फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँवर्ष 2011

(GMT+08:00) 2011-08-15 19:08:16

                आज म पैचिङमा रहँदा गत जनवरी 1 2011 वा नयाँवर्षका अवशरमा मैले पैचिङमा देखेका अनि अनुभव गरेका कुराहरूका बारेमा केही बताउन जाँदैछु। चीन एउटा परम्परागत मुलुक भएको हुनाले धेरै पुराना कला साहित्य र चाड पर्बहरू चीनमा रहेका छन्। सबैले यस्ता विविध प्रकारका परम्परागत चाडपर्वहरू मनाउने गर्दछन् । त्यसै गरेर चीन आधुनिक राष्ट्र पनि भएको हुनाले यहाँ विविध प्रकारका आधुनिक पर्बहरू पनि नमनाइने होइन। नेपालमा वैशाख एक गतेको दिनलाई आफ्नो नयाँ वर्षको रुपमा मान्ने गरिन्छ। साथै विविध जातिका नयाँ वर्षहरू पनि रहेका छन्। चीनमा पनि आफ्नै परम्परागत पात्रोअनुसारको नयाँवर्ष भनेको वसन्त चाड वा छुन्चे हो। विशेष गरेर सबै चिनियाँहरू र चिनियाँ मूलका विदेशीहरूसमेतले यसलाई हार्दिकताका साथ मनाउने परम्परा रहिआएको छ। नेपालमा जसरी जनवरी एक वा नयाँ वर्षका रुपमा युवा जगतले बढी महत्वका रुपमा मानिन्छ त्यसरी नै युवा वर्गको खुसीका लागि मुख्यतया रमाइलो गरिने भए पनि यो पर्ब भनेको यो विश्वको लागि नै सम्बत परिवर्तन हुने एउटा अवशर हो ।

                युवा वर्गले रमाइलो तथा पार्टी आदि र नाचगान गरेका मात्र होइनन्, यस महत्वपूर्ण परिप्रेक्ष्यमा चीनका राष्ट्राध्यक्ष श्री हु चिन थाउबाट देशबासीका नाममा एक सारगर्भित शुभकामना सन्देश पनि जारी भएको थियो त्यस अवशरमा।

               जसमा मुख्य भूमि, हङकङ, मकाउ, थाइवान तथा विदेशमा रहेका चिनियाँ मूलका नागरिकहरूलाई सम्वोधन भएको थियो।एक देश दुई व्यवस्थाको प्रसङ्ग त्यहाँ उठाइएको थियो। हङकङबासीद्वारा हङकङको संचालन, मकाउबासीद्वारा मकाउको संचालन अनि दुई किनाराबीचको एकताबाट महाभूमिको एकीकरणका कुराहरू नै राष्ट्राध्यक्ष हु का सम्बोधनका महत्वपूर्ण भागहरू हुन्।

              यस सम्बोधनमा सामाजिक एकता विश्व शान्ति र भ्रातृत्वका साथै मित्रतामा जोड दिइएको छ। श्री हु चिन थाउको उक्त सम्बोधनमा सन् 2010 लाई निकै राम्रोसँग मूल्याङ्कन र समीक्षा गरिएको थियो। सन् 2010 लाई उहाँले एक असाधारण र असामान्य वर्षका रुपमा चित्रित गर्नुभएको पाइएको छ। सुखद पक्षका रुपमा विश्वमा छाएको बैङ्किङ संकट आफ्नो भूमिमा समाप्त भई आर्थिक पुनरुत्थान भएको र दुःखद पक्षका रुपमा देशले बाढी पहिरो भुइँचालो आदिको सामना गर्नुपरेको कुरा बताइएको छ। संकट पर्दा नै मानिसको वास्तविक पहिचान हुने कुरा पनि त्यहाँ उठाइएको छ।ती विविध संकटहरूलाई आफ्नै स्रोत साधन र पसिनाले परास्त गरेर आफूहरूलाई ती घटनाले बहादुरी सिकाएको पनि सन्देशमा उल्लेख भएको थियो।

              सि आर आइतिर एक पटक फर्केर हेर्ने हो भने नववर्ष 2011 को उषाको लाली भर्खरै छरिएको उपलक्ष्यमा एउटा सारगर्भित शुभकामना सि. आर. आई. का निर्देशक वाङ्ग कङ्ग न्यानले पनि दिनुभएको थियो। उहाँले आफ्नो सम्बोधनको सुरुमा नै हाम्रो रेडियोका सम्पूर्ण साथीहरूको तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट समेत भनी सम्बोधन गर्नुभएको थियो।

              यसले सिआरआइका सबैको भावना सकेटैको थियो र सबै कर्मचारीमा एक असीम उत्साह थपेको पनि देखिएको थियो।श्री वाङ कङ न्यानले रेडियो प्रसारण तथा सि. आर. आई. अन लाईन वेभसाइटमार्फत व्यापक श्रोता तथा इन्टरनेट ग्राहकलाई लक्षित गरेर हार्दिक शुभकमना व्यक्त गर्नुभएको थियो।

              सन् 2011 भर्खरै हामीसामु स्वागतार्थ आएको अनि पुरानो दिनसँग बिदा मागेर नयाँ वर्षको नयाँ दिनको स्वागत गरिरहेको यस सुखमय अवशरमा मैले चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको तर्फबाट र मेरो आफ्नै व्यक्तिगत तर्फबाट पनि तपाईंलाई हार्दिक शुभकामना दिन चाहन्छु भनेर उहाँले सम्बोधनमा सबै श्रोता र इन्टरनेट ग्राहकलाई साथीहरू भनेर समानताको हार्दिक व्यवहार देखाउनुभएको थियो।

              उहाँले पनि सन् 2010 लाई एउटा असामान्य वर्षको रुपमा समीक्षा गर्नुभएको छ। उहाँले सन्देशमा बैंकिङ्ग सङ्कटपछि अन्तर्राष्ट्रिय आर्थिक परिस्थितिमा देखापरेको ठूलो परिवर्तनको सँयुक्त रुपमा सबैले सामना गरेको कुरा पनि झल्काउनुभएको छ। हिमपात, भूकम्प र ज्वालामुखी विस्फोटन अनि बाढी आदि प्राकृतिक प्रकोपको पनि समानताको कुरा पनि उहाँले प्रस्तुत गर्नुभएको छ। प्रकोप तथा दुःखबाट मानव जातिलाई अझ शक्तिशाली बानाइएको र भिडन्त तथा मतभेदले विश्व शान्ति र विकासमा अवश्य पनि बाधा पार्न नहुने कुरा पनि उहाँले आफ्नो सम्बोधनमा प्रस्तुत गर्नुभएको थियो।

              सन् 2010 भनेको चीन राष्ट्रले छिङ्ग हाई प्रान्तको यु शुमा गएको भूकम्प र कान सु प्रान्तको चौ छ्युमा भएको ठूलो पैह्रोको प्राकोपको सामना गर्नुपरेको कुरा कोट्याइएको छ । त्यसका साथै चीनले शाङ्गहाई विश्व एक्स्पो र क्वाङ्ग चौ एशियाली खेलकुद प्रतियोगिताको सफलताका साथ आयोजना गरेर चिनियाँ जनताको सदिच्छा र प्रयासबाट विश्वमा रमणीय तथा बिर्सनै नसक्ने प्रभाव पारेको सत्य तथ्य कुरा पनि सम्बोधनमा जाहेर भएको छ।

              नयाँवर्षका अवशरमा प्रत्यक्ष रुपमा देखेका र अनुभव गरेका कुराहरूका बारेमा हामी दुई वर्षा र दयारामले बतायौँ। वर्षाजीले वाचन सहयोग पनि गर्नुभयो र प्रविधिमा पनि साथ दिनुभयो। यसका लागि उहाँलाई धेरै धेरै धन्यवाद छ। हाम्रो कार्यक्रम सुनिदिनुभएकोमा श्रोतागणलाई अझ धेरै धन्यवाद छ। आगामी हप्ता अर्को कुनै विषय लिएर आउँने नै छौँ। आजको कार्यक्रम यहीँ बिट मार्ने अनुमति चाहन्छौँ। लौ त श्रोता मित्र मेरा आँखामा चीन कार्यक्रमको यस भागको कार्यक्रमबाट म दयाराम र म वर्षालाई पनि विदा दिनुहोस्। नमस्ते।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह