फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साङ्हाई विश्वएक्स्पो परोकार कोष- ४4

(GMT+08:00) 2010-12-24 20:25:03

          रवि- श्रोताहरु, हामीले केही हप्ताअगाडि देखिका कार्यक्रममा साङ्हाई विश्वएक्पो 2010को बारेमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, अगिल्लो हप्ताको कार्यक्रममा तपाईंले साङ्हाई विश्वएक्स्पोमा मनाइएको नेपाल दिवसको बारेमा चर्चा गर्नुभएको थियो । त्यसको विषयमा जानकारी दिन अझै बाँकी छ कि ध्रुवजी ?

          ध्रुव- रविजी, साङ्हाई विश्वएक्स्पोस्थलमा आयोजना गरिएको नेपाल दिवसको उद्घान समारोहका बारेमा मैले अगिल्ला तीन हप्ताका कार्यक्रमका छलफल गरेँ । त्यसैले आजको कार्यक्रममा नेपाली पेभिलियनका बारेमा अन्य केही नयाँ जानकारी दिन मन लागेको छ । त्यसमा पनि विशेष गरेर नेपाली पेभिलियन विश्वएक्स्पोमा निर्माण गरिएका उत्कृष्ट दश स्थानभित्र पर्न सफल भएको र नेपाली पेभिलियनका निर्माण तथा सञ्चालक इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपले स्थापना गर्न लागेको एउटा सहयोग कोषको बारेमा छलफल गर्ने विचार गरेको छु ।

        रवि- ध्रुवजी, साङ्हाई विश्वएक्स्पोको रहेको नेपाली पेभिलियन उत्कृष्ट दशमा परेको निकै राम्रो समाचार हो । आजको कार्यक्रम यही जानकारीबाट सुरु गर्नुहोस् ।

        ध्रुव- रविजी, काठमाडौँ सहरको संस्कृति झल्कने नेपाली पेभिलियनले सङ्घाई विश्वएक्स्पोमा नवौँ स्थान कायम गरेको छ । चिनियाँ भाषाको प्रतिष्ठित न्युज पोर्टलको दर्शक सर्वेक्षण सूचीमा नेपाल राम्रा दश पेभेलियनमा पर्न सफल भएको हो । संघाईका लागि नेपालका अवैतनिक वाणिज्यदूत ऊ च्यामिनले मलाई दिनुभएको जानकारीअनुसार सर्वेक्षणले चीनलाई पहिलो तथा बेलायत, जर्मनी, जापान, साउदी अरब, नेपाललगायतलाई उच्च दश स्थानमा देखाएको छ । वास्तवमा चिनियाँ दर्शकहरुले नेपालीहरुप्रति देखाएको सदासयता र मायाको केही अंश यसबाट झल्किन्छ भन्ने मलाई लाग्छ । साङ्हाई विश्वएक्स्पो सुरु भएदेखियताका कैयौं कार्यक्रमहरुमा चीन, अमेरिका, भारत, पाकिस्तान, टर्की, भियतनाम, कोरिया, जापान, हंगेरीलगायतका थुप्रै देशका पत्रकार साथीहरुसँग मेरो भेटघाट र कुराकानी भइरहेको छ । उनीहरु सबैले नेपाली पेभिलियनको उच्च प्रशंसा गरेको मैले पाएको छु । मैले उनीहरुलाई म नेपाली नभएको सम्झेर प्रतिक्रिया माग्छु । बेटर सिटी बेटर लाईफको नारा दिइएको साङ्हाई विश्वएक्स्पोको मुल नारालाई नेपाली पेभिलियनले सार्थक बनाएको चिनियाँ तथा विदेशी पत्रकारहरुको प्रतिक्रिया सधैँभरि नै रहने गरेको छ । अझ हङ्गेरी र टर्कीका पत्रकारले मसँग भेट्ने बित्तिकै नेपाली पेभिलियनको प्रशंसाबाट अभिवादन सुरु गर्छन् । उनीहरुले कैयौं पटक नेपाली पेभिलियनमा पुगेर पनि त्यहाँ जाने रहर पूरा नभएको गुनासो सुनाउने गर्छन् । उनीहरुले अब जसरी भए पनि नेपालको भ्रमण गरेर वास्तविक प्राचीन सहरको अवलोकन गर्ने बताएका छन् । यसरी पैचिङ्गमा कार्यरत विदेशी पत्रकारहरुको बीचमा विश्वएक्स्पोको कुरा हुँदा पनि नेपाली पेभिलियनबाट नै कुराकानी सुरु गर्ने गरेका छन् तिनीहरुले । त्यसैले मैले भेटेका विश्वएक्स्पोका आगन्तुक र त्यहाँ पुगेका चिनियाँ र विदेशी पत्रकारहरु सबैले नेपाली पेभिलियनको प्रशंसा गरेको देख्ता र चिनियाँ समाचार पोर्टलको सर्वेक्षणबाट नेपाली पेभिलियन उत्कृष्ट नऔं स्थानमा परेको सुन्दा सर्वेक्षणको नतिजा सही थियो भन्ने मलाई पनि लागेको छ रविजी ।

        रवि- श्रोताहरु, आजको कार्यक्रममा हामीले साङ्हाई विश्वएक्स्पो 2010को विषयमा छलफल गरिरहेका छौं । ध्रुवजी, भर्खरै बजाइएको सन्देशभन्दाअगाडि तपाईंले साङ्हाई विश्वएक्स्पोमा रहेको नेपाली पेभिलियन उत्कृष्ठ दश स्थानमा परेको बारेमा चर्चा गरिरहनुभएको थियो । अब नेपाली पेभिलियनका निर्माण तथा सञ्चालकले स्थापना गर्न लागेको एउटा सहयोग कोषको बारेमा जानकारी दिनुहुन्छ कि ?

         ध्रुव- हुन्छ रविजी । साङ्हाई विश्वएक्स्पोमा नेपाली पेभिलियनको निर्माण एवम् सञ्चालन गरिरहेको इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपले स्थापना गर्न लागेको एउटा सहयोग कोषको बारेमा कुराकानी गर्छु । मैले अगिल्ला कार्यक्रमहरुमा पनि भनेको थिएँ कि नेपाली पेभिलियनमा प्रदर्शन र विक्रीका लागि करिबकरिब एक सयवटा बुद्धका मूर्तिहरु राखिएका छन् । बौद्धधर्ममा आस्था राख्ने चिनियाँहरु चीनभरिकै यस्ता मूर्तिहरुमा दानभेटी चढाउन निकै इच्छुक हुन्छन् । विश्वएक्स्पोमा राखिएका मूर्तिहरुमा पनि त्यसरी नै दानभेटीको रुपमा बौद्धधर्ममा आस्था राख्ने आगन्तुकहरुले पैसा फ्याक्ने गरेका छन् । यसरी दान र भेटीबापत चढाइएको रकमबाट एउटा सहयोग कोष स्थापना गरी नेपालका आर्थिकरुपमा बिपन्न परिवारका केटीहरुलाई सहयोग गरिने भएको छ । आर्थिकरुपमा बिपन्न परिवारका केटीहरु स्कुल जान सकुन र उनीहरुको शिक्षामा योगदान पुग्न सकोस् भन्ने उद्देश्य राखिएको छ । नेपाली पेभिलियनका अधिकारीहरुले मलाई दिएको जानकारीअनुसार नेपाली पेभिलियनमा राखिएका मूर्तिहरुमा दान र भेटीको रुपमा चढाएको पैसा एक दिनमा पाँच सयदेखि एक हजार युवानसम्म जम्मा हुने गरेको छ । हरेक दिन रातको ११ बजे विश्वएक्स्पोस्थल बन्द भएपछि त्यहाँ फालिएका पैसा जम्मा गर्न दुईजना कर्मचारी खटाइने गरेको छ । यसरी जम्मा भएको पैसामध्ये कागजको नोटको मात्रै हप्तामा एक पटक गनेर बैंकमा जम्मा गर्ने गरिएको छ । सिक्का गन्न धेरै समय लाग्ने र सिक्का गन्नका लागि आवश्यक जनशक्तिको अभावमा ती सिक्कालाई त्यसै जम्मा गरेर मात्रै राखिएको छ । जेहोस् यसरी जम्मा भएको पैसा गरिब केटीहरुको शिक्षामा लगाउने जुन योजना बनाइएको छ त्यो ज्यादै सकरात्मक र स्वागतयोग्य कदम हो भन्ने मलाई लाग्छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह