फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साङ्घाई विश्वएक्स्पोका लागि नेपाली नेताको शुभकामना

(GMT+08:00) 2011-01-21 19:00:04

         रवि- श्रोताहरु, हामीले केही महिनाअगाडिदेखिका कार्यक्रममा सांघाई विश्वएक्पो 2010को बारेमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, विश्वएक्स्पो सकिएको करिब तीन हप्ता भइसकेको छ । तर विश्वएक्स्पोको बारेमा जानकारी दिन अझै बाँकी छ कि ?

         ध्रुव- हजुर रविजी, चीनको औद्योगिक र व्यापारिक सहर सांघाईमा आयोजित विश्वएक्स्पो सकिएको तीन हप्ता भइसकेको छ । विश्वएक्स्पोबारेमा नेपालका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, भूतपूर्व प्रधानमन्त्रीलगायतका उच्चपदस्थ अधिकारीहरुले विश्वएक्स्पो एवम् विश्वएक्स्पोमा बनाइएको नेपाली पेभिलियनको बारेमा आफूलाई लागेका कुराहरु नेपाली पेभिलियनमा राखिएको आगन्तुक पुस्तिकामा आफ्नै हातले लेख्नुभएको छ । विश्वएक्स्पोको समापन समारोहमा भाग लिन आउनुभएका नेपालका राष्ट्रपति डा रामवरण यादवको चीनभ्रमणको रिपोर्टिङ्ग गर्ने शिलशिलामा म विश्वएक्स्पो आयोजनास्थल सांघाई गएको थिएँ र मैले एक्स्पोस्थलको नेपाली पेभिलिनमा राखिएको आगन्तुक पुस्तिका सरसर्ती हेरेको थिएँ । आगन्तुक पुस्तिकामा व्यक्त गरिएका कुराहरुले पनि मेरो मन छोयो । त्यसैले आजको कार्यक्रममा नेपालका राष्ट्रपति प्रधानमन्त्री, उपप्रधानमन्त्री, भूतपूर्व प्रधानमन्त्रीलगायतका अधिकारी र सर्वसाधारण नेपालीहरुले पोखेका कुराहरुको विषयमा कुराकानी गरौं भन्ने लागेको छ ।

         रवि- हुन्छ ध्रुवजी । नेपालका उच्चपदस्थ नेताहरुले नेपाली पेभिलियन र विश्वएक्स्पोको बारेमा व्यक्त गर्नुभएका प्रतिक्रियाको बारेमा जानकारी दिनुहोस्।

         ध्रुव- रविजी, सबैभन्दा पहिला नेपालका राष्ट्रपतिले व्यक्त गर्नुभएको विचार राख्छु । विश्वएक्स्पो सकिनुभन्दा एक दिनअगाडि साँझ राष्ट्रपति यादव नेपाल पेभिलियनमा पुग्नुभएको थियो । उहाँले नेपाल पेभिलियनको अवलोकनभ्रमण गरेर नेपाल पेभिलियनको डिजाइन, निर्माण र सञ्चालन गरेको इम्प्लिमेन्ट एक्सपर्ट ग्रुपले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएपछि त्यहाँ उपस्थित विश्वएक्स्पोमा सहभागी नेपालीहरुसँग भलाकुसारी गर्नुभएको थियो । त्यही बेला उहाँले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा समेत आफ्नो विचार राख्नुभएको थियो । राष्ट्रपति यादवले सांघाईमा भएको उक्त कार्यक्रमले नेपाली कला र संस्कृतिलाई विश्वसामु एकपटक फेरि चिनाएको छ र नेपालको परिचय दिने नेपाल मण्डपले बहुसंख्यक आगन्तुकलाई आकर्षित गर्नुले नेपाल र नेपालीको थप परिचय पस्किएको विचार राख्नुभएको छ । त्यसका साथै उहाँले सांघाई विश्वएक्स्पो नेपाल र चीनबीचको आर्थिक र व्यापारिक सम्बन्ध विकासको एउटा राम्रो अवसर भएको र त्यहाँका माध्यमबाट चिनियाँ नागरिकहरुले नेपालसँगको आर्थिक एवम् व्यापारिक सहकार्य गर्न थप उत्प्रेरणा प्राप्त गर्न सकून भन्ने शुभेच्छा पनि प्रकट गर्नुभएको छ।

        रवि- श्रोताहरु, आजको कार्यक्रममा हामीले साङ्हाई विश्वएक्स्पो 2010को विषयमा छलफल गरिरहेका छौं । ध्रुवजी, भर्खरै बजाइएको सन्देशभन्दाअगाडि तपाईंले साङ्हाई विश्वएक्स्पोको स्थलको अवलोकन भ्रमण गर्नुभएपछि नेपालका राष्ट्रपति डा रामवरण यादबले दिनुभएको शुभकामना राख्नुभएको थियो ।

        ध्रुव- हजुर रविजी । विश्वएक्स्पो सुरु हुनुभन्दा करिब चार महिनाअगाडि नै नेपालका प्रधानमन्त्री माधवकुमार नेपालले विश्वएक्स्पोस्थलको अवलोकनभ्रमण गर्नुभएको थियो । निर्माणकै क्रममा रहेको नेपाल पेभिलियनलाई प्रधामन्त्री नेपालले अति सुन्दर र देशप्रेमको उत्कृष्ट उदाहरण भएको कुरा व्यक्त गर्नुभएको थियो । धर्मपत्नी गायत्री नेपालले समेत हस्ताक्षर गर्नुभएको आगन्तुक पुस्तिकामा प्रधानमन्त्री नेपालले नेपाल पेभिलियनलाई अति सुन्दर परिकल्पना, देशप्रेमको उत्कृष्ट उदाहरण, पुरातन र आधुनिकताको संगम, नेपालको संस्कृति र समृद्ध इतिहासको झलक प्रस्तुत गरिएको उल्लेख गर्नुभएको छ ।

        करिब दश महिनाअगाडि प्रधानमन्त्री माधवकुमार नेपालले चीनको औपचारिक भ्रमण गर्नुभएको थियो । उहाँको भ्रमणदलमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजता कोइराला पनि सहभागी हुनुहुन्थ्यो । उपप्रधानमन्त्रीले पनि आगन्तुक पुस्तिकामा नेपाल पेभिलियनले नेपालको कला, संस्कृति र सम्पदा झल्काउने तथा नेपाल भ्रमणवर्ष २०११का अवसरमा धेरै पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री नेपालका साथ उप्रधानमन्त्री मात्रै नभएर अर्थमन्त्री, उर्जामन्त्रीलगायतका पनि हुनुहुन्थ्यो । म समयले भ्याइन्जेल उहाँहरुको विचार पनि संक्षिप्तरुपमा राख्ने प्रयास गर्छु, हुँदैन रविजी ।

        रवि- हुन्छ ध्रुवजी । मन्त्रीद्वय र अन्य विशिष्ट अधिकारीको विचार पनि हामीसँग बाड्नुहोस् ।

        ध्रुव- रविजी । प्रधानमन्त्री माधवकुमार नेपालको चीनको औपचारिक भ्रमणका क्रममा भ्रमणदलमा सहभागी अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाल पेभिलियनको डिजाइनले नेपाली सभ्यता र संस्कृतिलाई राम्रोसँग उजागर गरेको तथा त्यसले नेपाललाई विश्वसामु चिनाउन र नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुर्याउने आशा राख्नुभएको थियो ।

        त्यसैगरी उर्जामन्त्री डा प्रकाशशरण महतले नेपाल पेभिलियनले नेपालको विशिष्ट पहिचानको परिचय दिनसक्ने कुरामा शंका नरहेको उल्लेख गर्दै विश्वएक्स्पोले नेपालको संस्कृतिलाई विश्वसामु चिनाउन पूर्ण सफलता मिल्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

         त्यसको साथसाथै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि करिब एक महिनाअगाडि सांघाई विश्वएक्स्पोको अवलोकन भ्रमण गर्नुभएको थियो । उहाँ नेपालका भूतपूर्व प्रधानमन्त्री पनि हुनुहुन्छ । नेपाल पेभिलियन पुग्नुभएपछि उहाँले नेपाल पेभिलियनको निर्माणले नेपालको इतिहास र गौरवलाई विश्वसामु परिचित गराउने गम्भीर प्रयत्न गरेको उल्लेख गर्दै कला, संसकृति र परम्मपरा एवम् आधुनिकताको संगम बनेको त्यसको निर्माणले मञ्जुश्री र अरनिकोको परम्परालाई नयाँ आयाम दिएको कुरा उल्लेख गर्नुभएको छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह