फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रोताहरुको मन्तव्य दोस्रो

(GMT+08:00) 2010-11-08 13:56:05
      नेपालको कास्की जिल्ला, सिद्ध गाविस-7, खाल्टेगाउँफर्क माध्यमिक विद्यालय उत्तमनाथ सापकोटा (शिक्षक)ले हामीलाई पठाउनुभएको इमेलमा भन्नुभयो,

      चीनको तीब्र आर्थिक विकासको गतिलाई सन् 2009मा स्थिर बनाउन सहयोग गर्ने संकल्पसहित चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन एघारौं राष्ट्रिय समितिको दोस्रो वार्षिक अधिवेशन पैचिङ्गस्थित जनबृहत् सभाभवनमा हाल सफलतापूर्वक सम्पन्न भएको छ । 10 दिनसम्म सञ्चालन भएको सो अधिवेशनमा झन्डै 2 हजार प्रतिनिधिहरुले आर्थिक विकास, सरकार सञ्चालन, प्रजातन्त्र, कानूनी ब्यवस्थालगायतका विषयमा 5 हजार 5 सयभन्दा बढी प्रस्ताव पेश गरेका छन् । परामर्शदात्री सम्मेलनका प्रतिनिधिहरुले जनताको जीवनस्तर अझ माथि कसरी उकास्ने भन्ने विषयलाई अधिवेशनअवधिभर विशेष महत्त्व दिएको कुराले मेरो मनमा गहिरो प्रभाव परेको छ ।

      प्रतिनिधिहरुले विश्व आर्थिक संकटको चुनौती सामना गर्न आर्थिक वृद्धिदर कायम राख्ने तथा आर्थिक पुनःनिर्माण र आन्तरिक खपत बढाउन जोड दिने विषयमा 551 प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसैगरी, अधिवेशनमा प्रस्तुत कृषि र ग्रामीण विकाससम्बन्धी 603, रोजगारसम्बन्धी 632, सामाजिक सुरक्षासम्बन्धी 301, शिक्षासम्बन्धी 657, जनस्वास्थ्य र चिकित्सासम्बन्धी 426, खाद्यसुरक्षासम्बन्धी 146 तथा प्रजातन्त्र, नियम र कानूनसँग सम्बन्धित 294 प्रस्तावमाथि पनि गहनरुपमा छलफल गरिएको थियो । अधिवेशनमा प्रस्तुत गरिएका सबै प्रस्तावहरु जनतको दैनिक जीवनसँग सम्बन्धित विषयहरु मात्रै छन् । त्यसैले परामर्शदात्री सम्मेलनका प्रतिनिधिहरुले उठाएका जनसरोकारका विषय निकै उपयोगी भएको मलाई लागेको छ । ती प्रस्तावहरुको कार्यान्वयनका लागि यसै महिनाको 24 तारिखसम्म चीन सरकारका विभिन्न विभाग तथा प्रशासनिक इकाइहरुमा पुर्याइने भएकाले जनसरोकारका विषयलाई उच्च प्राथमिकतामा राख्तै देश निर्माणमा सहयोग पुर्याउने दिशामा अधिवेशन निकै सफल भएको मेरो विश्वास छ ।

      जनराजनैतिक परामर्शदात्री सम्मेलनको अधिवेशन सुरुभएदेखि त्यसका बारेमा सी.आर.आई. नेपाली विभागले निरन्तररुपमा समाचार, समाचार सन्दर्भ र अरु नियमित कार्यक्रममार्फत् सकेकसम्म धेरै जानकारी दिने जमर्को गरिरहेको छ । यसका लागि नेपाली विभागका सम्पूर्ण मित्रहरुलाई आभार ब्यक्त गर्दछु । अन्त्मा, असल छिमेकी मुलुकको एक नागरिक तथा सी.आर.आई. नेपाली विभागको नियमित श्रोताको नाताले सी.आर.आई. र चिनियाँ जनताको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

      कैरान 9, लदलली कोरङ्गका नियमित श्रोता खेमप्रसाद घिमिरेले केही दिनअघि नेपाली विभागलाई पत्र पठाएर आफ्नो मनको गहिरो भावना व्यक्त गर्नुभएको छ-

      म विगत 5 ,6 वर्षदेखि नियमित रुपमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सी.आर.आई सुन्दै आएको छ। मलाई सी.आर.आईबाट प्रसारण हुने सबै कार्यक्रम राम्रा, उपयुक्त, ज्ञानबर्द्बक, सीपमुलक, रोचक, रोचक समाचारकुलक छन् जस्ता लाग्छ। बास्तवमा सी.आर.आई. लाई गुनासो पोख्नु पर्ने टीका टीपणी गर्नुपर्ने कुनै ठाउँ छैन। किनकी सबै कार्यक्रम उत्तिकै उपयुक्त र ज्ञानबर्द्बक छन्। चिनियाँ भाषा प्रशिक्षण जसतो कार्यक्रम संचालन गरेर हामी नेपालीलाई निशुल्क चिनियाँ भाषा सिकाइ मिठा मिठा कर्जप्रिय चिनियाँ गीत संगीताको माध्यमबाट चिनियाँ संस्कृतिको बारेमा जानकारी दिनुका अतिरिक्त हामी नेपालीको आवाज मितेरी आवाजको माध्यमबाट चीन रेडियोसम्म पु-याई संसार भरीनै बुलन्द पार्ने प्रयास गरेकोमा हामी अत्यन्त खुशी छौं। त्यस्तै हामी श्रोताहरुलाई विभन्न समसामयिक प्रशंग, चीनको स्वशाशित क्षेत्र तिब्बत, अल्पसंख्यक जातिहरु, महान चिनियाँ व्यक्तत्व, चीनकमो अर्थतन्त्र, विभिन्न ज्ञानगुनका कुराहरु, विज्ञान तथा शिक्षा सम्बन्धि जानकारी, चीनको सेरोफेरो आदिका बारेमा रमाइलो रोचक जानकारीहरु, हामीसमक्ष बाडेर हाम्रा आंखामा झल्झकी, चीन कस्तो होला, कस्तो छ, यस्तो विविध कुरामा सम्पन्न चीन बास्तवमै विश्वमा अनुकरणीय होला भनेर संस्मरण गराइरहन्छ। यति कात्र नभएर हाम्रा मनमा उठेका जित्तासा, कौतुहरुको पनि पत्र मन्जुषाको माध्यमबाट निराकर्ज गर्ने गरेको छ। यसरी काह्रो ढुकढुकीमा बस्न सफल सी.आर.आईले हाम्रो स्वस्थ्य सम्बन्धी समस्याकोनिराकरणका लागि दैनिक जीवनमा खेलकुदको कति महत्व रहेको हुन्छ भन्ने बारेमा जानकारी दिएर हाम्रो स्वास्थ्यप्रति सदा चिन्तनशील रहेको छ। त्यसैले सी.आर.आई रहाम्रो सम्बन्ध अझ प्रगाढ हुन्दै गएको छ। यति मात्र नभएर हामी नेपाली लाई चीन घसम्न अवसरसम्म प्रदान गरेको छ। संगीत मञ्च जस्तो कार्यक्रम संचालन गरेर छुटै मज्जा थपिदिएको छ।

      यसरी अझ बढी रमाइलो, रोचक कार्यक्रमहरु प्रसारण गर्दै जाओस अनि सि.आर.आईको सदा उन्नति प्रगति होस यहि छ मेरो लाखॐंलाख मुरी मुरी शुभ कामना।

      गैडाकोट 5,नवलपरासी, गैडाकोट सी.आर.आई नेपाली श्रोता क्दवका अध्यक्ष रविन्द्र सिग्देवले नेपाली विभागद्बारा प्रकाशितपत्रिका मितेरी पुलको जन्म दिन 6 वर्ष पुगन लागेको अवसरमा " निरन्तर यात्रा " नामक एक लेख पठाउनुभएको छ। यस लेखमा भनिए अनुसार -

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह