फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शान्हाइ एक्स्पो ज्ञान-विज्ञान प्रतियोगितामा पुरस्कार प्राप्त विजेताहरुको नामावली पहिलो

(GMT+08:00) 2011-02-15 19:50:45
      प्रिय श्रोता, नमस्कार। चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले सन 2010को फेब्रुवरी बीसदेखि अगष्ट एक तारिखसम्म रेडियो तथा सी.आर.आई. अनलाइनमार्फत "रोचक विश्व एक्सपो शाङ्गहाईमा भेटौं " ज्ञान विज्ञान प्रतियोगिताको आयोजना गरेको थियो। हाम्रा धेरै श्रोता इमेल, वेवसाइट, पत्र तथा फ्याक्स मार्फत यस प्रतियोगितामा सहभागी हुनुभएको थियो।

      यस प्रतियोगिताको सिलिसलामा धेरै सक्रिय श्रोताले रोचक विश्व एक्सपो शाङ्गहाईको बारेमा आ-आफ्नो मन्तव्य लेखेर हाम्रो यस नेपाली सेवालाई पठाउनुभएको थियो।  

      चीन सरकारको सात वर्षसम्मको अथक प्रयास पछि शाङहाई विश्व एक्स्पो चालु वर्षको मे 1 देखि अक्टोवर एकतीस तारीखसम्म चीनको विश्व प्रसिद्ध शहर शाङहाईमा आयोजना भएको थियो। यो एक्स्पो विश्वस्तरीय एवं महत्वपुर्ण एक्स्पो भएकाले विभिन्न मुलुक, कम्पनी तथा संघसंस्थाहरुले आफ्नो देश तथा आफ्ना उत्पादनको प्रदर्शन गर्ने सूनौलो अवसरको रुपमा सुपरिचित भएको थियो। त्यसैले विश्वका धेरै मुलुक, अन्तर्राष्ट्रिय संघ संस्थाले सहभागिता जनाएका थिए। विश्वस्तरीय महत्वपूर्ण शाङहाई एक्स्पोको बारेमा विश्वभरका आम नागरिकलाई आफ्नो मातृभाषाबाट शांङहाई विश्व एक्स्पोका विषयवस्तहरु, भवन एवं हलहरु तथा एक्स्पो सम्वन्धि अन्य विभिन्न कार्यक्रमहरुका बारेमा जानकारी दिने तथा मानव जातिको जीवनप्रति "शहर" नामक विषयको अर्थलाई व्याख्या गर्नको लागि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले फेव्रुवरी बीस तारीखदेखि अगष्ट एक तारीखसम्म रेडियो तथा सि.आर.आई.अनलाईन मार्फत "रोचक विश्व एक्स्पो शाङहाईमा भेटौं" भन्ने ज्ञान विज्ञान प्रतियोगिताको आयोजना गरेको थियो। यस्तो अवसर प्रत्येक मुलुक, कम्पनी एवं संघसंस्थाहरु तथा हामी विश्वभरका श्रोताको लागि अवश्य पनि एकदमै राम्रो अवसर थियो र यसलाई भव्यताका साथ सम्पन्न गर्नु हामी सवैको दायित्व हो। यस प्रतियोगितामा विश्वभर धेरै भन्दा धेरै श्रोता साथीहरुले भाग लिई विजय प्राप्त गरी विश्वकै सुन्दर एवं विकसित नगरी शाङहाई एवं आधुनिक युगको सर्वश्रेष्ठ एक्स्पोको भ्रमण गर्ने अभिरुचीलाई पूरा गर्नेछन् भन्ने विश्वास लिएको छु ।

      श्रोता, अब हामी यस प्रतियोगितामा सफल भई पुरष्कार हासिल गर्ने विभिन्न श्रोताको नाम प्रसारण गर्नेछौं।

      प्रथम पुरस्कार प्राप्त विजेताहरुको नामावली

      1*अयाज अहमद शेख

      पर्वत सी.आर.आई श्रोता क्लव

       महम्मदपुर 6, बर्दिया 尼泊尔

      2*आराधना गुरुङ्ग

      युवा एकता सी.आर.आई. श्रोता क्लव

      विराटनगर उप महानगरपालिका 15/99

      बौद्धविहार मार्ग尼泊尔

      3*ऋद्दि ब. कार्की उपाध्यक्ष

      युवा एकता सी.आर.आई. श्रोता क्लव

      विराटनगर उप महानगरपालिका 15/99

बौद्धविहार मार्ग 尼泊尔

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह