फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रोताको चौतारो

(GMT+08:00) 2010-09-16 19:58:14

        हामी सि.आर.आइ श्रोताका लागि अविस्मरणिय रहको छ । हामीले नेपाली विभागको नयाँ वेभ साइट हेर्ने मौका पाएका छौ भने कार्यक्रको स्तरमा पनि क्रमिक रुपमा सुधार आएको छ। आशा छ नयाँ वर्ष 2010 मा नेपाली विभाग अझ स्तरीय र लोकपि्रय कार्यक्रमका साथ श्रोता माझ देखा पर्नेछ। त्यसै गरि नयाँ वर्षमा नेपालका धेरै स्थानिय एफ.एम रेडियोवाट सि.आर.आइका प्रसारण सुन्न पाइनेछ । सन् 2009 को प्रारम्भदेखिनै सिंगो विश्व आर्थिक मन्दिको चर्को मारमा परेको समयमा पनि चीन सरकारको सुझ वुझ पूर्ण नीति र चिनियाँ कम्युनिष्ट पार्टिको कुसल नेतृत्वका कारण चीनले आर्थिक मन्दिलाइ सहजै स्विकार्नु चानचुने कुरो होइन। हामीलाइ पूर्ण विश्वास छ हाम्रो महान एवं असल छिमेकी मित्र देश चीन सन् 2010मा अझ प्रभावशाली राष्ट्रका रुपमा स्थापित हुनेछ । विश्व शान्ति र एकताका लागि चीनको भूमिका महत्वपुर्ण रहनेछ ।

         हामी 2 देशका विचमा रहेको सम्वन्ध अत्यन्त प्रगाढ र नीकट छ । यसै सातादेखि नेपालका प्रधानमन्त्रि माधव कुमार नेपालले गर्नुभएको चीनको भ्रमणले हामी वीचको सम्वन्ध अझ प्रगाढ र वलियो वनाउन सहयोग मिल्ने विश्वास का साथ पुन: एक पटक नयाँ वर्ष सन् 2010 को सुखद आगमनको उपलक्ष्मा सम्पूर्ण चिनियाँ जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछौ । नेपाल चीन सुमधुर मैत्री अमर रहोस ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह