फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिन्दुको रंगी विरंगी पर्व होली बारे

(GMT+08:00) 2010-07-22 18:36:53

          आज हिन्दुहरुको महान पर्व होली भएकोले आजको रिपोर्टमा होलीको बारेमा केहि जानकारी दिने प्रयास गरेको छु । बिगतका वर्षहरु जस्तै यस वर्ष पनि हिन्दुहरुको महान पर्व होली धुमधामसँग मनाइदै छ। यस पर्वमा विभिन्न रंगका अविर, रंग तथा पानीको प्रयोग गरेर एकले अर्कालाई छ्यापेर मनोरञ्जन गर्ने गरिन्छ। यस पर्वमा मनमा रहेका रीस, रागलाई बिसेर हाँस ठट्टा गरेर रमाइलो गरी खेल्ने गरिन्छ।

         पौराणिककालमा होलिका भन्ने राक्षेसनीले आफ्ना भाई इश्वरका भक्तलाई मार्ने उद्देश्यले आगोमा लिइ हामफाल्दा भाइ बचेको तर होलिकालाई आगोले जलाई भष्म बनाएको खुशीयालीमा परापुर्वकालदेखि नै मनाउदै आएको पाइन्छ। उक्त सयमदेखि यस पर्वलाई असत्य माथि सत्यको जितको रुपमा लिइन्छ र आजसम्म पनि सत्यको जित नै भइरहेको सवैलाई महशुस हुन्छ। यो पर्वलाई अन्याय माथि न्यायको जित र वर्षको एक दिन मात्र भए पनि साथी, भाई, आफन्त तथा नातेदारसँग आपसी रंगले हानाहान गरी हँसाउने, रमाउने र विभिन्न प्रकारका परीकारको भोजन गरी मनमा रहेका दु:ख, कष्ट विर्साउने प्रयास गरिन्छ। यस पर्वमा सानो, ठुलो, धनी, गरीव तथा नजिक वा आफन्तको भावना राखिदैन र जसले जसलाई पनि अविर, रंग तथा पानीले हान्न वा छ्याप्न पाउँछ ।

         विषेशगरी, यो चाड हिन्दहरुको बाहुल्यता भएका मुलुकहरु भारत र नेपालमा मनाउने गरेको पाइन्छ । यस पर्व धेरै मानिसहरुको लागि सुखद, खुसद र मनोरञ्जनात्मक हुन सक्छ भने कोहि कसैको लागि दुखत पनि बन्न सक्छ किनकी हरेक पक्षमा बुद्धि विवेकको प्रयोग गर्नु नितान्त आवश्यक देखिन्छ । विगतका केहि वर्षहरुदेखि अन्य पर्वमा जस्तै यस पर्वमा पनि बिकृतिहरु नबढेका होइनन् । विषेशगरी युवतीलाई जवरजस्ती रंग, अविर तथा पानीले हान्ने, रंग वा अविरमा विभिन्न किसिमका केमिकल्सहरुको प्रयोग गर्ने तथा जथाभावी रंग हान्नाले कतिपयको अनाहकमा ज्यान जान सक्ने जस्ता विभिन्न अवगुणहरु पनि रहेको पाइन्छ। यस तफ सम्वन्धित निकायहरु सचेत हुनु र जवरजस्ती गर्नेहरुलाई डण्डित गर्नुपर्ने देखिन्छ । यस वर्षको 2010 को होली पर्वले विश्वमा बढ्दै गइरहेका अविश्वासको भावनालाई हटाई विश्वमा शान्ति फैलाई विश्व बन्धुत्वको भावना जगाउन थप प्रेरणा प्रदान गरोस ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह