फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रोताहरुको मन्तव्य तेस्रो

(GMT+08:00) 2010-11-16 13:56:27
      सी.आर.आई. नेपाली विभागद्बारा प्रकाशित मितेरी पुल बास्तवमा नै हामी बीचको पुल बन्न सफल भएको छ। हेर्दा हर्दू मितेरी पुलले छ वर्ष पार गरीसकेको छ। यो निरंतर यात्रामा मितेरी पुलको सन्दर्भ सामग्री, कलेबरमा आमुल परिबर्तन भएको छ। मितेरी पुलको प्रमुख विशेषता नै श्रोतालाई बढीभन्दा बढी स्थान दिनु हो। आत्मदेखिको उत्साही साथीहरुको सशक्त प्रयास र जुझारु स्वभावले मितेरी पुलको कोपिलाबाट फूलमा परिवर्तन भइसकेको छ र योअव यस फूलले निरन्तर रुपमा र अनुपम सौन्दर्य छर्नको लागि अझ कठिन यात्रा यात्रा गर्ने समय आएको छ र यो अग्निपरीक्षामा प्रस्तुत हुनेछ भन्ने आशा ट। पत्रिकाले नयाँ नयाँ स्तम्भहरु पनि आगामी दिनमा समावेश गरी नेपालीको हृदयमा राज गर्न सकोस भन्ने मेरो शुभ्च्छा छ। नेपाली विभाग आगामी दिनमा अझै उत्साहपूर्वक काम गरी करोडौं मुटुहरुको प्रिय बन्न सफल होस भन्ने मेरी शुभ कामना छ। सी.आर.आई नेपाली सेवा अनि मितेरी पुलको निरन्तर यात्रामा सदैवसाथ रहनेछ।

      धनकुटा नगरपालिका 4, देब्रेबसमा बस्ने हाम्रा नियमित श्रोता चन्द्रमणि बरालले नेपाली विभागलाई पठाउनुभएको पत्रमा आफ्नो हार्दिक भावना प्रकट गर्नुभएको छ -

      उहाँको पत्रमा भनिए अनुसार- आदरणिय दिदी दाजुहरु, धेरै धेरै सम्झना। आराम रहि तपाईहरु लगायत सी.आर.आई परिवारलाई आरामताको कामना गर्दछु। हामी जस्ता श्रोताहरुको सुझावलाई ध्यान दिई मितेरी पुलको आकार, मोटाई र डिजाइन परिवर्तन

      गरिदिनुभएकोमा हार्दिक आभार प्रकट गर्दछु। मैले पनि कुनै दिन सम्वाददाता रमेश कुमार भट्टराईसंगको अन्तर्वार्ता र पत्र मार्फत मितेरी पुलको आकार र पेजमा परिवर्तन गर्ने सुझाव दिएको थिएं। आज सो प्यारो पत्रिका आफूले सोचेको जस्तै हातमा पर्दा अत्यन्त हर्षित छ। अवका दिनमा यो नेपालीहरुको प्यारो मितेरी पुलको अझ बढी नेपालीको मुटु ढुकी बन्न पुगोस भन्ने शुभ कामना सहित हुन चाहन्छु।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह