फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ चौ एशियाली खेल-3

(GMT+08:00) 2011-08-08 18:48:10

 

                  आज म चीनको क्वाङ चौमा भर्खरै सम्पन्न सोह्रौँ एशियाली खेलमा देखिएको वातावरण अनि त्यसबाट प्राप्त परिमाणको कुरा अनि पदकको कुराबारे केही जानकारी दिन लाग्दैछु। म यस खेल अवधिभर नै आफ्नो समयले भ्याएसम्म टेलिभिजनबाट आउने प्रत्यक्ष प्रसारण हेरेको थिएँ। करिब आधा महिनासम्म चलेको यस खेलमा खेलको व्यावसायिकताको कुरा तयारीको कुरा खेलप्रतिको सङ्कल्पको कुरा आदिलाई मैले राम्रोसँग देख्ने मौका पाएँ। यसै पृष्ठभूमिमा मैले यस खेलको बारेमा केही मूल्याङ्कन पनि गरेको छु। हजुर यही सन्दर्भमा नै मैले कार्यक्रम तयार पारेको छ।यो आजको कार्यक्रम भनेको विगत दुई हप्तादेखि चल्दै आएको कार्यक्रमको निरन्तरता नै हो। साथै यो कार्यक्रम 16औँ एशियाली खेलकुदसम्बन्धी विश्लेषणको अन्तिम भाग पनि हो। अब  अर्को हप्ताको कार्यक्रममा भने हामी अर्को कुनै महत्वपूर्ण र समसामयिक विषय लिएर आउनेछौँ। प्रिय श्रोता मित्रलाई पनि यही विषयमा केही कुरा भन्ने अनुमति चाहान्छु म।

               वास्तवमा यो कुरा पनि निकै समसामयिक छ भन्ने लाग्छ मलाई । हेर्नुहोस् एशियाली खेलमा धेरै पदक ल्याएर चीन प्रथम भए पनि यसले सुधार गर्नुपर्ने विषय पनि धेरै छन्। खेलकै प्रसङ्गमा कुरा गर्ने हो भने फुटबल, भलिबल र बास्केटबल जस्ता मुख्य टिम खेलमा चीनले अझ पनि राम्रो तयारी गर्न सकेको देखिएको छैन। पुरुष टिमको स्तर केही खस्केको छ।धेरै खेलमा चीन र विश्वका बलिया टिमबीच केही दूरी कायमै छ। अबको बाटो के हो भने लन्डन ओलम्पिकमा चीनले राम्रो र व्यापक तयारी गर्नुपर्छ।

                चीनका लागि क्वाङ चौ एसियाड असाधारण रहृयो । चीनले अन्तिम दिन कूल स्वर्ण पदक सङ्ख्या 199 पुर्‍याएर 416 पदक जितेर एसियाली खेलकुदमा कीर्तिमान कायम गरेको छ । एसियाली मानचित्रमा अर्को खेल महाशक्ति जापानले भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन । कूल 48 स्वर्णसहित कुल 216 पदक जित्ने जापान तेस्रो स्थानमा रह्यो । अङ्क तालिकामा दोस्रो स्थानमा रहने दक्षिण कोरियाले 76 स्वर्णसहित कुल 232 पदक हात पार्‍यो।

                 सहभागी 45 मध्ये 36 राष्ट्रले आफूलाई अङ्क तालिकामा सामेल गर्न सफल भए । जसमा केही उल्लेखनीय पदक पनि रहेका छन् । पुरुष उसुमा जिया रुईको मद्दतबाट चीनको मकाउले पहिलोपटक एसियाली खेलकुदमा स्वर्ण पदक जित्यो । बङ्गलादेशले पनि अफगानिस्तानलाई पुरुष क्रिकेटको फाइनलमा हराएर ऐतिहासिक स्वर्ण पदक हासिल गर्‍यो ।

                ओमान र नेपालले पनि एक/एक काँस्य जितेर अङ्क तालिकामा आफूलाई सामेल गराए तर सोही स्तरका टिमोर-लिस्टे, माल्दिभ्स, तुर्कमेनिस्तान, ब्रुनाई र कम्बोडियाले पदक जित्न सकेनन् ।हजुर , यस्तो प्रकारको रहयो यो खेलको समस्टिगत अवस्था।

                त्यस्ता कैयन घटनाहरू छन् जुन बिर्सनै गाह्रो हुने घटनाका रुपमा पर्दछन्। तर मसँग यस्तो एउटा सम्झना रहेको छ जसले मलाई हरपल सम्झाइरहन्छ। त्यो भनेको यही सोह्रौँ एशियाली खेलको समापनको दिनको घटना हो। चीनमा करिब दिनको तीन बजेको थियो। चीन र कोरिया महिला भलिबलको फाइनलमा पुगेका थिए। त्यही फाइनल खेल जुन बेस्ट अफ फाइभको रुपमा भइरहेको थियो। त्यो दिन भनेको नोभेम्बर 27 तारिख शनिबारको कुरा हो।

                खेल सुरु भयो। यसअघि चीनसँग केवल 198 वटा स्वर्णपदक थिए। तर के भन्ने समयले उल्टो गन्ती गरेको जस्तो देखिन्थ्यो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह