फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रोताको चौतारो

(GMT+08:00) 2010-07-29 20:46:24

          चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाले आफ्नो स्थापनाकालदेखि चीनमा नेपाली भाषाको प्रचार प्रसार र श्रीबृद्धिको लागि खेलेको भूमिका कसैको सामु छिपेको छैन। यस रेडियोले समयको प्रवाहसँगै रेडियो कार्यक्रमलाई स्तरीय, आधुनिक तथा श्रोतासम्म पुर्याउनको लागि हरतरहको प्रयास गर्दै आईरहेको कुरा सर्वविदित नै छ । यस रेडियोले दैनिक रुपमा समाचार लगायत विभिन्न कार्यक्रमहरु नियमित रुपमा प्रसारण गर्दै श्रोताहरुको मन जित्दै आइरहेको छ ।

          यसले नेपाली भाषामा त्रैमासिक रुपमा मितेरी पुल, पुस्तिकाको प्रकाशन, काठमाडौंको मैत्री एफ.एम.बाट रिले प्रसारण, नेपाली भाषामै वेभसाइटको व्यवस्था तथा समय समयमा विभिन्न पत्र पत्रिका र पोष्टकार्ड प्रकाशन गर्दै आइरहेको छ । आफ्नो नियमित प्रसारणलाई नेपालको राजधानी काठमाडौंबाट मैत्री एफ.एम.11.4 को माध्यमबाट श्रोता समक्ष पुर्याउन सफल भएको छ। जसबाट काठमाडौं लगायत छिमेकी जिल्लाका सी.आर. आई नेपाली सेवाका श्रोताहरु लाभान्वित भएका छन् । यस प्रकारको रीले प्रसारणले श्रोतालाई सी.आर.आई. नेपाली सेवा सरल र सहज बन्दै गएको छ। एफ.एम.रेडियो सरल र लोकपि्रय बन्दै गएको वर्तमान परिपेक्षमा नेपाली प्रसारणलाई नेपालको एफ.एम.बाट प्रसारण गरिनुलाई हामी नेपाली श्रोताले सी.आर.आई. नेपाली सेवाको उल्लेखनीय कदम र नेपाली श्रोताप्रति देखाएको सदभावको रुपमा लिएका छौं ।

          नेपाली सेवाको स्थापनाकालदेखि देखाउँदै आएको माया, ममता र श्रोताको उच्च मूल्याकंनलाई नेपाली श्रोताले कहिल्यै विर्सन् सक्ने छैनन् । संक्षेपमा, यस प्रकारको सेवालाई नेपालको मेचीदेखि महाकालीसम्म विस्तार गरिएमा सम्पुर्ण श्रोताहरु समेत लाभान्वित हुने थियौं। भारतका दार्जिलिङ, सिक्किमका नेपाली भाषीले समेत सुन्न सकिने छ। आशा छ , सी.आर.आई. नेपाली सेवाले नेपाली श्रोताको भावना बुझेर नेपालभरका श्रोतालाई ओगट्ने गरी एफ. एम. बाट रिले प्रसारण गर्नमा पहल गर्ने छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह