फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साङ्हाई विश्वएक्स्पो नेपाल दिवस- 1

(GMT+08:00) 2010-11-12 18:10:42

          रवि- श्रोताहरु, हामीले केही हप्ताअगाडि देखिका कार्यक्रममा साङ्हाई विश्वएक्स्पो 2010को बारेमा लगाताररुपमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, अगिल्लो हप्ताको कार्यक्रममा तपाईंले साङ्हाई विश्वएक्स्पोमा सेवा पुर्याइरहेका दृष्टिविहीन स्वयम् सेवकको बारेमा चर्चा गर्नुभएको थियो । तर तपाईंले नेपाली पेभिलियनको विशेष दिवसको बारेमा केही पनि चर्चा गर्नुभएन नि ?

          ध्रुव- रविजी, तपाईंले सही कुरा भन्नुभयो । वास्तवमा पैचिङ्ग डायरीमा भन्नुपर्ने र भन्न मन लागेका कुराहरु धेरै हुन्छन् । तर समयले हामीलाई साथ दिँदैन । सिमित समय भएकोले एउटा प्रसङ्ग अथवा विषयमा कुराकानी सुरु गरिसकेपछि त्यसलाई बीचमै छोड्न पनि अप्ठ्यारो पर्छ । र, कुनैकुनै विषय वा प्रसङ्गले कहिलेकाहीँ धेरै पटकको कार्यक्रमको समय पनि लिएका छन् । त्यसैले रविजी साङ्हाई विश्वएक्स्पोमा मनाइएको नेपाल दिवसको बारेमा मैले बेलैमा बताउँन पाइनँ । यसर्थ तपाईंले भनेअनुसार आजको कार्यक्रममा म साङ्हाई विश्वएक्स्पोमा मनाइएको नेपाल दिवसको अर्थात् नेपाल डे बारेमा चर्चा गर्छु ।

 

         रविजी, साङ्हाई विश्वएक्स्पोमा सहभागिता जनाएका हरेक मुलुक तथा क्षेत्र र अन्तर्राष्ट्रिय संघसंस्था मात्रै नभएर चीनका विभिन्न प्रान्त, श्वसाशित प्रदेश, सहर, र विशेष प्रशसनिक क्षेत्रले आआफ्नो दिवस छुट्टाछुट्टै मनाएका छन् र यो मनाउने क्रम अझै पनि बाँकी छ । किनभने साङ्हाई विश्वएक्स्पोको औपचारिकरुपमा समापन हुन अझै दुई हप्ता बाँकी छ । रविजी तपाईंले अघि उल्लेख गर्नुभएको नेपालको दिवस गएको सेप्टेम्बर महिनाको तीन तारिखका दिन मनाइएको थियो । सङ्घाई विश्वएक्स्पोमा नेपाल दिवसका अवसरमा विशेष समारोह आयोजित गरेर भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट लगिएको शान्तिदीप प्रतिस्थापन गरिएको छ । शान्तिदीपलाई साङ्हाई पुर्याउनुभन्दा अघि नेपालका भैरहवा, बुटवल, पाल्पा, स्याङ्जा, वालिङ र पोखराको सडक बाटो हुँदै काठमाडौं पुर्याएको थियो र काठमाडौंबाट हवाईमार्ग हुँदै साङ्हाई पुर्‍याइएको थियो । नेपालका विभिन्न सहरहरुमा पुर्याउँदा शान्तिदीपलाई स्थानीय समुदायले हार्दिक स्वागत गरेका थिए । साङ्हाई विश्वएक्स्पो सुरु भएको १ सय २६ औं दिन आयोजित 'नेपाल डे' अर्थात् नेपाल दिवसका अवसरमा शान्तिदीप प्रतिस्थापनको अतिरिक्त विभिन्न साँस्कृतिक कार्यक्रमसहितको विशेष समारोह आयोजना गरिएको थियो । नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको अगुवाइमा त्यसदिन बिहान करिब ९ बजे विश्वएक्स्पोको मूलद्वारबाट निस्किएको र्‍यालीले शान्तिदीपलाई करिब तीन किलोमिटरको दूरीमा रहेको नेपाल पेभिलियनमा पुर्‍याएको थियो । मन्त्री कोइरालाले नेपाली पेभिलियनमा रहेको बुद्धमूर्तिसँगै शान्तिदीप प्रतिस्थापन गरेपछि घण्टा बजाएर नेपाल दिवसको समुदघाटन गर्नुभएको थियो ।

           रवि- श्रोताहरु, आजको कार्यक्रममा हामीले साङ्हाई विश्वएक्स्पो 2010को विषयमा छलफल गरिरहेका छौं । तपाईंले साङ्हाई विश्वएक्स्पोमा मनाइएको नेपाल दिवसको बारेमा चर्चा गरिरहनुभएको थियो ।

ध्रुव- हजुर रविजी । मैले यो छोटो विश्रामअगाडि साङ्हाई विश्वएक्स्पोमा मनाइएको नेपाल दिवसको उद्घाटनको विषयमा कुराकानी गरिरहेको थिएँ । गएको सेप्टेम्बर महिनाको तीन तारिकका दिन नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले साङ्हाई विश्वएक्स्पोस्थित नेपाली पेभिलियनमा रहेको बुद्धमूर्तिसँगै शान्तिदीप प्रतिस्थापन गरेपछि घण्टा बजाएर नेपाल दिवसको समुदघाटन गर्नुभएको थियो । त्यसअवसरमा उपप्रधानमन्त्री कोइरालले साङ्हाई विश्वएक्स्पो आयोजकलाई बधाई दिनुभयो र त्यहाँ निर्मित नेपाली पेभिलियन नेपाल र चीनबीचको ऐतिहासिक सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन कोसेढुंगा सावित हुने बताउनुभएको थियो । सङ्घाई विश्वएक्स्पोले नेपाललाई विश्वसामु चिनाउन योगदान पुर्‍याएको बताउँदै उपप्रधानमन्त्री कोइरालले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमणवर्ष २०११लाई सफल पार्न विश्वएक्स्पोले ठूलो भूमिका खेल्ने जनाउनुभएको थियो । उद्घाटन समारोहमा उपप्रधानमन्त्री कोइरालाले नेपालको जलविद्युत्मा लगानी गर्न चीन सरकार र चिनियाँ व्यवसायीलाई आह्वान गर्न पनि छोड्नुभएन । नेपाल दिवसको उद्घाटनका अवसरमा चीन सरकारका तर्फबाट राष्ट्रिय जनसंख्या तथा परिवार नियोजन उपमन्त्री चाओ पैइचीसहितको १५ सदस्यीय टोली पैचिङ्गबाट साङ्हाई पुगेर नेपाल दिवसको उद्घाटन समारोहमा सहभागी भइ कार्यक्रमको शोभा बढाएको थियो ।

उक्त समारोहमा चिनियाँ उपमन्त्री चाओले साङ्हाई विश्वएक्स्पोमा निर्मित नेपाली पेभेलियन नेपाल चीन सम्बन्धको नयाँ कडी बन्न सफल भएको उल्लेख गर्नुभएको थियो । कुनै पनि मुलुकको आर्थिक उन्नतिसँगै कला र संस्कृतिले पनि सम्पन्न हुनुपर्ने बताउँदै उपमन्त्री चाओले नेपालको पेभेलियन त्यसैको नमुना भएको विचार पनि राख्नुभएको थियो ।

नेपाल दिवसमा सहभागी हुन उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला नेपाल दिवसको एक दिनअगाडि साङ्हाई पुग्नुभएको थियो । मैले अघि पनि भने कि नेपाल दिवसका अवसरमा नेपाली पेभिलियनमा साँस्कृतिक प्रस्तुतिका लागि नायक श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा दस सदस्यीय टोली पनि पुगेको थियो । नेपाल दिवसमा आयोजित समारोहमा भाग लिनका लागि एक्स्पोमा सहभागी १ सय ८९ मुलुककै प्रतिनिधिलाई निम्तो दिइएको नेपाली पेभिलिनयका निर्माण तथा सञ्चालक नेपालको इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपका अध्यक्ष अमृत शाक्यले मलाई अगिल्लो दिनमै जानकारी दिनुभएको थियो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह