फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फाङ सान पहाडी यात्रा-2

(GMT+08:00) 2010-09-01 11:12:28

                      आज म चीनको पैचिङमा रहेका विभिन्न नौला स्थानहरूमध्येमा यहाँस्थित् फाङ सान जिल्लामा रहेको पहाडी हरियाली क्षेत्र र त्यसै जिल्लामा रहेको एक सुन्दर तालका बारेमा मैले देखेका र अनुभव गरेका कुराहरूका बारेमा केही बताउन जाँदैछु। गत केही हप्ता अगाडि जब चीनमा त्वान उ पर्वको रौनक छाएको थियो, त्यही अवशर पारेर सि आर आइ नेपाली विभागले आफ्ना कर्मचारीलाई दक्षिणी भागस्थित् फाङ सान जिल्लामा रहेको रमणीय बस्ती र त्यहाँको फाङ सान ताल क्षेत्रमा घुम्दै जाने क्रममा आफूले देखेका र अनुभव गरेका कुराहरू जस्ताकै तस्तै रुपमा यो आवाजको तरङ्गमा फैलाउन खोज्दैछु। स्मरण रहोस् यो कार्यक्रम अघिल्लो हप्ताको कार्यक्रमको निरन्तरताको दोस्रो खण्ड हो । अब म औ‌पचारिक रुपमा यो कार्यक्रम सुरु गर्ने अनुमति चाहन्छु।

                    थकाइले अघिल्लो दिन सबैजना राती बाह्र –एक बजेतिर सुतेका थियौँ । भोलिपल्ट बिहानै कुखुरा बास्यो। काफल पक्यो भन्ने चराहरू पालैपालो कराएको आवाज सुनियो। त्यसैले लाग्यो कि त्यो क्षेत्र निकै नै उचाइमा रहेको थियो।म करिब आठ बजे उठेर नुहाइधुवाइ गरेँ। तल क्रिस नामका एकजना बेलायती ताल निहाल्न थालेका थिए। अनि उनी र उनकी श्रीमतीसँगै अजयजी र मैले बिहानको खाना खायौँ। अनि चार जना मिलेर तालको परसम्म जाने निधो गर्‍यौँ। ताल प्रवेश गर्न नै दश मिनेट लाग्ने थियो। ताल विशाल थियो। सरकारले त्यसको संरक्षणका लागि यथेष्ट व्यवस्था गरेको थियो।वरिपरि ठूलो पर्खाल लगाएको विशाल ताल। त्यो ताल नेपालको रारा तालजत्रै थियो होला क्षेत्रफलका हिसाबले तर पानीको मात्रा निकै कम मात्र थियो।

                   तर तालमा पर्यटन गर्न आउनेलाई पूरा व्यवस्था थियो। ताल राराझैँ सुनदर अबश्य पनि थिएन तर सरकारको बाहुबलले त्यसलाई सुन्दर बनाएको थियो। अनि दर्जनौँ मानिसहरू माछा समात्न आफ्नो जाल थापेर बसेका थिए। कसैले सानो माछा पार्थे भने कसैले साना माछा पार्थे । कोही भने माछा पार्न नसकेर हैरान थिए। तर त्यो त केवल रमाइलोको लागि गरिएको थियो । व्यावसाय गर्ने हिसाबले अवश्य पनि त्यो गरिएको थिएन। त्यो ताल, तालमा रहेका जीवहरू तथा चराहरूको अध्ययन गर्‍यौँ हामीले।

                   हाम्रा साथी क्रिस चराकै अध्ययनमा बेलायतमा धेरै वर्ष बिताएका रहेछन्। उनले चराबारे धेरै कुराहरू भने। चराको आवाज , उनीहरूबीचको चिर्विराहट अनि उडाइको तरिकाबाट नै ती चरा कहाँ बस्छन् अनि कस्ता खालका चरा हुन् आदि कुरा पत्ता लाग्न सक्छ रे ।ती बेलायती साथी क्रिसले ती चराको हुलको बसोबासोको क्षेत्र सहजै भन्न सके वा उनले ती चराको आवास क्षेत्र हामीलाई देखाइदिए।

                  मैले त्यो ताललाई हरेक कोणबाट निहालेर हेरेँ। नेपालमा पनि त धेरै तालहरू छन्। पृथ्वीकै सबैभन्दा उचाइमा रहेको तिलिचो ताल पनि त नेपालमा नै छ अनि ठूलो ताल रारा दह पनि त नेपालमा नै रहेको छ नि । तर मलाई के लाग्यो भने कतै हामीहरूकै लापरवाही र बेवास्ताबाटै ती स्थानहरू पर्यटन क्षेत्र नबनेका हुन् कि जस्तो लाग्यो। किन राराकै कुरा गर्नु र, मलाई त्यो ताल मेरै जन्मस्थल क्षेत्रको कताकता गुफा पोखरीजस्तो पनि लाग्यो।

                 तर गुफा पोखरी मानव सहायताको अभावमा सुकिरहेको होला तर यो फाङ सान ताल जुन वर्षमा पाँच महिना त बरफ नै हुन्छ जुन मानवीय कर्तब्यले गर्दा हराभरा भएर स्वदेशी तथा विदेशी रकम आर्जन गरिरहेको थियो।मैले मेरो देश नेपालका तालहरूले पनि र डाँडाकाँडाले पनि कहिले त्यस्तो वातावरण पाउलान् भन्ने मनमनै सोचेँ। यस्तै हुँदाहुँदै हाम्रा घडीले बिहानको एघार बजाए।हामी आज फर्कनु पर्ने थियो। त्यसैले बिहान एघारबजे तिर पुनः हाम्रो आवासतर्फ फर्कियौँ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह