फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साङ्घाई विश्वएक्स्पोका नयाँ रेकर्ड

(GMT+08:00) 2011-02-04 18:19:13

        रवि- श्रोताहरु, हामीले केही महिनाअगाडिदेखिका कार्यक्रममा साङ्हाई विश्वएक्पो 2010को बारेमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, विश्वएक्स्पो सकिएको करिब एक महिना पुग्न लागेको छ । तर विश्वएक्स्पोको बारेमा जानकारी दिन त तपाईंसँग अझै धेरै कुरा बाँकी छन् होला, होइन ?

         ध्रुव- हो रविजी, छ महिनासम्म चलेको र विश्वकै ध्यान आकर्षिक गर्न सफल सांघाई विश्वएक्स्पोको बारेमा कुरा गरेर त सकिँदैन । विश्वएक्स्पोका गतिविधि र विश्वएक्स्पोस्थलमा देखेका तथा अनुभव गरेका कुरा समेटेर त्यसका विषयमा मैले करिबकरिब सात महिनासम्म लगातार रुपमा छलफल गरेँ । तर आजको पैचिङ्ग डायरीको कार्यक्रमसँगै सांघाई विश्वएक्स्पोको विषयलाई पनि बीट मारेर टुङ्ग्याउने विचार गरेको छु मैले । त्यसैले सांघाई विश्वएक्स्पोको विषयमा आज अन्तिम पटक कुरा गर्ने योजना बनाएको छु रविजी मैले ।

        रवि- हुन्छ ध्रुवजी । त्यसो भए आज सांघाई विश्वएक्स्पोको बारेमा के कुरा गर्ने विचार गर्नुभएको छ ?

        ध्रुव- रविजी संघाई विश्वएक्स्पोको समापन हुनुभन्दा अगाडिसम्म त्यसले विश्वएक्स्पोको १ सय ५० वर्षको इतिहासमा थुप्रै नयाँ कीर्तिमानहरु राख्न सफल भएको छ । यसबारेमा मैले नेपालको राष्ट्रिय समाचार समितिका लागि एउटा समाचार पनि बनाएको थिएँ र आजको पैचिङ्ग डायरीको कार्यक्रममा त्यही रेकर्डहरुमध्ये केहीको चर्चा गर्छु ।

        रविजी, चीनका राष्ट्रपति हु जिन्ताओले गत अप्रिल ३१ तारिखका दिन साँझ एक भव्य समारोहका बीच विकासोन्मुख मुलुकमा पहिलोपटक आयोजित विश्वएक्स्पो सुरुवात भएको घोषणा गर्नुभएको थियो । विकासोन्मुख मुलुकमा आयोजित पहिलो विश्वएक्स्पोको नयाँ रेकर्डसहित सुरु भएको सांघाई विश्वएक्स्पो १८४ दिनसम्म चलेको थियो । 'बेटर सिटी, बेटर लाइफ' अर्थात् राम्रो सहर समृद्ध जीवन शीर्षकसहितको विश्वचर्चित सांघाई विश्वएक्स्पोमा १८९ राष्ट्र तथा ५७ अन्तर्राष्ट्रिय संघसंस्थाहरुको सहभागिता रहेको थियो । वास्तवमा विश्वएक्स्पोमा सहभागी मुलुक तथा संघसंस्थाको संख्या पनि अहिलेसम्मकै सबैभन्दा बढी हो । सहभागीको संख्याको साथसाथै सांघाई विश्वएक्स्पो अवलोकन गर्ने दर्शक संख्याको पनि नयाँ कीर्तिमान कायम भएको छ । सांघाई विश्वएक्स्पो सुरु हुनभन्दा अगाडि करिब सात करोड दर्शकले प्रत्यक्षरुपमा विश्वएक्स्पो अवलोकन गर्ने अनुमान गरिएको थियो जुन अहिलेसम्मकै सबैभन्दा बढी हो । तर पूर्वाअनुमानलाई पनि पछि पार्दै प्रत्यक्षरुपमा विश्वएक्स्पो भ्रमण गर्नेहरुको संख्या सात करोड तीस लाख नाघेको छ । उक्त संख्या विश्व एक्स्पोको इतिहासमै अहिलेसम्मको बढी हो । यसअघिसम्म सन् १९७० मा जापानको ओसाकामा आयोजित विश्वएक्स्पोमा छ करोड बयालिस लाखले भ्रमण गरेको विश्वकीर्तिमान थियो ।

         रविजी, कुल दर्शक संख्या मात्रै होइन एकै दिनमा धेरै दर्शकले विश्वएक्स्पो अवलोकन गरेको रेकर्ड पनि सांघाई विश्वएक्स्पोमा कायम भएको छ । मलाई अक्टोबर १७ तारिखका दिन जस्तो लाग्छ त्यो एकै दिन दश लाख बत्तीस हजार दर्शकले संघाई विश्वएक्स्पो अवलोकन गरेका थिए । यसअघि जापानमै आयोजित विश्वएक्स्पोमा एकैदिन भ्रमण गर्नेहरुको संख्या ८ लाख ३५ हजार ८ सय ३२ थियो ।

         रविजी, दर्शक र सहभागी मुलुक तथा क्षेत्र एवम् संघसंस्थाको संख्याको मात्रै नभएर विश्वएक्स्पोको क्षेत्रफलको दृष्टिकोणले पनि सांघाई विश्वएक्स्पोले नयाँ कीर्तिमान कायम गरेको छ । पाँच दशमलब दुई आठ वर्गकिलोमिटरमा फैलिएको विशाल विश्वएक्स्पोस्थल अहिलेसम्मकै ठूलो क्षेत्रफल ओगटेको विश्वएक्स्पो हो ।

        रवि- श्रोताहरु, आजको कार्यक्रममा हामीले साङ्हाई विश्वएक्स्पो 2010को विषयमा छलफल गरिरहेका छौं । ध्रुवजी, भर्खरै बजाइएको सन्देशभन्दाअगाडि तपाईंले साङ्हाई विश्वएक्स्पोमा कायम भएका विश्वकीर्तिमानको बारेमा चर्चा गर्दै हुनुहुन्थ्यो ।

          ध्रुव- हजुर रविजी । यो सन्देशभन्दा अगाडि मैले सांघाई विश्वएक्स्पोले कायम गरेका नयाँ रेकर्डका बारेमा चर्चा गरेको थिएँ । सन् १८५१मा लण्डनमा पहिलो विश्वएक्स्पो सुरु भएपछिको १ सय ५० वर्षको इतिहासमा सांघाई विश्वएक्स्पोमा अरु थुप्रै नयाँ रेकर्डहरु काम भएका छन् । तर समयको कारणले त्यतातिर नलागी म अब सांघाई विश्वएक्स्पोस्थलमा निर्माण एवम् सञ्चालन गरिएको नेपाल पेभिलियनले कायम गरेका नयाँ कीर्तिमानको बारेमा संक्षिप्तरुपमा चर्चा गर्छु । किनभने अहिलेसम्म बनाइएका नेपाल पेभेलियनहरु मध्ये सांघाई विश्वएक्स्पोमा निर्मित पेभेलियनले समेत यसपटक नयाँ किर्तिमान रचेको छ । सांघाईमा निर्मित नेपाल पेभिलियन अहिलेसम्मका विश्वएक्स्पोमा बनेका मध्ये सबैभन्दा ठूलो हो । 'अरनिको सेन्टर' नामाकरण गरिएको नेपाल पेभिलियनले छत्तीस सय वर्गमिटर क्षेत्रफल ओगटेको थियो । कुल क्षेत्रफलमध्ये तेइस सय वर्गमिटरमा नौवटा घरका कलाकृति मार्फत करिब दुई हजार बर्षअघिदेखिको काठमाडौंको विकास क्रमलाई प्रस्तुत गरिएको थियो ।

          रविजी, विश्वएक्स्पोका दौरान छ महिनाको अवधिमा नेपाल पेभेलियन भ्रमण गर्नेहरुको संख्या ७५ लाख नाघेको थियो । सन् १९७०मा जापानको ओसाकामा आयोजित विश्वएक्स्पोमा पहिलोपटक सहभागिता जनाएको नेपालको पछिल्लो चालिस बर्षको इतिहासमा यो पहिलो कीर्तिमान हो । यसअघि सन् २००० मा जर्मनीको हृयानोवरमा निर्मित नेपाल पेभिलियन ३५ लाखले अवलोकन गरेका थिए ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह