फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्रिसमस पर्ब 1

(GMT+08:00) 2011-01-31 18:20:51

                आज म पैचिङमा रहँदा डिसेम्बर 25 का दिन वा क्रिसमसका अवशरमा मैले चिनमा देखेका अनि अनुभव गरेका कुराहरूका बारेमा केही बताउन जाँदैछु।मलाई लाग्छ कि चीन एउटा परम्परागत मुलुक हो।यस देशसँग पाँचहजार वर्ष भन्दा पनि अघिदेखिको इतिहास र परम्परा जोडिएर आएको छ। त्यसैले चिनियाँहरू वसन्त चाड र लालटिन चाड जस्ता असंख्य परम्परागत पर्बलाई हार्दिक भएर मनाइरहेका हुन्छन्। तर अर्कोतिर हेर्ने हो भने चीन निकै आधुनिक देश पनि हो आज।

               इन्जिनियरिङ तथा इलेक्ट्रोनिक क्षेत्रमा मात्र होइन आधुनिक भन्दा आधुनिक चिकित्सा पद्धति पनि यहाँ रहेका छन्। पर्वहरूलाई विश्लेषण गरेर हेर्ने हो भने आधुनिक पर्ब मानिने जनवरी एक वा नयाँ वर्ष अनि भ्यालेन्टाइन पर्व अनि क्रिसमसलाई पनि चिनियाँहरूले उत्तिकै नजर दिएर मनाइरहेको कुरा मैले महसुस गरेको छु। गत डिसेम्बर 25 वा क्रिसमसको दिन पनि शुभकामना आदानप्रदानका कुराहरू उत्तिकै चलेका देखिए। कार्ड र फूलको व्यवहार पनि उत्तिकै भएको देखिएको थियो।रेस्टुराँहरूमा क्रिसमससँग सम्बन्धित विविध प्रकारका खानाहरू चिनियाँ तथा विदेशी सबैले आनन्दले खाएको देखियो।यसबाट के देखिन्छ भने चीन अव विश्वमा घुलमिल भइसकेको अवस्था छ।चीनले आफूबारे पनि विश्वलाई चिनाएको छ अनि विश्वबारे पनि आफूले एक जिज्ञासु भएर धेरै सिकेको छ।

             मैले पनि आज हो त्यही क्रिसमसका अवशरमा विभिन्न स्थानहरूमा घुम्दै र हेर्दै जाने क्रममा आफूले अनुभव गरेका र देखेका दृश्यहरुलाई जस्ताको तस्तै राख्ने जमर्को गरेको छु।

             सर्बप्रथम त क्रिसमस पर्व र प्रभू यशूका बारेमा केही स्पष्ट पारिदिनुहोस् न।

            विश्वमा धर्महरू त धेरै छन् तर मुख्य रूपमा इसाई, इस्लाम, हिन्दु र बौद्ध यी चारै धर्म एसियाबाटै सुरु भएको मानिन्छ । विभिन्न तवर र तरिकाका विधि विधान सबै धर्महरूमा सम्पन्न गरिन्छ । धार्मिक चिन्तन मनन् र उपासना अध्यात्मवादका लागि श्वासप्रश्वासजस्तै हो । हिजोआज सबै धर्मावलम्बीबीच एक आपसमा धार्मिक सहिष्णुता बढ्दै गएको छ । इसाईहरूको महान् पर्व क्रिसमस इसाईहरूले मात्र नभएर अन्य धर्मका अनुयायीहरूले पनि पर्वको रूपमा मान्न थालेका छन् । वनभोज, पार्टी, कार्ड र उपहारद्वारा शुभकामना आदानप्रदान गर्ने गरेका छन् ।

             इसाईहरूचाहिँ चर्चमा गई ईश्वरको पूजा गर्ने, साथीसँगीहरूसँग शुभकामना आदानप्रदान गर्ने, नयाँ लुगा लगाउने, मीठो खाना खाने, घुम्न जाने, गीत, भजन, नृत्यसहित क्यारोल खेल्दै क्रिसमस पर्व मनाउने गर्छन् । चीनमा विगत धेरै वर्षदेखि क्रिसमस मनाइँदै आएको इतिहास छ ।

             आज संसारभरका इसाईहरूले यशु ख्रिस्टलाई मुक्तिदाता र शान्तिदाता भनी ग्रहण गर्दछन् । मानवको पाप र अधर्म मेट्न आउनुभई धेरै अचम्मका कामहरू गर्दै क्रसमा झुन्डिएर उहाँले बलिदानको कार्य सम्पन्न गरिसक्नु भएको छ । तर पनि उहाँ जिउँदो हुनुहुन्छ र यशू एक दिन फेरि उहाँमाथि विश्वास गर्ने सबैलाई लिन आउनुहुनेछ भन्ने मान्यता सम्पूर्ण इसाईहरूले राख्ने गरेका छन् ।

             सृष्टिका प्राणीहरूमध्ये उच्च स्तरको प्राणी र ईश्वरसँग संगत गर्न सक्ने प्राणी मानिस नै भएकाले ईश्वरले आफ्नो अमूल्य सृष्टि मानिसलाई पापमा व्याप्त भएकै अवस्थामा छाड्न चाहनु भएन भन्ने विश्वास ईसाईहरूको रहेको छ ।

              तर आजको खास विषयवस्तुमा प्रवेश गरेर त्यसबारे श्रोतालाई जानकारी गराउन पाए हुन्थ्यो।

              हजुर,आजको प्रसङ्ग भनेको मैले पैचिङमा क्रिसमसको दिन देखेका कुराहरूको संगालो हो। चीन एउटा पूर्वी क्षेत्रको मुलुक भए पनि सबैभन्दा उत्तरी स्थान है लुन च्याङ्ग प्रान्तको मो हदेखि सबैभन्दा दक्षिणी स्थान हाइ नान प्रान्तको सान यासम्म जहाँ पनि क्रिसमस रुख र क्रिसमस बूढो देख्न पाइएको खबर पाइएको थियो। यता पैचिङका सबैजसो सपिङ मल र रेस्टुराँमा उपभक्ताका लागि क्रिसमसको विशेष डिस्काउन्ट गरिएको देखिएको थियो यथावत रुपमा । मैले देखेसम्म विषेश अभिनय गर्ने साथै विषेश पर्यटकीय कार्यक्रम पनि देखाइएको थियो धेरै स्थानमा। हरेक मल अनि हरेक प्लाजाको मुख्य स्थानमा क्रिसमस रुख अनि क्रिसमस बूढा त्यसै गरेर विविध प्रकारका कोसेलीका प्याकिङहरू पनि प्रशस्त रहेका थिए।

              यी सबै विषेश कार्यक्रमका साथ पैचिङमा क्रिसमसको वातावरण फैलिरहेको थियो। क्रिसमस एक रमाइलो र धार्मिक दिवस हो त्यसबेला पैचिङमा जताततै रमिता अनि रमाइलो पार्टी चलिरहेको थियो।

              ठाउँठाउँमा हिउँबाट बनाइएको क्रिसमस बूढो, हुलाक सेवा, क्रिसमस बूढोको घर जस्तै क्रिसमसको विषेश निर्माण बस्तु व्यवस्थापन गरिएको पनि देखियो कतिपय ठाउँमा ।तर उक्त दिन पैचिङमा निकै नै चिसो वातावरण थियो। सबैका हातमा बाक्ला पञ्जा थिए अनि सबैका आङमा बाक्लो ज्याकेट थियो। नरनारीका टाउकोमा बाक्लो टोपी अनि मुखैसम्म ढाकिने मफलरमा थिए सबै। कसैलाई कहाँ जानु थियो अनि कसैलाई कहाँ। सबै हतारमा सबै व्यस्ततामा थिए।अनि एउटै विशेषता भनेको सबैका हातमा केही न केही कोसेलीको झोला देखिएको थियो।

              यदि तपाईँ पनि क्रिसमस पर्बको बेला चीनमा हुनुहुन्थ्यो भने हामीले बताएका कुराहरू आफ्नै आँखाले देख्न पाउँनुहुन्थ्यो। तपाईँ जहाँ भए पनि यो पर्ब रमाइलोसँग मनाउनुभयो भन्ने हामीलाई पूर्ण आशा छ।उक्त पर्ब पैचिङमा कसरी मनाइएको थियो भन्ने जिज्ञासा मेटाउनका लागि यो कार्यक्रम सहयोगी हुने हाम्रो विश्वास छ। आजको यो क्रिसमस चाडसम्बन्धी कार्यक्रम यहाँलाई कस्तो लागेको छ?यसमा तपाईँका सुझाबले हाम्रो कार्यक्रम प्रस्तुतिलाई अझ राम्रो पार्न अवश्य सहयोग पुर्‍याउँछ भन्ने विश्वास छ।

             

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह