फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय सङ्ग्रहालय

(GMT+08:00) 2011-01-18 18:49:19

               आज पैचिङको पूर्बी भागतिर पर्ने एक रमणीय र महत्वपूर्ण स्थान जुन चीनको ऐतिहासिक स्थान हो त्यसको सानो चिनारी लिएर आएको छु।आज मैले चर्चा गर्न खोजेको स्थान जुन आफैँ एक चर्चा हो जसलाई चर्चाको कुनै पनि जरुरी छैन त्यस्तो स्थानको बारेमा म केही कुरा भन्न जाँदैछु। अर्थात् पैचिङको राष्ट्रिय सङ्ग्रहालयको बारेमा म त्यहाँ घुम्दै र हेर्दै जाँदा मैले देखेका, भोगेका र वास्तविक रुपमा अनुभव गरेका कुराहरू तथ्यपूर्ण रुपमा राख्ने जमर्को आज तपाईँ प्रिय श्रोतामाझ मैले गरेको छु।

            चिनयाँ राष्ट्रिय सङ्ग्रहालय पैचिङका विभिन्न ऐतिहासिक स्थलहरूमध्ये एक महत्वपूर्ण स्थान हो । खास गरिकन भन्ने हो भने चिनियाँ क्रान्तिलाई झल्काउने विषयमा मुख्य स्थानमा रहेको यो सङ्ग्रहालय सन् 1959 मा तयार गरिएको हो भन्न सकिन्छ। त्यस सङ्ग्रहालयलाई नयाँ युगमा आएर चाहिँ सन् 2003 मा उद्घाटन गरिएको हो । हालसम्मको अवस्थालाई निहालेर हेर्ने हो भने छ लाखभन्दा पनि बढी पटकसम्म यस सङ्ग्रहालयमा प्रदर्शनी भइसकेका छन्। यस सङ्ग्रहालयले चीनको राष्ट्रियता बोकेको छ।देशलाई नै बोकेको आभाष हुन्छ अनि त्यति मात्र होइन कि यसले चिनियाँ लालक्रन्तिलाई नै पूर्ण रुपमा प्रतिनिधित्व गर्न पनि सफल भएको देखिन्छ।

             एकातिर यो सङ्ग्रहालयले राष्ट्रको केन्दीय भावना बोकेर उभिएको छ भने अर्कातिर राजधानी पेचिङको केन्द्रीय स्थानमा पर्ने थिआन मनकै छेउमा उभिएर रहेको हुनाले यो त्यत्तिनै मात्रामा प्रसिद्ध र हेर्न जानका लागि उत्तिकै सुविधाजनक पनि बनेको देखिन्छ।थिआन मन स्क्वायरको पूर्वी दिशामा रहेको यस राष्ट्रिय सङ्ग्रहालयले चीनको वास्तविक इतिहासलाई नै बोकेर हिँडेको भान हुन जान्छ ।

                चीनमा सन् 1949मा महान क्रान्ति सम्पन्न भयो।अनि क्रान्तिपछि पुनर्निर्माणका कार्यहरू हुन थाले। त्यति मात्र होइन कि त्यसपछि चीनमा हरेक वर्ष कुनै नक कुनै एक महान निर्माण गरेर देखाउने भन्ने सिद्धान्त निस्कन गयो । यसकै फलस्वरुप सन् 1950 बाट नै हरेक वर्ष विशाल कार्यहरू मूलतः निर्माणका कार्यहरू हुन थाले । यसकै फलस्वरुप नै सन् 1959 मा यो सङ्ग्रहालयको निरमाण कार्य हुन गएको हो। चीनमा त्यसबैला नाराकै रुपमा "Ten Great Constructions" भन्ने कुरा आइरहेको नै थियो। यसै क्रममा यो पनि रहन गएको हो । यसरी चिनियाँ क्रान्तिलाई सम्झना गर्ने दशौँ वार्षिकोत्सबको मूल कार्यस्वरुप वा देशले दुनियाँलाई दिएको एउटा सुन्दर उपहारस्वरुप यो सङ्ग्रहालयको निर्माण भएको हो भन्ने कुरा त्यहाँ रहेका लिखित दस्तावेजहरूले स्पष्ट पार्दछ।

              यस सङ्ग्रहालयका मूलत दुई मुख्य भवनहरू रहेका छन्। लम्बाइको हिसाबले भन्ने हो भने करिब तीनसय मीटरको भवन छ र थियानमनको पूर्बी दिशामा छ यो अनि यसको नजिकै नै जन-बृहत् हल वा ग्रेट हल अफ पिपुल भन्ने रहेको छ। त्यसैले राजधानीको केन्द्रमा नै यो रहेको हुनाले त्यहाँ जान आउन अति नै सुविधा छ। विभिन्न नम्बर लिएर चल्ने पैचिङ भरिका थुप्रै बसहरू यो बाटो भएर चल्छन् अनि भूमिगत रेलको एक नम्बर लाइनबाट पश्चिमबाट पूर्बतिर जाने र पूर्बबाट पश्चिमतिर आउने दुबैतर्फको बीचमा नै यो क्षेत्र पर्ने भएको हुनाले यो स्थान निकै नै पायक छ भन्न अवश्य नै सकिन्छ।

               यस सङ्ग्रहालयमा रहेका विभिन्न प्रकारका ग्यालरीहरू स्थायो प्रकारले हाल तयार गरिएका छन्।यस सङ्ग्रहालयमा प्रयोग भएको स्थान व्यापक ठूलो देखिन्छ। मूलतः यहाँ हेर्ने हो भने पुराना महत्वपूर्ण धातुहरू मात्र होइन कि अमूल्य पत्थरहरू तथा महङ्गा जेडहरू त्यहाँ प्रदर्शनका लागि राखिएका छन्। यस म्युजियममा मिङ वंशकालमा बनाइएका विविध प्रकारका भाँडा बनाउने कलाहरू पनि समावेश गरिएका छन्। पुराना वंशकालका विविध प्रकारका हस्तकलाका सामानहरू मात्र होइन महत्वपूर्ण चित्रकारी पनि प्रस्तुत गरिएका छन् त्यहाँ। त्यहाँ प्रदर्शनीमा राखिएका विविध प्रकारका चित्रहरू निकै लोभलाग्दा र इतिहासलाई झल्काउने खालका रहेका छन्। त्यसबेलाका तामाका भाँडाकुँडाहरू पनि त्यहाँ राखिएका छन्। कस्ता अचम्मलाग्दा भाँडाहरूकि कल्पनातीत नै हो भन्न सकिन् अवस्था रहेको छ भन्न सकिन्छ।

                त्यसै गरेर मैनका सामानहरूको कक्ष पनि छुट्टै रहेको छ त्यहाँ। अध्यक्ष माओको मूर्ति अनि त्यसै गरेर कन्फ्युसियसको मूर्ति मार्क्सको मूर्ति त पुराना व्यक्तित्वका नै भए ती त छँदैछन्। त्यति मात्र हो र हालका प्रसिद्ध फुटबल खेलाडी डेभिङ बेकहम, माइकल जोर्डन अनि मारिलन मुन्द्रोका मूर्ति पनि मैनवाला ग्यालरीमा उतारिएका छन्। तपाईँ पनि यदि पैचिङको यात्रा गर्दै हुनुहुन्छ भने यस सङ्ग्रहालयको भ्रमण गर्न नभुल्नुहोला है।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह