छ। ती कवि वास्तवमा एक कवि मात्र नभएर चिनियाँ संस्कृतिविँद र देशभक्त पनि थिए भन्ने भनाइ रहेको छ।

           यस पर्वलाई ड्रागनसँग पनि दाँजेर हेर्ने गरिएको देखिन्छ।ड्रागन भनेको एउटा वन्यजन्तु हो जुन हेर्दैमा निकै लामो आकारमा हुन्छ। यस पर्वमा ड्रागनकै आकारको नौका वा नाउ चलाउने प्रतिस्पर्धा पनि हुने हुनाले यो पर्वलाई ड्रागन नौका पर्व भनिन्छ भन्न सकिन्छ। यो पर्व चीनका सबै जनताले एकदमै हर्षोल्लासपूर्वक मनाउने गर्दछन्। त्यति मात्र नभएर यो पर्ब विदेशमा रहेका चिनियाँ प्रवासीहरूले पनि उत्तिकै चाख लिएर मनाउने गर्दछन्। यस चाडका मुख्य रुपमा दुईवटा विशेषता रहेका देखिन्छन्। एउटा त ड्रागन नौका दौड प्रतियोगिताको आयोजना हुनु हो भने अर्को चाहिँ एक प्रकारको मीठाइ सबैले मिलेर खानु हो। त्यस खानेकुरालाई चङ ज भनिन्छ चिनियाँ भाषामा। यी दुबै कुराहरू वा विषयवस्तुहरू ड्रागनसँग संबन्धित् रहेका छन् भन्न सकिन्छ। चङ ज नामक यस मीठाईमा गुलियोका अतिरिक्त अन्य विविध पौष्टिक कुराहरू समावेश गरिएका हुन्छन्।

             मुख्यतः केराको पातमा पोको पारेर बनाइने यस खानामा भात तथा मासुका अंश पनि रहेका हुन्छन्। यस चाडका दिन चिनियाँहरूले यो खाना खाने प्रचलन रहेको छ।वास्तवमा चिनियाँ परम्पराअनुसार पात्रोको पाचौँ महिना प्रेत पिशाच महिना मानिन्छ। त्यसमा पनि उक्त पाचौँ महिनाको पाचौँ दिन त अझ व्यापक रुपमा अशुभ दिन मानिन्छ। यस अशुभ दिनलाई यस पर्बको शक्तिले गर्दा शुभ बनाउने विश्वास जनमानसले गर्ने गरेको छ। चीनमा मनाइने अन्य विभिन्न चाडपर्बहरूमध्ये यस चाडको विषयमा पनि परम्परागत भनाइ रहेको पाइन्छ।भनाइअनुसार हुवाइ नामका राजाका पालामा छु युआन दरबारको अदालतमा ठूलो पदमा रहेर काम गर्दथे।त्यो काम गर्दाको समय भनेको इशा पूर्व द्धठछ तिरको हो। छु युआन ज्यादै भद्र इमान्दार र शिक्षित थिए। उनको विद्वता देखेर सबैजना छक्क पर्दथे।सम्राट स्वयम पनि उनको काम गराइ र न्याय देखेर अचम्मित भएका थिए। उनी न्यायप्रेमी भएका हुनाले राज्यमा हुने भ्रष्टाचारलाई जरैदेखि उखेल्न चाहन्थे तर अदालतका अन्य भ्रष्टाचारीहरू उनीदेखि ज्यादै रिसाएका थिए। ती खराब कर्मचारिहरूले भूतप्रेत विद्या प्रयोग गरेर राजालाई आफ्नो पकडमा लिए।राजामा खराब विचार पैदा गराएपछि छु विस्तारै सबैका आँखाका कसिङ्गर भए। राजाले छुलाई नोकरीबाट निकालिदिए।अन्त्यमा छु युआनलाई जेल हालियो।जेलमुक्त भएपछि उनले आफ्ना सिद्धान्त र ज्ञान सबैतिर बाँड्दै गए।

              भूतप्रेतबाट कसरी मुक्त हुन सकिन्छ भन्नेबारेमा पनि उनले धेरै कुरा पत्ता लगाए।जीवनको अन्त्यमा उनी मिलो भन्ने नदीमा हाम फालेर देहत्याग गरे। पछि उनको महत्व थाहा भयो। राज्यबासीहरू उनलाई उक्त नदीको यत्रतत्र खोज्न थाले।माछाले उनलाई शिकार नगरोस् र उनको शरीर जस्ताको तस्तै रहोस् भनेर माछालाई त्यो विशेष खाना चोङ ज दिएर लामालामा डुङ्गामा बसेर सबैले खोज्न थाले तर अफसोच कसैले पनि उनलाई भेट्न सकेन र त्यही परम्परागत खाना खाएर डुङ्गा दौड प्रतियोगिता चीनमा हालसम्म पनि कायम रहेको देखिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह