फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ड्रागन बोट चाड -2

(GMT+08:00) 2010-06-28 15:27:42

                 आज म चीनमा मनाइने विविध चाडपर्बहरूमध्ये निकै महत्वपूर्ण चाडको रुपमा रहेको चाड ड्रागन बोट चाडको बारेमा मैले देखेका र अनुभव गरेका कुराहरूका बारेमा केही बताउन जाँदैछु।चीनका परम्परागत उत्सबहरु त धेरै नै छन्। तर ड्रागन नौका पर्ब आइरहेको परिप्रेक्ष्यमा आजको कार्यक्रम भने यही चाडको आधारमा तयार गरिएको छ।

               यस चाडका मुख्य रुपमा दुईवटा विशेषता रहेका देखिन्छन्।एउटा त ड्रागन नौका दौड प्रतियोगिताको आयोजना हुनु हो भने अर्को चाहिँ एक प्रकारको मीठाइ सबैले मिलेर खानु हो।त्यस खानेकुरालाई चङ ज भनिन्छ चिनियाँ भाषामा। यी दुबै कुराहरू वा विषयवस्तुहरू ड्रागनसँग संबन्धित् रहेका छन् भन्न सकिन्छ।चङ ज नामक यस मीठाईमा गुलियोका अतिरिक्त अन्य विविध पौष्टिक कुराहरू समावेश गरिएका हुन्छन्।मुख्यतः कमलको वा बाँसको पातमा पोको पारेर बनाइने यस खानामा चामल तथा मासुका अंश पनि रहेका हुन्छन्। यस चाडका दिन चिनियाँहरूले यो खाना खाने प्रचलन रहेको छ।वास्तवमा चिनियाँ परम्पराअनुसार पात्रोको पाचौँ महिना प्रेत पिशाच महिना मानिन्छ।त्यसमा पनि उक्त पाचौँ महिनाको पाचौँ दिन त अझ व्यापक रुपमा अशुभ दिन मानिन्छ।

                 यस अशुभ दिनलाई यस पर्बको शक्तिले गर्दा शुभ बनाउने विश्वास जनमानसले गर्ने गरेको छ। प्राचीन चीनका एक महान कवि छुइ युआनको असीम सम्झनामा यो पर्व मनाउने गरिएको हो। आफू सत्य र न्यायमा हुँदा हुँदै पनि राजाको अदालतले उनलाई दोषी ठहर गरेको र जेल सजाय पाएको कुरा कथामा वर्णन गरिएको कुरा हो।पछि गएर उनी जेलबाट छुटिसकेपछि धेरै ज्ञान दिएर धेरै पढेर धेरै लेखेर अनि अर्ति उपदेश गरेर अन्त्यमा एउटा नदीमा हाम फालेर देहत्याग गरेको प्रसङ्ग पनि कथामा वर्णित रहेको छ।चीनका कतिपय स्थानमा नदी तथा समुद्रमा ड्रागन नौका दौडाउने चलन पनि छ। ती कार्यक्रमहरू प्रतियोगिताका रुपमा पनि हुने गर्दछन्।

                 यो पर्ब आउनुभन्दा निकै अगाडिदेखि नै बाटाका पसलहरूमा डिपार्टमेन्टल स्टोरहरुमा अनि अन्य पसलहरूमा पातमा बेरेर बनाइएका खानेकुराहरू बेच्न प्रशस्त मात्रामा राखिएको पाइन्छ। पर्व नजिकिँदै गएपछि त अझ किनबेच गर्नेहरूको भिड नै देख्न पाइन्छ। उक्त दिन त्यस्तो खानेकुरा नदी तथा समुद्रमा हालिदिने पुरानै चलन रहेको पनि छ । यसको खास कारण के हो त भन्दा प्राचीन चीनका महाकवि छु युआन जो दरबारको अत्याचारबाट आजित भएर नदीमा हामफालेर देह त्याग गरेका थिए उनलाई माछा तथा अन्य कुनै पनि जलीय प्राणीले नष्ट नगरुन् भन्ने नै हो। त्यही च्यापच्याप लाग्ने खानेकुरा खाएर ती जलीय प्राणी आफ्नो जीवनयापन गरुन् तर कवि छुइ युआनलाई केही पनि नगरुन् भन्ने चाहना त्यसबेलाका मानिसमा आएको थियो। त्यही भावनाको निरन्तरता अनि अर्कोतिर कवि कलाकारप्रतिको सम्मान पनि यस पर्वले झल्काउने गर्दछ।

               यस पर्वमा खानेकुराको पनि निकै ठूलो महत्व रहेको छ।त्यो खानाको नाम चङ ज हो।मैले पैचिङका विभिन्न भूभागमा घुम्दै जाँदा अनि पसलहरूमा हेर्दै जाँदा पनि त्यो खाना कमलको फूलको पातमा पोको पारेर तयार गरिएको मैले देखेँ तर यस अवशरमा खानालाई पातमा राखेर पानीको वाफमा पकाउने गरिएको पनि देखियो।खासगरेर त्यो खाना गिलो र च्यापच्याप लाग्ने प्रकारको र निकै मीठो हुने रहेछ।मैले उक्त खानाबाट निकै मीठो बास्ना आउने गरेको थाहा पाएँ।

                उक्त खानामा चामल दाल फलफूलमात्र होइन अन्य गेडागुडी र चिनी तथा नुनको स्वाद पनि त्यस खानामा हुने गर्दछ।खासगरेर भन्ने हो भने त्यो खानाको आकारचाहिँ सानो आकारको लाम्चो बलजस्तै देखिन्छ।विभिन्न स्वाद तथा विविध आकारमा पनि त्यो खाना समावेश गरिएको हुन्छ।गोलो आकारमा बनाइने व्यापक प्रचलन भएपनि हाल चीनमा प्रसिद्ध रुपमा भन्ने हो भने चिभूजाकार र पिरामिडका आकारमा पाइन्छ । त्यो चङ ज भन्ने खानामा विभिन्न कुराहरू भरिएका हुन्छन्। उदाहरणका लागि मासु अण्डाको पहेँलो भाग गेडागुडी दाल चामल आदि । तर हरेक चङ जका परिकारमा च्यापच्याप लाग्ने गम हुनुचाहिँ अनिवार्य नै हुन्छ भन्न सकिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह