फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साङ्घाई विश्वएक्स्पो नेपाल दिवस- 2

(GMT+08:00) 2010-11-19 18:12:44

           रवि- श्रोताहरु, हामीले केही हप्ताअगाडिदेखिका कार्यक्रममा साङ्हाई विश्वएक्स्पो 2010को बारेमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, अगिल्लो हप्ताको कार्यक्रममा तपाईंले साङ्हाई विश्वएक्स्पोमा मनाइएको नेपाल दिवसको बारेमा चर्चा गर्नुभएको थियो । त्यसको विषयमा जानकारी दिन अझै बाँकी छ जस्तो मलाई लागेको छ,, हो ध्रुवजी ?

          ध्रुव- हो रविजी, तपाईंले सही कुरा भन्नुभयो । वास्तवमा साङ्घाई विश्वएक्स्पोको आयोजनास्थलमा गत सेप्टेम्बर महिनाको तीन तारिखका दिन आयोजना गरिएको नेपाल दिवसको बारेमा मैले कुरा गर्दागर्दै अगिल्लो हप्ताको हाम्रो पैचिङ्ग डायरीको निर्धारित समय सकिएको थियो । तर नेपाल दिवसको उद्घाटन समारोहमा देखेका र सँगालेका अझ केही अनुभवहरु बाँड्न भने बाँकी नै छ ।

          रविजी, उद्घाटन समारोहका लागि नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री सुजता कोइराला, चीन सरकारका तर्फबाट राष्ट्रिय जनसंख्या तथा परिवार नियोजन उपमन्त्री चाओ पैइचीसहितको १५ सदस्यीय टोली, चीनका लागि नेपाली राजदूत टंकप्रसाद कार्की, तिब्बतका लागि नेपाली महावाणिज्यदूत ङ्इन्द्रप्रसाद उपाध्याय, साङ्घाईका लागि अबैतानिक वाणिज्यदूत उ च्या मिङलगायतका अधिकारीहरुको उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा भाग लिनका लागि विश्वएक्स्पोमा सहभागी १ सय ८९ मुलुककै प्रतिनिधिलाई पनि निम्तो दिइएको थियो । वास्तवमा नेपाल दिवसका दिन देखिएको उपस्थितिले नेपाल र चीनका मात्रै नभएर धेरै मुलुकले नेपालप्रति गहिरो चासो र सम्मान प्रकट गरेको अनुभव मैले पाएँ । यो नेपालको लागि पनि एउटा गौरबको विषय नै मान्नुपर्छ । विश्वएक्स्पोको भ्रमण गर्दा एक्स्पोस्थलमा विभिन्न मुलुक तथा क्षेत्र एवम् चीनका विभिन्न प्रान्त, सहर, विशेष प्रशासनिक क्षेत्र र स्वायत्त प्रदेशका कला र संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको मैले देखेको थिएँ । एक्स्पोमा भेटिएका केही चिनियाँ र विदेशी मित्रहरुले पनि नेपालको कला र संस्कृति झल्किने कार्यक्रम कहिले हेर्न पाइन्छ भनेर मलाई सोधिरहेका थिए । नेपाल दिवसको दिनमा नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने र सोही दिन नेपाली पेभिलिनयको भ्रमण गर्न पनि मैले सुझाव दिएको थिएँ । विश्वएक्स्पो सुरु भएको पहिलो महिनामा नै म त्यहाँ पुगेको हुनाले नेपाल दिवसलाई मैले पनि उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेको थिएँ । म पहिलो पटक विश्वएक्स्पोस्थलमा पुग्दा नेपाली पेभिलियनमा नेपालको कला र संस्कृति झल्किने प्रस्तुतिको अभाव मलाई पनि खड्किरहेको थियो । वास्तवमा नेपालको कला र संस्कृतिलाई चिनियाँ र अन्य देशका नागरिकसम्म पुर्याउनका लागि विविध नेपाली सांस्कृतिक कार्यक्रम गर्नु उपयुक्त माध्यम थियो । त्यसैले नेपाली चलचित्र जगतमा लामो समयदेखि अभिनय विधामा सक्रिय श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा दश सदस्यीय सांस्कृतिक टोली काठमाडौंबाट साङ्घाई पुर्याएर नेपाली पेभिलियनका निर्माण तथा सञ्चालक इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुप नेपालले स्वागत योग्य काम गरेको छ । म उक्त ग्रुपलाई धन्यवाद दिन्छु पनि । किनभने आम आगन्तुकका साथै मैले पनि नेपाली सांस्कृतिक टोलीको प्रदर्शनीको लामो समय प्रतीक्षा गरेको थिएँ ।

          रवि- श्रोताहरु, आजको कार्यक्रममा हामीले साङ्हाई विश्वएक्स्पो 2010को विषयमा छलफल गरिरहेका छौं । ध्रुवजी, भर्खरै बजाइएको सन्देशभन्दाअगाडि तपाईंले साङ्हाई विश्वएक्स्पस्थलमा मनाइएको नेपाल दिवसको बारेमा चर्चा गरिरहनुभएको थियो ।

           ध्रुव- हजुर रविजी । मैले यो छोटो विश्रामअगाडि साङ्घाई विश्वएक्स्पोमा मनाइएको नेपाल दिवसको उद्घाटन समारोहको विषयमा कुराकानी गरिरहेको थिएँ । गएको सेप्टेम्बर महिनाको तीन तारिकका दिन आयोजित नेपाल दिवसको उद्घाटनपछि समारोहमा नेपालका चलचित्र नायक श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा पुगेको दस सदस्यीय टोलीले विभिन्न नेपाली परम्परागत सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेको थियो । नेपाली लोकनृत्यमा कलाकार मात्रै नभएर आगन्तुक र दर्शकहरु पनि झुम्मिएका थिए । मलाई अझ रमाइलो लागेको कुरा के भने नेपाली कलाकारले प्रस्तुत गरेका नृत्यमा नेपालका प्रमुख अतिथि उपप्रधान तथा परराष्ट्रमन्त्री सुजता कोइरालाका साथसाथै चिनियाँ मन्त्रीसहितको टोलीले सँगै नाचेर साथ दिएका थिए । नेपाल दिवसको अवसरमा नेपाली कलाकारलाई साथ दिएर चिनियाँ मन्त्रीसहितको टोलीले जसरी साथ दिएको थियो त्यसले नेपाल र चीनबीच प्राचीन कालदेखि हालसम्म रहदैँअएको मित्रता झल्किन्थ्यो । त्यहाँ उपस्थित नेपाली जनसमुदायले चिनियाँ मन्त्रीसहितको टोलीलाई आभार व्यक्त गरेका पनि थिए ।

            रविजी, नेपाल दिवसको उद्घाटन कार्यक्रम सकेपछि नेपालको उपप्रधानमन्त्रीसहितको टोलीले चीनको राष्ट्रिय पेभिलियनको पनि अवलोकन गरेको थियो । नेपालका उपप्रधानमन्त्रीले चीनलगायत सार्क मुलुकका पेभिलियनहरूको पनि भ्रमण गर्ने योजना पहिले नै तय गरिएको थियो । तर उपप्रधानमन्त्रीको अस्वस्थताका कारण सार्क मुलुकहरुको पेभिलियनको भ्रमण अन्तिम समयमा गएर स्थगन गरिएको थियो । नेपाल दिवसकै अवसर पारेर सोही दिन अपराह्न विश्वएक्स्पोस्थलमा पत्रकार सम्मेलनसमेत आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री कोइरालले नेपाली पेभिलियनको बारेमा लिखित पुस्तक र सिडी 'टेल्स अफ काठमाडौं' को विमोचन गर्नुभएको थियो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह