फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङको रिक्सा तथा मोटी सेवा -1

(GMT+08:00) 2010-07-05 09:45:46

                  आज म चीनमा मनाइने विविध सेवाहरूमध्येमा पैचिङमा रहेको तीन पाङ्ग्रे यातायात तथा ढुवानी सेवा र यसमा खास गरेर यहाँ पाइने रिक्सा तथा मोटी सेवाका बारेमा मैले देखेका र अनुभव गरेका कुराहरूका बारेमा केही बताउन जाँदैछु। चीनमा यातायात तथा ढुवानीका साधनहरू त प्रशस्त मात्रामा नै पाइन्छन् । बस भूमिगत रेल बाहिरी रेल ट्याक्सी तथा अन्य धेरै सेवाहरू अत्यन्त नै पाइने गर्दछन्।चीन देश जसरी क्षेत्रफलको हिसाबले विशाल छ अनि जनसङ्ख्याको हिसाबले पनि ठूलो छ त्यसरी नै यातायातका साधनले पनि भरिपूर्ण छ यो देश।

                पैचिङ विशाल देश चीनको राजधानी हो। चीनमा हरेक विषयमा निश्चित सभ्यताहरू रहेका छन्। चाहे खानेकुरामा होस् चाहे लाउने कुरामा होस् अनि चाहे चाडपर्वको विषयमा होस्। तर आजको कार्यक्रम भनेको चीनको पैचिङमा देखिने तीनपाङ्ग्रे सवारी साधन बारेको हो।पैचिङका विभिन्न स्थानमा भ्रमण गर्ने क्रममा यहाँ केकस्ता तीनपाङ्ग्रे साधनहरू पाइन्छन् त भनेर मैले अध्ययन गरेँ। नेपालमा पाइने तिनपाङ्ग्रे साधनहरूभन्दा निकै फरक प्रकारका यस्ता साधनहरू मैले यहाँ गुडिरहेको देखेँ। रिक्सा भन्नासाथै तीनवटा चक्का भएको ,साइकलको पाङ्गा भएको दुई तीन जना चढेर छोटो दुरीमा यात्रा गर्न सकिने सवारी साधनलाई बुझिन्छ। यातायातका साधनलाई नै निहालेर हेर्ने हो भने यहाँ विश्वमा नै सबैभन्दा छिटो गतिमा दौडने रेल पनि बनेको देखिन्छ अनि हरेक प्रान्तमा बससेवा अत्यन्तै सुचारू भएको देखिन्छ अनि हवाइजहाजको सुविधा पनि अत्यन्तै चुस्त रहेको देखिन्छ यहाँ। तर आजको मेरो विषय त्यति व्यापक छैन।आजको विषय भनेको त पैचिङमा मैले देखेसम्मका रिक्सा तथा मोटीसेवा भन्ने बारेको हो।

                  यो सेवा नेपालको सन्दर्भमा तराई भेगमा प्रशस्तै रहेको अवस्था छ। काठमाण्डौ उपत्यकामा पनि रिक्सासेवा नभएको त होइन तर सामान्यतया उपत्यकामा अन्य सवारी साधन नचलेको बेलामा रिक्साहरू निकै चल्ने गर्दछन्। काठमाण्डौमा मूलतःयस्ता तीनपाङ्ग्रे साधनमा विदेशी पर्यटकहरू चढेर यताउता गरेको देखिन्छन्। तर पैचिङको अवस्थालाई निहालेर हेर्ने हो भने यस्ता तीनपाङ्ग्रे साधनहरू निकै नै चलेका देखिन्छन्। तर ती साधनमा प्रायः समान्य स्तरको मोटर जोडेर बनाइएको हुन्छ। त्यस्ता साधनहरू त्यहाँ जताततै देख्न पाइन्छ। खुल्ला रिक्सामा मोटर जोडेर चलाइने साधनहरू खासगरेर पसलहरूका लागि सामान आवत जावत गर्नका लागि दौडिरहेका हुन्छन्। यस्ता साधनहरू पसलवालाले व्यक्तिगत रुपमा प्रयोग गर्नका लागि बनाएको देखिन्छ।

                रिक्सामा मोटर जोडेर मात्र यस्ता साधन तयार गरिँदैनन, व्याट्री जोडेर पनि ती साधनहरू यत्रतत्र दौडिरहेको देख्न पाइन्छ पैचिङमा। यस्तै रिक्सालाई अलिकति आधुनिकीकरण गरेर पनि पैचिङमा चलाएको देख्न पाइन्छ। ती तीन पाङ्ग्रे साधनमा भने स्वयम मोटरवाइक नै प्रयोग गरेको देखिन्छ।खासगरेर मोटरवाइक नै प्रयोग गरेर बनाइएका यस्ता तीनपाङ्गे साधनलाई चिनियाँ भाषामा मोटी भनिन्छ। यस्ता साधनहरू आकारमा साना हुन्छन्।ती साधनमा दुईजनासम्म मात्र बसेर यात्रा गर्न सक्छन्।

                भूमिगत रेलवे स्टेशनको बाहिरपट्टि यस्ता साधनहरू प्रशस्त पाइन्छन्। तपाईँ भूमीगत रेलबाट उत्रँदै हुनुहुन्छ भने यसो हेर्नुहोस् छेउमै यस्ता मोटीहरू पाइने गर्दछन्। तपाईँलाई मोटीका ड्राइभरले मोटी चाहिने हो कि भनेर सोध्छन्। यो ठाउँसम्म जाने हो भनेर कुरा गरेपछि त्यहाँ भाडाको कुरा पनि निस्कन्छ। भाडामा निकै नै बार्गेनिङ चल्ने हुन्छ। दुबै तर्फबाट कुरा मिलेपछि ड्राइभरले मोटी चलाएर तपाईँलाई तुरुन्तै तपाईँको घरको तलसम्म पुर्याइदिन्छन्। यस्ता सवारी गुड्नका लागि ती साधनहरूले मानिस हिँड्ने पेटी पनि प्रयोग गरेका देखिन्छन्। मैले अनुभव गरेसम्म त्यस्ता साधनहरुको भाडा पाँच चिनियाँ युआनबाट सुरु हुन्छ।

                 आज मैले म चीनको पैचिङवरपर घुम्दै र अवलोकन गर्दै जाँदा पैचिङका बसपार्क तथा भूमिगत रेलवै स्टेशनको नजिकैतिर पाइने गरिएका मोटी सेवा तथा पैचिङका विशेष स्थानहरूमा पाइने गरिएको रिक्सा सेवाका विषयमा केही कुराहरू भनेँ। जति जति कुरा भने पनि अनि जताबाट कुरा गरिएको भए पनि आजको यस कार्यक्रमको मुख्य उद्देश्यचाहिँ पैचिङको रिक्सा तथा मोटी सेवाका बारेमा सबै श्रोतामित्रमा केही ज्ञान दिन सकियोस् भन्ने नै हो। श्रोता पैचिङको रिक्सा तथा मोटी सेवाका बारेमा मैले देखेका र अनुभव गरेका केही कुराहरूका बारेमा सत्य-सत्य कुराहरु पोखेँ आज मैले ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह