फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रतियोगितामा धेरै सक्रिय र रोचक

(GMT+08:00) 2010-11-23 13:57:29
      ठुलीपोखरी दुई तिमीलापाट पर्वत, मितेरी सी.आर.आई श्रोता क्लवका अध्यक्ष सुनिल सापकोटाको उमेर सानै भए तापनि उहाँ हाम्रो नेपाली विभागका निकै पुराना श्रोता हुनुहुन्छ। हालै उहाँले हामीलाई पठाउनुभएको पत्रमा आजकाल उहाँ नेपाली विभागका लागि के कस्तो काममा प्रयास गरिरहेको कुरा बारे जानकारी दिनुभएको छ।

      उहाँको पत्रमा भनिए अनुसार- हाल सी.आर.आईद्बारा आयोजित चीनको क्वाङ्ग सी ज्ञान विज्ञान प्रतियोगिता र चीनको श छुआन ज्ञान विज्ञान प्रतियोगितामा नेपाली श्रोताहरुलाई सहभागि गराएको बारेमा तपाईहरुलाई जानकारी गराउनु चाहान्छु। यस पालीका प्रतियोगिताहरुमा मैले मेरो हातमा परेको प्रश्न पत्रहरु क्लवका पदाधिकारी, साधारण सदस्यहरु तथा अन्य नयाँ श्रोताहरुलाई अराएर

      पठाएको छु। उहाँहरुले यी ज्ञान विज्ञान प्रतियोगितामा सक्रियताका साथ सहभागी हुनु भएको छ। मलाई लाग्छ उहाँहरुले यस प्रतियोगितामा धेरै सक्रिय र रोचक हुनुeएकोमा म प्रभावित छु र धन्यवाद ज्ञापन गर्न चाहन्छु।

      धनकुटा नगरपालिका चार, देव्रेवासमा पर्ने देव्रेबास सी.आर.आई श्रोता क्लवका अध्यक्ष नेत्रमणी बरालले हामीसंगको सम्पर्क बारम्बार राख्ने गर्नुभएको छ। जस्तो उहाँको क्लव केही समयअघि स्टाम्प परिवर्तन भएकोमा पनि हामीलाई सूचना दिइएको छ। अध्यक्ष नेत्र मणी बरालले हामीलाई लिखी पठाउनुभएको पत्रमा भन्नुभयो-

      उपरोक्त सम्बन्धमा हामी यो निवेदनमार्फत नेपाली विभागलाई के जानकारी गराउंद छौं भने हाम्रो यस जन सहायता सी.आर.आई श्रोता क्लवको मासिक वैठकको निर्णय अनुसार हाम्रो क्लवकफ स्टाम्प परिवर्तन गरी नयाँ स्टाम्प बनाएका छौंश्र साथै नयाँ स्टाम्प आजकी दिनदेखी नै लागु गराएको र पुरानो स्टेम्प चाँडै प्रयोग नगरिने कुरा तपाईहरुसामु यो पत्रद्धारा सुचित गरिन्छ।

      अनि अर्को कुरा के छ भने हाम्रा क्लवका सदस्यहरुले सी.आर.आई.द्बारा आयोजित विभिन्न किसिमका ज्ञान विज्ञान प्रतियोगिता हाम्रो क्लव तथा क्लवका सदस्यहरुले भाग दिने पाएकोमा ज्यनदै नै उत्साहित भएका छौं। तथापी तपाईहरुले हाम्रो क्लवलाई पठाउनुभएको प्रश्न पत्रको संख्या भने कम रहन गयो। त्यसैले हामीलाई प्रश्न संख्या पठाउँदा खेरी कम्तीमा दुई सयवटा पठाउनुहोला।

      यहाँ हाम्रो क्लवका अर्को अनुरोध पनि छ। सी.आर.आई.का विभिन्न जानकारी मुलक पुस्तकहरु, मितेरी पुल नामक पत्रिका, वृत चित्रका सी.डी.हरु, चिनियाँ कम्युनिष्ट पार्टीको ऐतिहासिक दस्तावेजहरु, चीनको आर्थिक, सामाजिक, भौगोलिक , ऐतिहासिक तथा पुरातत्विक सम्पूर्ण समग्र रुपमा वर्णन परिएको पुस्तकहरु तथा अन्य जानकारी मुलक पुस्तकहरु तत्कालै समयमा नै पठाइदिने कार्य गर्न सहज पु-याइदिनु हुन आग्रह गर्दछौं।

      श्रोताहरु, अध्यक्ष नेत्रमणी अधिकारी चीनका थरी थरी क्षैत्रका ज्ञान विज्ञानप्रति कति रुचि देखाउनुभएको पो रहेछ। उहाँको अनुरोधमा हामी भावि समयमा सकेसम्म स‍तुषित गराउन सहयोग दिनेछौं।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह