फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्रिसमस पर्ब 2

(GMT+08:00) 2011-02-28 19:19:01

 

                आज म पैचिङमा रहँदा डिसेम्बर 25 का दिन वा क्रिसमसका अवशरमा मैले चिनमा देखेका अनि अनुभव गरेका कुराहरूका बारेमा केही बताउन जाँदैछु।मलाई लाग्छ कि चीन एउटा परम्परागत मुलुक हो।यस देशसँग पाँचहजार वर्ष भन्दा पनि अघिदेखिको इतिहास र परम्परा जोडिएर आएको छ। त्यसैले चिनियाँहरू वसन्त चाड , मध्य शरद पर्ब, आदि धेरै परम्परागत पर्बलाई हार्दिक रुपमा मनाइरहेका हुन्छन् अनि अर्कोतिर विश्वका आधुनिक पर्वलाई पनि मनाइरहेको देखिन्छ।

               मैले बुझेसम्म आजको कार्यक्रम अघिल्लो हप्ताको कार्यक्रमको निरन्तरता हो। उक्त क्रिसमसका अवशरमा तपाईँको चाहिँ कुनै विशेष योजना थियो कि?यो पर्ब कसरी मनाउनुभयो ?

               मैले उक्त पर्ब कसरी मनाएँ भन्नेबारे केही कुरा भन्ने अवशर दिनुभयो। यसका लागि म धेरै खुसी छु।मैले यसअघि यो पर्ब औपचारिक रुपमा मनाएको थिइनँ।तर मेरो सौभाग्यले होला मैले क्रिसमस मनाउनका लागि एकजना बेलायती साथीबाट निम्ता पाएको थिएँ। उनकै घरमा पार्टी गर्ने भनेका थिए। उनी त बेलायती त्यसैले क्रिसमस केहो भन्ने त उनलाई कन्ठै थियो। करिब दुई घण्टाको यात्राबाट म पैचिङका पूर्बी क्षेत्रमा रहेको उनको घरमा पुगेँ। उनले दिएको नक्साले उनको घरको कोठामै पुर्‍यायो मलाई । मैले केही पनि झन्झट व्यहोर्नु परेन। मूल ढोकाको छेवैमा उनले क्रिसमस रुख राखेका थिए। त्यसको फेदमा विभिन्न प्रकारका कोसेली पनि राखेका थिए।त्यस दिन अरू पनि केही पाहुना आउने रहेछन् क्यारे उनी र उनकी दुलही खाना बनाउन व्यस्त थिए। ती बेलायती निकै वर्षदेखि चीनमै घरजम गरेर बसेका रहेछन् तर चिनियाँ भाषा अत्यन्त न्यून बोल्ने गरेका रहेछन्। बढी त आफ्नै मातृभाषा अङ्ग्रेजी बोल्ने।

                 उनले अत्यन्त सम्मान देखाए। पश्चिमा जगतको व्यक्ति भए पनि पूर्बी भेगको छनक उनमा पाइन्थ्यो । विस्तारै उनका पाहुनाहरू थपिँदै गए। सबै नै पाहुना चिनियाँ थिए। उनका कार्यालयका सहकर्मीहरू अरे। उनी त्यसै भन्दै थिए। क्रिसमसको दिन म दिनको बाह्रबजे तिर त्यहाँ पुगेको थिए। कोसेली सबैले बोक्नुपर्ने अनि अचम्मको कुरा के छ भने ती सबै कोसेलीमा नम्बर राखेर फेरि चिट्ठा गरेर सबैलाई त्यो कोसेली फेरि बाँड्नुपर्ने रहेछ। यसमा नै पश्चिमाहरू खुसी मान्दा रहेछन्। खानामा हेर्दा क्रिसमस चाडमा टर्कीको मासु अनिवार्य राख्नुपर्ने उनले बताए। निकै मीठो बनाएका रहेछन् खाना। धेरै प्रकारका पेयहरू पनि थिए। उनले अन्तिममा खानका लागि मीठो खिर पनि पकाएका रहेछन्। खाना खाएर करिब दिनको दुई बजे म त्यहाँबाट विदा भएँ। अनि उही लामो बाटो तय गरेर मेरो बसाइसम्म फर्कनु थियो। म करिब पौने चार बजे निवास फर्केँ । तर बाटोमा ठाउँठाउँमा धेरै अवलोकन पनि गर्दै आएँ।

                 बेलुकी पनि साथीभाइसँग रेस्टुराँमा खाना खाने योजना थियो। त्यहाँ चिनियाँ तथा विदेशी पर्यटकहरु आआफ्नै सुरमा थिए। सबैको तन मन प्रफुल्ल बनेको देखिन्थ्यो। बारमा बसेर विभिन्न किसिमका हल्का पेय तथा रक्सी र बियर पिउन व्यस्त थिए सबै नै। हिउँद ऋतुको कठाङ्ग्रिँदो जाडोमा क्रिसमसको मज्जा लिइरहेका थिए मानिसहरू। यसका साथै खुला स्थानमा ठूलो आगो बालिएको र पर्यटकहरुले आगोको वरिपरि नाचगान गरिरहेको पनि देखियो।

                 त्यति मात्र होइन मानिसहरुले त्यहाँ बसेर आफ्नो सन्देश कार्डमा लेखेर आफ्ना साथीहरुलाई दिइरहेका पनि देखिन्थे।फूल तथा शुभकामना कार्ड लेनदेन त आज एउटा परम्परा नै बनेको देखेँ मैले।

                रिसराग भुलेर केवल मित्रता र भाइचारा झल्काउँनु अनि धेरै असल साथी बनाउँनु नै क्रिसमसको वास्तविक अर्थ बनेको छ। यही मित्रताबाट नै विश्वमा रहेको बेमेल र द्वन्द्व हटाउन सबै जागरुक हुनुपर्छ।

                क्रिसमसमा आलुदम जस्ता पराम्परागत र प्रतिनिधिमूलक खाना पनि खाने गरिँदो रहेछ। खानाको परिकारमा विभिन्नता देखेँ मैले।

                 यता सिआरआइको मुख्य भवनमा पनि क्रिसमसको राम्रो तयारी भएको थियो। मैले देखेँ कि करिब पन्ध्र दिन अगाडि देखि नै हाम्रो रेडियोको भवनको भुइँ तल्लामा क्रिसमसका लागि विशेष तयारी गरिएको थियो।क्रिसमस रुख निकै ठूलो थियो। रुखैभरि झुन्डिएका झिलिमिली बत्ती पनि थिए।वरिपरिको पूरै वातावरण क्रिसमसमय थियो। क्रिसमस रुख अनि सानो जङ्गल अनि त्यहाँ क्रिसमस बूढो पनि सजाइएको थियो। त्यहाँ मनमोहक हरिणहरू पनि चरिरहेको कुरा देखाइएको थियो। अनि क्रिसमसको अघिल्लै दिनदेखि त्यस वरिपरिको क्षेत्रमा रातो कार्पट ओछ्याइएको थियो।भित्तामा पनि मनमोहक अक्षरमा मेरी क्रिसमस अनि ह्याप्पी क्रिसमस भनी लेखिएको थियो। क्रिसमसको दिन सिआरआइमा पनि एक विशेष कार्यक्रमको आयोजना भएको थियो।सबै कर्मचारीहरू खुसीले गदगद देखिन्थे अघिल्लै दिनदेखि।

                 मैले देखेको अर्को कुरा पनि थियो त्यहाँ। त्यो के भने क्रिसमसको विषेश खाना र पार्टीबाहेक धर्मसँग रुचि भएका मानिसहरु र धर्मावलम्बीहरुले चर्चमा प्रार्थना गरिरहेका अनि प्रभू यशूको गुणगान गाइरहेको पनि देखिएको थियो।यसका साथमा बढीभन्दा बढी साङ्गीतिक कार्यक्रम पनि गरिएको थियो।

                 यदि तपाईँ पनि क्रिसमस पर्बको बेला चीनमा हुनुहुन्थ्यो भने हामीले बताएका कुराहरू आफ्नै आँखाले देख्न पाउँनुहुन्थ्यो। तपाईँ जहाँ भए पनि यो क्रिसमस पर्ब रमाइलोसँग मनाउनुभयो भन्ने हामीलाई पूर्ण आशा छ।उक्त पर्ब पैचिङमा कसरी मनाइएको थियो भन्ने कुराको जिज्ञासा मेटाउनका लागि यो कार्यक्रम सहयोगी हुने हाम्रो आशा र विश्वास छ। आजको यो क्रिसमस चाडसम्बन्धी कार्यक्रम यहाँलाई कस्तो लागेको छ?यसमा तपाईँका सुझाबले हाम्रो कार्यक्रम प्रस्तुतिलाई अझ राम्रो पार्न अवश्य सहयोग पुर्‍याउँछ भन्ने विश्वास छ।

               

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह