फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ चौ एशियाली खेल-1

(GMT+08:00) 2011-05-23 19:10:41

               म चीनको क्वाङ चौमा भर्खरै सम्पन्न सोह्रौँ एशियाली खेलमा देखिएको वातावरण अनि त्यसबाट प्राप्त परिमाणको कुरा अनि पदकको कुराबारे केही जानकारी दिन लाग्दैछु। म यस खेल अवधिभर नै आफ्नो समयले भ्याएसम्म टेलिभिजनबाट आउने प्रत्यक्ष प्रसारण हेरेको थिएँ। करिब आधा महिनासम्म चलेको यस खेलमा खेलको व्यावसायिकताको कुरा तयारीको कुरा खेलप्रतिको सङ्कल्पको कुरा आदिलाई मैले राम्रोसँग देख्ने मौका पाएँ। यसै पृष्ठभूमिमा मैले यस खेलको बारेमा केही मूल्याङ्कन पनि गरेको छु। हजुर यही सन्दर्भमा नै मैले कार्यक्रम तयार पारेको छ। श्रोतालाई पनि यही विषयमा केही कुरा भन्ने अनुमति चाहान्छु म।

              यस एशियाली खेललाई एशियाली खेलकुदको इतिहासमै सबैभन्दा बढी खेलका विधा समावेश गरिएको अनि त्यसै गरेर चीनले सबैभन्दा बढी संख्याको खेल मण्डल पठाएको अनि पदकको संख्या पनि धेरै रहेको साथै उद्घाटन कार्यक्रम हाल सम्मको इतिहासमा नै अत्यन्त भब्य भएको कुरा मैले मूल्याङ्कन गरेको छु। स्थल आकाश र पानी यी तीनैवटाको सङ्गम उद्घाटन कार्यक्रममा देखिएको थियो। त्यस कार्यक्रमले यो विश्वको नै प्रतिनिधित्व गरेको देखिन्थ्यो।यो जगत जसरी पानी आकाश र स्थल मिलेर बनेको छ ती कुरा त्यहाँ देखाइएको थियो। अनि त्यति मात्र होइन मानव र प्रकृतिबीचको असल संबन्धको छटा पनि त्यहाँ देखिन्थ्यो। मानवले प्रकृतिको संरक्षण गर्नुपर्ने तबमात्र प्रकृतिले पनि मानव कल्याण गर्ने भन्ने सिद्धान्त त्यहाँ परपालन भएको देखिन्थ्यो। करिब चार घण्टासम्म चलेको उद्घाटन कार्यकममा कलाकारहरूको कैयौँ वर्षको अथक प्रयास देखिएको थियो।

                यसरी मैले देखेको उद्घाटन कार्यक्रम जीवनमा नै एउटा जादुमय थियो। हो पैचिङ ओलम्पिकको उद्घाटन कार्यक्रमले पनि विश्वलाई नै आश्चर्यचकित बनाएकै हो तर त्यहाँ पानीको प्रयोग भएको थिएन। तर जल सम्पदाको धनी क्वाङ चौमा रहेको विशाल चु च्याङ नदीलाई क्वाङ चौ एशियाली खेलको उद्घाटन समारोहले अत्यन्त राम्रोसँग उपयोग गरेको देखिन्थ्यो।

                क्वाङ चौ एसियाली खेलकुदमा पूर्ण रुपमा आफ्नो प्रभुत्व सावित गरिसकेपछि चिनियाँ खेलकुद अब सन् 2012 को लन्डन ओलम्पिकमा पहिलो स्थान प्राप्त गर्ने तयारीमा लागिसकेको जस्तो देखिएको छ। चीन 16औं एसियाडमा 1 सय 99 स्वर्णसहित कूल 4 सय 16 पदक जित्दै लगातार आठौं पटक एसियाली खेलकुदमा पहिलो स्थानमा रहन सफल भएको छ चीन। हाम्रो एक असल छिमेकी देश रहेको नाताले यो हामी सबैको अत्यन्त गौरबको विषय बनेको छ। खेलकुदको पदक तालिकामा नजर दिँदा दोस्रोमा रहेको दक्षिण कोरियाले 76 स्वर्ण र तेस्रो जापानले 48 स्वर्ण पदकमात्र जित्न सफल भएका छन्।पुनः प्राप्त पदकको थुप्रोले लन्डन ओलम्पिकका लागि गरेको तयारीमा एउटा ठूलो उपलब्धिका रूपमा प्रतिनिधित्व गर्नसक्ने विश्लेषण जताततैबाट हुने गरेको देखिएको छ। चिनियाँ टोलीका सेभ द मिसन र खेलकुद उपमन्त्री त्वान शि चीले भनेअनुसार एसियाली खेलकुदमा सफल भएकै कारण लन्डन ओलम्पिकमा सफलता पाउन सक्ने अवस्था छैन।

               हो यस विषयमा मैले पनि धेरै गहिरिएर विश्लेषण गरेर हेरेँ। यस कुराबाट के बुझिन्छ त ?यसबाट के बुझिन्छ भने चीनले अबका बाँकी दिनमा पनि लन्डन ओलम्पिकका लागि हदैसम्मको प्रयास जारी रहनेछ। अहिले यस एशियाली खेलकुदमा मात्र जितेर चीनले विश्राम गर्न मिल्दैन किनकि अझै धेरै गर्न बाँकी छ भन्ने कुरा स्पष्ट देखिन्छ। देशले महत्वकाङ्क्षा राखेर मात्र हुँदैन त्यो महत्वकाङ्क्षा पूरा गर्नका लागि धेरै प्रयास गर्नुपर्छ र साथसाथै राज्यले श्रोत र साधन पनि जुटाउनु पर्छ भन्ने लाग्छ। त्यसैले उहाँको त्यो भनाइ धेरै सारगर्भित र धेरै महत्वपूर्ण भएको मैले ठानेको छु।

               मेरो विचारमा यस सफलताका पछाडि केही विशेष कारण छन्। सानोतिनो कारण र खेलाँचीको भरमा अनि भगवान भरोसाका भरमा मात्र कसैले पनि यति ठूलो विजय हासिल गर्न सक्ने अवस्था रहन सक्दैन। त्यसैले यो कुरा स्पष्ट रुपमा भन्न सकिने अवस्था छ कि एकातिर राजनीतिक रुपमा अत्यन्त स्थिर हुनु अनि अर्कातिर खेलप्रतिको लगाव हुनु विशेष कारणमा आउन सक्छन्। त्यसै गरी सिनियरको वा निर्देशकको भनाइलाई बिनाप्रश्न समर्थन गर्नु पनि यहाँको सफलताको अर्को कारण रहेको भन्ने मलाई लाग्छ। अनि अर्कातिर देश नै सबैभन्दा ठूलो कुरा हो र देश बनेमात्र आफू बनिन्छ भन्ने सङ्कल्प सबै जनतामा हुनु नै मेरो विचारमा चीनको यस खेलको विजयको वास्तविक कारण हो भन्ने लाग्छ।

               कहिल्यै विश्राम नलिइकन लागिरहने प्रतिवद्धता र अठोटले नै यो ठूलो सफलता प्राप्त भएको कुरामा कसैले पनि शङ्का उठाउन सक्दैन । जसरी चीनले पैचिङ ओलम्पिकताका आफ्नो अनवरत प्रयासले विश्वलाई आश्चर्यचकित पार्ने गरी खेलकुदको आयोजना गरेको थियो र सबैभन्दा बढी पदक प्राप्त गरेर मैहुँ भन्ने खेलका राजा देश मानिने राष्ट्रलाई पनि उछिनेको थियो हालको यो परिणाम त त्यसैको निरन्तरता नै हो भन्ने लाग्छ मलाई। आज आएर आफ्नो महत्वपूर्ण समय लन्डन ओलम्पिकको तयारीमा लगाउने भएको पनि बुझिएको छ। चीनले सन् 2008 को पैचिङ ओलम्पिकमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्दै खेलका महाशक्ति मानिएका अमेरिका र रुसलाई पछि पारेको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह