फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ चौ एशियाली खेल-2

(GMT+08:00) 2011-08-01 20:12:00

                 आजको यो कार्यक्रम भनेको अघिल्लो हप्ता प्रसारण भएको कार्यक्रमको निरन्तरता नै हव। भन्नाले चीनको क्वाङ चौमा नोभेम्बर 27 मा सम्पन्न सोह्रौँ एशियाली खेलकुद प्रतियोगितामा देखिएको वातावरण अनि त्यसबाट प्राप्त परिमाणको कुरा अनि पदकको विषयबारे केही जानकारी दिन लाग्दैछु आज । मैले यस खेल अवधिभर नै आफ्नो समयले भ्याएसम्म टेलिभिजनबाट आउने प्रत्यक्ष प्रसारण हेरेको थिएँ। करिब आधा महिनासम्म चलेको यस खेलमा खेलको व्यावसायिकताको कुरा तयारीको कुरा खेलप्रतिको सङ्कल्पको कुरा आदिलाई मैले राम्रोसँग देख्ने र अनुभव गर्ने मौका पनि पाएँ। यसै पृष्ठभूमिमा मैले यस खेलको बारेमा केही मूल्याङ्कन र विश्लेषण गरेको छु। हजुर यही सन्दर्भमा नै मैले कार्यक्रम तयार पारेको छु। श्रोतालाई पनि यही विषयमा केही कुरा भन्ने अनुमति चाहान्छु म।

               मेरो बिचारमा ठूलो मात्रामा प्राप्त गरेको खेलकुदको सफलता यस देशको विकाससँगै जोडिएको छ, जुन चीनको उदाउँदो अर्थतन्त्र देशको बलियोपनासँग जोडिएको छ।क्वाङ चौमा जितेको 1 सय 99 मध्ये 1 सय 28 स्वर्ण पहिलो पटक एसियाडमा सहभागिता जनाइरहेका चिनियाँ युवा खेलाडीबाट मात्र प्राप्त भएको हो। चीनले उदाउँदा युवा वर्गलाई प्राथमिकतामा राखेर हरेक विषयमा उनीहरूलाई अग्र पङ्क्तिमा राखेको देखिन्छ जसले युवाहरूमा जोश र जाँगर हर्दम बढेको देखिन्छ। तर त्यो हौसला भनेको सैद्धान्तिक रुपमा रहेको खोक्रो नाराको मात्र होइन त्यो त स्रोत र साधनले भरिपूर्ण हौसला हो। यस्तो भरिपूर्ण हौसलाले मानिसमा जोश बढ्छ र प्रतिश्पर्धामा उत्रन सक्छ एउटा असल खेलाडी ।

               म्याराथन इभेन्टसँगै नोभेम्बर 27 तारिख शनिबार 16औँ एसियाली खेलकुद सम्पन्न भएको छ । क्वाङ चौ एसियाडको अङ्क तालिकामा ओमानसँगै नेपाल पुछारमा रहेको अवस्था छ। । केवल दीपक महर्जनले 81 केजी तौल समूहमा दिलाएको काँस्य नेपालका लागि एकमात्र पदकका रूपमा रह्यो । अनि अर्कोतिर हेर्ने हो भने पदकको आशा गरिएका खेल तेक्वान्दो, कराँते, महिला क्रिकेट र उसु खाली हात घर र्फकन बाध्य बने । किन यस्तो वातावरणको सिर्जना भयो त?यसको पनि विश्लेषण गर्न सक्नुपर्छ।

              अवश्य पनि मैले यसबारेमा निकै सोचेको छु। नेपालले गरेको प्रदर्शनप्रति म पनि धेरै नै दुःखी छु किनभने म पनि एक जिम्मेवार नेपाली हुँ।मैले विश्लेषण गरेसम्म नेपालमा हालसम्म पनि राजनैतिक खिचातानी नै कायम छ। हालसम्म पनि एक स्थायी /राजनीति र सरकार प्राप्त हुन सकेको छैन। जबसम्म कुनै पनि देशमा राजनैतिक स्थिरता हुँदैन तबसम्म त्यस देशको कुनै पनि क्षेत्रले राम्रोसँग विकास गर्ने अवशर पाउन सक्दैन। हो त्यसकै फलस्वरुप नेपाल यस एशियाली खेलमा पछाडि पर्न बाध्य भयो। अर्को कारणको रुपमा मैले लिएको छु कि खेलमा हुने गरेको राजनैतिक हस्तक्षेप। खेल भनेको त देशको लागि हुनुपर्छ। राष्ट्रियताका लागि भएको खेलमात्र त्यो एउटा सार्थक खेल हुनसक्छ। तर नेपालमा अझ पनि खेल राजनीतिबाट मुक्त छैन।

              अर्को तेस्रो कारणमा तयारीको अभाव पनि निकै महत्वपूर्ण कारण हो । अनि स्रोत र साधनको अभाव पनि अर्को विशेष कारण हो। स्रोत र साधन प्रचुर मात्रामा नभएसम्म न त प्रशिक्षकले राम्रो सँग सिकाउन सक्छन् न त प्रशिक्षार्थीले नै खेलकुदमा लागेर तालिम प्राप्त गर्न सक्छन्। त्यसैले ती चारवटा मूल कारणलाई सबैले मनन गरेर कार्यान्वयन गरेमा नेपालले पनि खेलमा प्रशस्त उन्नति गर्न सक्छ भन्ने लाग्छ मलाई।

              मैले टेलिभिजनमा यहाँ भएका विविध खेलहरूको प्रत्यक्ष प्रसारण हेर्ने मौका पाएको थिएँ। मुख्य मुख्य खेलहरू हेर्न मैले कहिल्यै पनि छुटाइनँ। मैले देखेसम्म चीन धेरैभन्दा धेरै विधाका खेलमा सहभागी भएको देखिन्थ्यो । जम्मा इतिहासमै बढी वा 42 विविध विधाका खेलहरूमा पनि मुख्यतया पौडी तथा रेसिङ अनि कुस्तीजस्ता खेलहरूमा चीनको बर्चस्व नै देखिएको थियो ।

                केही वर्ष पहिलेसम्म जापान रुस र दक्षिण कोरियाको पकडमा रहेको पौडी खेलमा आज आएर चीनले सुधार गर्दै व्यापक अग्रता कायम गरेको देखिएको छ । सन् 2008 को पैचिङ ओलम्पिकपछि प्राप्त गरेको आफ्नो अग्रतालाई चिनियाँ खेलाडीले आफ्ना प्रतिद्वन्द्वीविरुद्ध कायम राखेका छन् । यसरी क्वाङ चौमा चीनले पौडीतर्फको प्रदर्शनमा व्यापक सुधार गर्दै 38 मध्ये 24 स्वर्ण जितेर कुनैबेलाका निकट प्रतिद्वन्द्वी जापान र दक्षिण कोरियालाई पछाडि पार्यो।

              चीनका लागि लन्डनमा कडा चुनौति सुन याङ्ग हुनसक्छन्, जसले पुरुष 1 हजार 5 सय मिटर फ्रिस्टाइलमा एसियाली समयलाई 10 सेकेन्डभन्दा कमले सुधार गर्दै 14 मिनेट 35 दशमलब 43 सेकेन्ड समय कायम राखेका थिए। उनले तीन स्वर्ण पदक जिते । 14 वर्षकी ये शिवेनले 2 सय मिटर व्यक्तिगत मिडिलमा स्वर्ण पदक जितेर चीनको युवापुस्ताको ताकत देखाएकी छिन्। त्यसअघि उनले 4 सय मिटरमा पनि सफलता पाएकी थिइन्। 15 वर्षीया साओ यिवेनले महिला 4 सय मिटर फ्रिस्टाइल र 16 वर्षीय लिउ च्वाङ चुले 8 सय मिटर फ्रिस्टाइल जितेका थिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह