फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ खाना र स्वास्थ्य

(GMT+08:00) 2011-02-18 20:22:58

         रवि- श्रोताहरु, हामीले अगिल्लो हप्ताको पैचिङ्ग डायरीमा हामीले साङ्हाई विश्वएक्स्पोको विषयमा कुराकानी गरेका थियौं । ध्रुवजी, आजको पैचिङ्ग डायरीमा नयाँ विषयमा कुरा गर्छु भनेर तपाईंले अगिल्लो हप्ताको कार्यक्रममा भन्नुभएको थियो । आज कुन विषयमा चर्चा गर्ने विचार गर्नुभएको छ ?

        ध्रुव- हजुर रविजी । आजको पैचिङ्ग डायरीमा लागि नयाँ विषय लिएर आउँछु भनेर मैले अगल्लो हप्ताको कार्यकममा श्रोताहरुलाई भनेको थिएँ । मेरो पैचिङ्ग बसाइको चार वर्षभन्दा बढी समयमा मैले धेरै चिनियाँ खाना खाएको छु । चिनियाँहरुको खाना खाने तरिका सिकेको छु । चिनियाँ खानाको विभिन्न सांस्कृतिक महत्त्व र त्यसले जनस्वास्थ्यमा पार्ने सकारात्मक प्रभावको विषय सुनेको र पढेको छु ।

       रविजी, अमेरिकन लाइफ, जापानिज वाइफ, फ्रेन्च वाइन र चाइनिज फुड विश्वप्रसिद्ध मानिन्छ । अर्थात् अमेरिकाको जीवन, जापानी श्रीमती, फ्रान्सेली रक्सी र चिनियाँ खाना विश्वकै मानिसलाई मन पर्ने कुरा हुन् । र मलाई धेरै नेपाली साथीहरुले प्रत्यक्षरुपमा भेटेर, फोन गरेर र इमेल लेखेर पैचिङ्ग डायरीमा चिनियाँ खानाको विषयमा जानकारी दिन अनुरोध पनि गर्नुभएको थियो । त्यसैले आजको कार्यक्रममा मैले चिनियाँ खाना र मानव स्वस्थ्यमा त्यसले पार्ने सकरात्मक प्रभावको विषयमा कुराकानी गर्ने विचार गरेको हुँ ।

         रवि- हुन्छ ध्रुवजी । तपाईंले चीनका धेरै प्रान्त र सहर घुमिसक्नुभएको छ । त्यसक्रममा विभिन्न ठाउँमा प्रचलित स्थानीय खाना खानुभएको छ । तपाईंले चिनियाँ खानाको बारेमा धेरै अनुभव संगाल्नुभएको पनि छ ।

        ध्रुव- हजुर रविजी । हरेक प्रान्त, सहर, विशेष प्रशासनिक क्षेत्र र स्वाशित क्षेत्रका आआफ्नै विशेषताका आआफ्नै स्वाद र परिकार भएका थुप्रै खाना मैले खाएको र देखेको छु । तर खानाको परिकार धेरै भएर मात्रै होइन, पकाउने र खाने शैलीको कारणले पनि चिनियाँ खाना विश्वप्रसिद्ध भएको जस्तो मलाई लाग्छ । सन्तुलित खानाकै कारण लगभग सबै चिनियाँहरुको शरीर तुलनात्मकरुपमा स्वस्थ, स्फूर्त र सन्तुलित देखिन्छ । चीनमा पेट बढेको र मोटो चिनियाँ नागरिक भेट्न हम्मेहम्मे पर्छ । अहिले पैचिङ्ग सहरबासीको सरदर आयु ८० वर्षको हाराहारीमा पुगेको छ । उनीहरुको सन्तुलित खाना खाने शैलीकै कारण यस्तो भएको मानिन्छ । चिनियाँहरु एकाबिहानै पेटभरि डम्म, दिउँसो अलि कम र बेलुकी सकेसम्म थोरै खाने गर्छन् । अझ बूढाबूढी र उमेर पुगेका पाका मानिसहरुले त बेलुकीको छाक सकेसम्म खाँदै नखाने प्रचलन पनि छ, जुन स्वास्थ्यको दृष्टिकोणले ज्यादै महत्त्वपूर्ण भएको कुरामा आधुनिक चिकित्सकहरु सहमत देखिन्छन् ।

        रवि- श्रोताहरु, आजको कार्यक्रममा हामीले चिनियाँ खाना र स्वास्थ्यको बारेमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, भर्खरै बजाइएको सन्देशअघि तपाईंले चिनियाँहरुको खाना खाने शैलीको विषयमा कुराकानी गर्दै हुनुहुन्थ्यो ।

        ध्रुव- हजुर रविजी । मैले सन्देशअगाडि चिनियाँहरु एकाबिहानै पेटभरि डम्म, दिउँसो अलि कम र बेलुकी सकेसम्म थोरै खाने गर्छन् भनेर भनेको थिएँ । बिहानको खानाले मस्तिष्कलाई बढी शक्ति दिने आमचिनियाँहरुको विश्वास रहेको मैले पाएको छु । बिहानको समयमा घर बाहिरको वातावरण र हावा स्वच्छ हुने भएकाले नेपालीहरु प्रायः कसरत गर्छन् तर त्यही स्वच्छ वातावरणमा चिनियाँहरु भने खाना खानमा मस्त हुन्छन् । बिहान खाएको खानाबाट उत्पन्न हुने शक्ति दिनभरिको काममा राम्ररी सदुपयोग हुने भएकाले उनीहरु बिहान तुलनात्मकरुपमा बढी नै खान्छन् । बिहान जति धेरै खाए पनि कार्यालय तथा स्कुल र विश्वविद्यालयमा निद्रा लाग्दैन पनि । यो मैले आफैले अनुभव गरेको कुरा पनि हो ।

        रविजी, बिहान खाएको खानामा केही शक्ति थप्न र पेटलाई खाली हुन नदिने उद्देश्यले मात्रै दिउँसोको खाना खाने गरिन्छ । साँझमा धेरै खाना खाँदा रातभरि सुतेको शरीरले त्यसलाई राम्ररी उपयोग गर्न सक्दैन । यसरी उपयोग नभएको खानाको क्यालोरी शक्ति बोसोको रुपमा शरीरमै जम्मा हुन्छ जसले ओभर वेट अर्थात् मोटोपना बढाउँछ भन्ने चिनियाँ विश्वास रही आएको छ । मोटोपना र ओभर वेट आफैंमा एउटा रोग हो भने त्यसबाट धेरै जटिल रोगहरु देखापर्ने सम्भावना बढी हुन्छ । मोटोपनाले उच्च रक्तचाप र मधुमेहको समस्या उत्पन्न हुन सक्छ । यी दुइवटा रोगले मात्रै पनि शरीरका अधिकांश प्रणालीलाई नकारात्मक असर गर्छ र अत्यावश्यक अंगहरु जस्तै- मुटु, कलेजो, मिर्गौलालगायतमा पनि स्वास्थ्य समस्या देखिन सक्छ । त्यसैले बेलुका कम खाने बानी चिनियाँबाट सिक्दा शरीरलाई फाइदा पुग्ने हाल चीनको सांघाईस्थित थोङ्ची विश्वविद्यालयमा एमडी तहमा अध्ययन गरिरहनुभएका नेपाली डा. प्रज्ज्वल पाण्डेले मलाई बताउनुभएको थियो ।

        रविजी, बिहान ढिलो खाना खाने मानिसको मस्तिष्क भारी भएजस्तो हुन्छ । त्यस्तो बानीले शरीरमा आलश्यता बढाउँछ । अर्कोतिर जति ढिलो खायो उती नै धेरै खाना रुच्छ । त्यसरी एकैचोटि धेरै खाएको खाना राम्रोसँग पच्न सक्दैन र शरीरले खानाको शक्ति सन्तुलितरुपमा लिन पनि सक्दैन । जुन मोटोपनाको थप कारण बन्न सक्छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह