फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र सी.आर.आई. रेडियोप्रति सदा सर्बदा हृदयङगम

(GMT+08:00) 2010-12-21 19:42:30
      मोतिपुर छ, मरेरिया बर्दिया,सुनौलो विहानी सी.आर.आई रेडियो श्रोता क्लवका अध्यक्ष कृष्ण प्रसाद अर्यालले हामीलाई पठाउनुभएको पत्रमा भन्नुभएको छ-

      सी.आर.आई. नेपाली सेवा परिवारमा नमस्कार। हामीहरु अहिले सी.आर.आई. रेडियो श्रोता क्लवमा आवद्ध भइसकेको करिव दुई वर्ष जति हुने लागेको छ ।

      हामीले यहाँहरुको समाचार र हाम्रो श्रोता क्लवले चीन र यस रेडियोप्रति सदा सर्बदा हृदयङगम गरि सकारात्मक कदममार्फत उन्मुख हुने कुरा समेत यहाँलाई जानकारी गराउन चाहन्छु।

      ओख्रे दुई, छयर तेह्रथुम, आम भगजति सी.आर.आई. रेडियो श्रोता क‌लवका अध्यक्ष दिपेश कार्कीले हाल हामीलाई पठाउनुभएको पत्रमा यस श्रोता क्लव गठन गरिएको सम्बन्धमा प्रस्तुत भनिएको छ।

      प्रस्तुत विषयमा हामीलाई सी.आर.आई. चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली कार्यक्रम सुन्दा ज्यादै खुशी लागेयो। हाम्रो भाषामा चीन जस्तो विशाल देशले स्थान दिएकोमा हामी अति नै गौरववान्दित भई अझै बढी चिनियाँ कला, संसेकृति, भाषा , शिक्षा र विज्ञानका विषयमा जानकारी राख्दै सम्बन्धी सुझाव र सल्लाह प्रेसित गर्दै अरु बढी ज्ञान आर्जन गर्ने ध्येय राखी हामी माध्यमिक विद्यालयमा अध्ययन गर्ने साथीहरुले एउटा सक्रिय श्रोता क्लव गठन गरि दर्ताको लागि पठाएका छद्यं। त्यहाँबाट प्राप्त गर्न सकिने अन्य पत्र पत्रिकाको साथै अरु सामग्रीको अपेक्षा गर्दै नियमित पत्राचारको आशा परेका पनि छौं। हामीलाई चिनियाँ रेडियो सी.आर.आई. तथा पत्रिकाको माध्यमबाट सुचित हुने अवसर प्राप्त हुने पूर्ण आशा लिएका छौं। हामी कक्षा नौ र दशमा पुगी पदाधिकारीको चयन गरेको जानकारी पनि गराउनेछौं।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह